Banking GK : Part 6

501. रुनाई, इजिप्ट र चेक गणतन्त्रको मुद्रालाई के भनिन्छ?

उत्तर
ब्रुनाई डलर, इजिप्सियन पाउन्ड, चेक कोरुना

502. संयुक्त राज्य अमेरिकाको केन्द्रिय बैंकको नाम के हो?

उत्तर
Federal Reserve Bank

503. नेपालमा राष्ट्रिय चलचित्र दिवस कहिले मनाइन्छ?

उत्तर
असोज १

504. Intel company ले निर्माण गरेको पहिलो microprocessor कुन हो?

उत्तर
Intel 4004

505. LCD को पुरा रुप के हो?

उत्तर
Liquid Crystal Display

506. फिनेलको रसायनिक नाम के हो?

उत्तर
Carbolic acid

507. विश्वको पहिलो मौसमी उपग्रह कुन हो?

उत्तर
Tiros-I

508. ‘Lost in transition’, ‘Stone god thunder’, ‘My expression after death’ कृतिका लेखक को-को हुन्?

उत्तर
कुलचन्द्र गौतम, गणेश राना, बालकृष्ण सम

509. विसं २०२४ सालमा कति सदस्यीय राष्ट्रिय शिक्षा सल्लाहकार समितिको गठन भएको थियो?

उत्तर
१३

510. शिशु विकास केन्द्रको पाठ्यक्रम कसले स्वीकृत गर्छ?

उत्तर
पाठ्य विकास केन्द्र

511. राथमिक कालीन नेपाली साहित्य कुन धाराबाट सुरुवात भएको पाइन्छ?

उत्तर
विरधारा

512. मैथिली साहित्यको विकास कुन शासन कालमा भएको पाइन्छ?

उत्तर
डोय राज्य कालमा

513. गाई जात्रा पर्व कुन दिन मनाइन्छ?

उत्तर
भाद्र कृष्ण प्रतिपदाका दिन

514. शिख धर्मावलम्बीहरूको पवित्र पंक्षी कुन हो?

उत्तर
बाज

515. विपन्न दलितहरु धनीहरुसँग केही रकम उधारो लिई त्यसको ब्याज वा साँहुको केही जमिन मागी कमाई खाए वापत साहुको खेतमा रहने, जोत्ने प्रथालाई के भनिन्छ?

उत्तर
हलिया प्रथा

516. कुन योजना देखि वातावरण तथा भु-उपयोग नीति अंगिकार गरियो?

उत्तर
छैठौं योजना

517. कति किलोवाट सम्मको जलविद्युतलाई लघु जलविद्युत भनिन्छ?

उत्तर
१०० किलोवाट

518. नेपालको इतिहासमा पशुपतिनाथको मन्दिरमा चाँदीको ढोका हाल्न लगाउने प्रधानमन्त्री को हुन्?

उत्तर
भिमसेन थापा

519. नेपालमा सर्वप्रथम गणित विषयमा पी.एच.डी गर्ने व्यक्ति को हुन्?

उत्तर
प्रा. डा. नारायण बहादुर मानन्धर

520. निर्वाचन क्षेत्र कति वर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ?

उत्तर
२० वर्ष

521. “सुनौला हजार दिन” कार्यक्रम सर्वप्रथम कति जिल्लामा लागू भएको थियो?

उत्तर
१५

522. चुरे पर्वत शृंखलाको फेदीमा पर्ने औरही खोला कुन जिल्लामा पर्दछ?

उत्तर
धनुषा

523. वास्तविक उमेर भन्दा निकै बुढो हुने रोगलाई के भनिन्छ?

उत्तर
प्रोजेरिया

524. निजामती प्रशासनलाई प्रभावकारी बनाउन व्यवस्थापन परीक्षण (management audit) को व्यवस्था कुन आर्थिक वर्षदेखि गरिएको हो?

उत्तर
आ.व २०५५/५६

525. गिनिज बुक अफ वर्ल्ड रेकर्ड कहिले देखि प्रकाशन हुन थालेको हो?

