Banking GK : Part 5

401. विश्व बैंक समूह अन्तर्गत कति वटा संगठनहरु पर्दछन् र ती कुन कुन हुन्?

उत्तर
४ वटा, IBRD, IDA, IFC, MIGA

402. केन्द्रीय बैंकले कर्जा दिँदा र तरलता व्यवस्थापन गर्दा लिने र दिने ब्याजदरको सीमालाई के भनिन्छ

उत्तर
ब्याजदर करिडोर

403. सर्वसाधारण तथा संस्थाहरुले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकम लाई के भनिन्छ?

उत्तर
निक्षेप

404. व्यवसायको दीर्घकालीन वित्तीय संस्थाको सुचक केलाई मानिन्छ?

उत्तर
पूँजी संरचना वा सामर्थ्य अनुपात

405. व्यवस्थापनद्वारा संस्थाको उद्देश्य प्राप्तिका लागि अंगालिने सांगठनिक योजना एवं सबै विधि तथा कार्यविधिहरुलाई के भनिन्छ?

उत्तर
आन्तरिक नियन्त्रण

406. जनगणना 2068 अनुसार सबैभन्दा बढी जनघनत्व भएका जिल्लाहरू कुन कुन हुन्?

उत्तर
काठमाडौ भक्तपुर ललितपुर रुपन्देही धनुषा

407. एसियाली विकास बैंक प्रधान कार्यालय कहाँ छ?

उत्तर
फिलिपिन्सको मनिला

408. नेपालको इतिहासमा पहिलोपटक एउटै दर (रु पाँच सय)का नोट 3 किसिमका निकाल्ने को हुन्?

उत्तर
कल्याण विक्रम अधिकारी

409. नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त संस्थालाई निर्देशन जारी गर्ने काम नेपाल राष्ट्र बैंकको कुन विभागले गदछ?

उत्तर
बैंक तथा वित्तीय संस्था नियमन विभाग

410. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार सञ्चालक हुन कति बर्ष उमेर पूरा हुनुपर्दछ?

उत्तर
२५ वर्ष

411. गभर्नर नियुक्तिको सिफारिस गर्न गठन हुने समितिको अध्यक्ष को हुन्छ?

उत्तर
अर्थमन्त्री

412. सन् २०२० मा हुने ३२ औँ ओलम्पिक खेलकुद कुन देशमा हुने भएको छ?

उत्तर
जापान

413. समुद्रपारी छायांकन गरिएको पहिलो नेपाली चलचित्र कुन हो?

उत्तर
कस्तुरी

414. CDMA को पुरा रुप के हो?

उत्तर
Code Division Multiple Access

415. Water glass भन्नाले के बुझाउँछ?

उत्तर
सोडियम सिलिकेट

416. nepal and her neighbours कृतिका लेखक को हुन्?

उत्तर
hiranya lal shrestha

417. राष्ट्रिय शिक्षा पद्धति 2028 सर्वप्रथम कुन जिल्लामा लागू गरिएको थियो?

उत्तर
चितवन र कास्की

418. धार्मिक ग्रन्थका अनुसार युगको आवश्यकता अनुसार कुन ग्रन्थले विष्णु भगवानले पृथ्वीमा विभिन्न अवतारका रुप लिने उल्लेख गरेको पाइन्छ?

उत्तर
पुराण

419. चौधौं त्रिवर्षिय योजनाले योजनाको अन्त्यसम्ममा खानेपानी सेवामा पहुँच पुगेको जनसंख्या कति प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ?

उत्तर
९०%

420. बहादुर शाहले नेपालको सिमाना कहाँ सम्म पुर्याएका थिए?

उत्तर
टिष्टा देखि सतलजसम्म

421. नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७४ को निर्देशन नं. ११ मा के सम्बन्धि व्यवस्था छ?

उत्तर
सह-वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था

422. नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार लेखा भन्नाले के बुझिन्छ?

उत्तर
कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख खाता तथा किताब लाई लेखा भनिन्छ

423. SWIFT को पुरा रुप के हो?

उत्तर
Society for Worldwide Interbank Financial Telecommunication

424. “तथ्याङ्क प्रयोगात्मक वा तरिकाबद्ध किसिमले नतिजा निकाल्ने विधिहरूसँग सम्बद्ध छ” यो भनाई कसको हो?

उत्तर
Fraser

425. नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनमा गरिएको व्यवस्था अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहक फर्म कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकलाई गैर कोषमा आधारित वासलात बाहिरका सुविधाहरु प्राथमिक पूँजीकोषको कति प्रतिशत सम्म प्रदान गर्न सक्छ?