उत्तर
सन् १९५५

526. कुन राणा प्रधानमन्त्रीको पालादेखि जनगणना लिने कार्य सुरु भएको हो?

उत्तर
चन्द्र शमशेर

527. लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन्?

उत्तर
नरेन्द्र मान सिंह प्रधान

528. “मनमा रिस पालिरहनु भनेको अर्कामाथि फ्याक्ने उद्देश्यले आगोको कोइला हातमा लिनु जस्तै हो, आखिर जल्ने त तिमी आफै हौ” यो भनाई कसको हो?

उत्तर
गौतम बुद्ध

529. काठमाडौँ बाहिर खुलेको पहिलो नेपाली स्कुल कुन हो?

उत्तर
आदर्श विद्यालय, विराटनगर

530. मन्त्री परिषदबाट आम सञ्चार नीति, २०७३ कहिले पारित भएको हो?

उत्तर
विसं २०७३ साउन ७

531. बुद्धलाई विष्णुको कति औं अवतार मानिन्छ?

उत्तर
नवौं

532. टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी र जनावर कुन कुन हुन्?

उत्तर
सुगा, खरायो

533. नेपालमा गोरखा भर्ती केन्द्र खोल्न अनुमति दिने राणा प्रधानमन्त्री को थिए?

उत्तर
धिर शमशेर राणा

534. पृथ्वीको सतहमा सबैभन्दा धेरै पाइने तत्व कुन हो?

उत्तर
Aluminium

535. विद्युतीय माध्यमबाट ठेक्का पट्टाको फारम भर्ने E-bidding प्रणाली नेपालमा कहिले देखि लागू भएको हो?

उत्तर
विसं २०६४ सालबाट

536. ‘अतिरिक्त अभिलेख’ कृतिका लेखक को हुन्?

उत्तर
दिनेश अधिकारी (विसं २०५७ मदन पुरस्कार)

537. ‘टुकिमारा’ के सँग सम्बन्धित छ?

उत्तर
घरेलु सौर्य विद्युत्

538. विश्व सागर दिवस कहिले मनाइन्छ?

उत्तर
जुन ८

539. सबैभन्दा बढी बाँच्ने चरा कुन हो?

उत्तर
अल्वाट्रस

540. टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ?

उत्तर
चाउलो

541.थाइल्याण्ड, फिलिपिन्स र साइप्रसको मुद्रालाई के भनिन्छ?

उत्तर
भाट,  फिलिपिन पेसो र युरो

542. काठमाडौँ नेपालको राजधानी कहिले भयो?

उत्तर
विसं १८२९

543. उत्तर वैदिक कालका वेद विरोधी वा ब्राह्मण विरोधी धार्मिक अध्यापकलाई के भनिन्थ्यो?

उत्तर
श्रमण

544. छैठौं राष्ट्रिय कृषि गणना २०६८/६९ को नतिजा कहिले सार्वजनिक गरिएको थियो?

उत्तर
विसं २०७० पुस ९ गते

545. हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अध्यक्ष को हुन्?

उत्तर
शशांक मनोहर

546. जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा तयार पारिएको जैविक ऊर्जा रणनिति २०७३ ले नेपाललाई कहिलेसम्ममा धुँवामुक्त बनाउने लक्ष्य लिएको छ?

उत्तर
सन् २०२२ सम्ममा

547. फाइब्रोस्क्यान मेसिन केको परीक्षणका लागि प्रयोग गरिन्छ?

उत्तर
कलेजोको कडापनको परीक्षण

548. “तिमी सबै फूलका रुख काट्न सक्छौ तर वसन्तलाई रोक्न सक्दैनौ” भन्ने विचारक को हुन्?

उत्तर
पाब्लो नेरुदा

549. विभिन्न उत्पादकले आफ्नो सामग्रीमा प्रयोग गर्ने QR code को पुरा रुप के हो?

उत्तर
Quick Response Code

550. ‘आमोई’ र ‘ऋतम्भरा’ कृतिका लेखक को को हुन्?

उत्तर
भूवन हरि सिग्देल र राष्ट्रकवि माधव प्रसाद घिमिरे