उत्तर
५०%

426. बैंक नगदी किताबले देखाएको balance रकम र बैंक पासबुक वा statement ले देखाएको balance ठिक छ या छैन भनी भिडाउने कार्य गरी निश्चित समय भित्र फरक वा अन्तर पत्ता लगाउने विवरणलाई के भनिन्छ?

उत्तर
बैंक समाधानको विवरण (bank reconciliation statement)

427. विसं २०७३ पौष ८-१५ सम्म सञ्चालित सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुन विकास क्षेत्रमा सम्पन्न गरिएको थियो?

उत्तर
पूर्वाञ्चल

428. पहिलो पटक नेपालमा नै प्रिन्ट गरिएको चलचित्र कुन हो?

उत्तर
चोखो माया

429. कोइली देवीको वास्तविक नाम के हो?

उत्तर
पानतारा क्षेत्री

430. High level computer language लाई low level computer language मा परिवर्तन गर्ने प्रोग्रामलाई  के भनिन्छ?

उत्तर
Compiler

431. Low birth weight भन्नाले जन्मदा कति तौल भएको बच्चालाई बुझिन्छ?

उत्तर
२.५ के. जी भन्दा कम तौल

432. अन्तर्राष्ट्रिय हुलाक दिवस कहिले मनाइन्छ?

उत्तर
अक्टोबर ९

433. ‘सडकदेखि सडकसम्म’, ‘लगन’ र ‘आज रमिता छ’ कृतिका लेखक को-को हुन्?

उत्तर
अवशेष मल्ल, गणेश रसिक, इन्द्र बहादुर राई

434. नेपाली साहित्यमा “सूर्यघाटमा उदाएर आर्यघाटमा अस्ताएका कवी“ भनेर कसलाई चिनिन्छ?

उत्तर
भिमनिधि तिवारी

435. शैक्षिक जनशक्ति विकास परिषद्को अध्यक्ष को हुन्छ?

उत्तर
शिक्षामन्त्री वा राज्यमन्त्री

436. गौरा माताको प्रसादको रुपमा भिजाएर तयार गरिएको अन्नलाई के भनिन्छ?

उत्तर
विरुडा

437. कमैया प्रथाको अन्त्य कुन प्रधानमन्त्रीको पालामा भएको हो?

उत्तर
शेरबहादुर देउवा

438. लक्ष्मी पुजा कुन तिथिमा मनाइन्छ?

उत्तर
कात्तिक कृष्ण औंसीको दिन

439. चौधौं त्रिवर्षिय योजनाले योजनाको अन्त्यसम्ममा गरिबीको रेखामुनि को जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ?

उत्तर
१७%

440. दिप्रुङ झरना र इलाम डाँडा झरना कुन कुन जिल्लामा अवस्थित छन्?

उत्तर
खोटाङ, ताप्लेजुङ

441. मदन भण्डारी क्रिकेट अवार्ड २०७४ बाट सम्मानित हुने खेलाडी को हुन्?

उत्तर
पारस खड्का

442. नेपाल टेलिकमले 4g सेवा कहिले देखि सञ्चालनमा ल्याएको हो?

उत्तर
विसं २०७३ पौष १७ (सन् २०१७ जनवरी १)

443. सन् २०१७ डिसेम्बर ५ मा विश्वभर मनाइएको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा के रहेको थियो?

उत्तर
“Global applause, give volunteers a hand”

444. सबैभन्दा कम स्थानीय तह भएको जिल्ला पूर्वी रुकुममा कति वटा स्थानीय तह रहेका छन्?

उत्तर
३ वटा

445. महानगरपालिका भएको तर उप-महानगरपालिका र नगरपालिका नभएको जिल्ला कुन हो?

उत्तर
कास्की

446. लिम्बू समुदायबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला को हुन्?

उत्तर
तेह्रथुम निवासी जुनिता सम्बाहाम्फे (विसं २०६६ जेष्ठ ५)

447. हिन्दूहरूको प्रसिद्ध धार्मिक ग्रन्थ ‘निर्णयसिन्धु’ लाई कसको रचना मानिन्छ?

उत्तर
कमलाकार भट्ट

448. बार ७ वटा, महिना र राशि १२ वटा, पक्ष २ वटा छन् भने संवतसर कति वटा छन्?

उत्तर
६० वटा

449. गौतम बुद्ध जन्मनासाथ नुहाइएको पोखरीलाई के भनिन्छ?

उत्तर
पुष्करिणी तिर्थ

450. अन्नपूर्ण दोस्रो हिमालको नयाँ नाम के हो?

उत्तर
चुन मे शान्ति पर्वत