Banking GK : Part 2

101.प्रेरणा पुरस्कार, २०१८ कसलाई प्रदान गरिएको थियो?

उत्तर
बाशु गौतम

102.“दोहाको सिधा उडान” कृतिका लेखक को हुन्?

उत्तर
जय छाङ्छा

103.नेपाल प्रशासन सेवा अन्तर्गत कति समूह रहेका छन्?

उत्तर
४ वटा (सामान्य प्रशासन, लेखा, राजस्व र कुटनैतिक समूह)

104.नेपालको इतिहासमा प्रथम र अन्तिम ठकुरी वंशी राजा को हुन्?

उत्तर
प्रथम भाष्करदेव, अन्तिम शंकरदेव

105.दैलेख राज्य स्थापना गर्ने राजा को हुन्?

उत्तर
संसार वर्मा

106.नेपाललाई बारुदी सुरुङ मुक्त घोषणा कहिले गरिएको थियो?

उत्तर
विसं २०६८ जेठ ३१

107.ठूलो भेरी, झिमरुक र दरौदी नदीको उद्गमस्थल कहाँ हो?

उत्तर
मुकुट हिमाल, गौमुखी र बुद्ध हिमाल

108. छ्याङला भञ्ज्याङ, यान्जेल भञ्ज्याङ, पोपटी भञ्ज्याङ र मेङ्ला भञ्ज्याङ कुन-कुन  जिल्लामा अवस्थित छन्?

उत्तर
दार्चुला, गोर्खा, संखुवासभा र डोल्पा

109. नेपालमा पहिलोपटक नीजि क्षेत्रबाट सञ्चालन भएको वायुसेवा कुन हो?

उत्तर
नेपाल एयरवेज

110.जनैपूर्णिमाको दिन यारतोंग मेला कहाँ लाग्दछ?

उत्तर
मुक्तिनाथ

111.वरुण नदी भनेर नेपालको कुन नदीलाई चिनिन्छ?

उत्तर
लिखु

112.सिलुवा खोला जलविद्युत् आयोजना कुन जिल्लामा निर्माण भएको हो र यसको उत्पादन क्षमता कति रहेको छ?

उत्तर
संखुवासभा, ३,००० किलोवाट

113.नेपालको योजनाबद्ध विकासको इतिहासमा कुन-कुन साललाई Planned holiday भनिन्छ?

उत्तर
विसं २०१८ र २०४८

114. इराक, उज्वेकिस्तान र कतारको मुद्रालाई के भनिन्छ?

उत्तर
दिनार, सोम, कतारी रियाल

115.सती प्रथाको अन्त्य कहिले भयो र कसले गरेका हुन्?

उत्तर
विसं १९७७, चन्द्र शमशेर

116.विद्यालयतहको पाठ्यक्रम र पाठ्यवस्तुको निर्माण गर्ने क्रममा औपचारिक व्यवस्थाको थालनी कहिलेबाट भएको हो?

उत्तर
पाठ्यक्रम विकास केन्द्रको स्थापना २०२८ बाट

117.नेवारी भाषाको सबैभन्दा पुरानो अभिलेख कुनलाई मानिन्छ?

उत्तर
ललितपुरको ओकुबहालमा रहेको विसं ११७२ को ताम्रपत्रको अभिलेख

118.रोगको वर्गिकरण बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?

उत्तर
Nosology

119.बैंक वा वित्तीय संस्थाले साधारण जगेडा कोषमा चुक्तापूँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा कति प्रतिशत रकम थप्दै जानु पर्छ?

उत्तर
२०%

120.अन्तिम ऋणदाताका कार्य सर्वप्रथम कुन बैंकबाट सुरु गरिएको हो?

उत्तर
बैंक अफ इङ्ल्यान्ड

121.काठमाडौँ महानगरपालिका र स्पेनको मेड्रिड विच भगिनी सम्बन्ध कहिले स्थापना भएको हो?

उत्तर
सन् २०१८ फेब्रुअरी २६

122. विश्व रङ्गमञ्च दिवस कहिले मनाइन्छ?

उत्तर
मार्च २७

123.सन् २००५ मा भएको अन्तर्राष्ट्रिय रामायण सम्मेलन कुन देशको कुन शहरमा भएको थियो?

उत्तर
अमेरिकाको न्यूयोर्कमा

124.नेपाली साहित्यमा सबैभन्दा बढी कथा लेख्ने साहित्यकार को हुन्?

उत्तर
भिमनिधि तिवारी

125.शंखमुलको धर्मशाला अवलोकितेश्वर मन्दिर कसले बनाएका हुन्?

उत्तर
विष्णु मल्ल

126.नेपालका कुन प्रधानमन्त्रीको पालामा २० वर्षे आवधिक योजना घोषणा गरिएको थियो?

उत्तर
जुद्धशमशेर

127.नेपालको नदी नालावाट बगाई लगेर बनेको बंगालको टापुको नाम के हो?

उत्तर
न्यूमोर

128.राणाकालीन समयमा श्रेष्ठ कौशल अड्डाले के काम गर्दथ्यो?

उत्तर
प्रधानमन्त्रीले चाहेको रेकर्ड पत्ता लगाउने

129.बैंकिङ क्षेत्रमा SLC को पुरा रुप के हो?

उत्तर
Standby Letter of Credit

130.प्रथम आदिवासी चलचित्र महोत्सव कहिले सम्पन्न भएको थियो?

उत्तर
विसं २०७४ असार १७-१९

131.गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन्?

उत्तर
परशुराम खरेल

132. स्थानीय प्रशासन ऐन २०२८ अनुसार पशुपंक्षी बध गर्न मनाही गरिएका पर्वहरू कुन-कुन हुन्?

उत्तर
बुद्ध जयन्ती, कृष्ण जन्माष्टमी, महाशिवरात्रि, राम नवमी र एकादशी

133.मौरिसस्, अल्बानिया र कजाकिस्तानको मुद्रालाई के भनिन्छ?

उत्तर
रुपी, लेक र टेङ्ग

134.“मेरो कविताको आराधना” कृतिका लेखक को हुन्?

उत्तर
बालकृष्ण सम

135.Resistance, electric charge र power of lens लाई कुन इकाइमा नापिन्छ?

उत्तर
Ohm, Columb,  Dioptre

136.आकाशको सबैभन्दा चम्किलो निहारिका कुन हो?

उत्तर
Large cloud Magellan

137. MS Power को विकास कसले गरेका थिए?

उत्तर
Bob Gaskins र Dennis Austom

138.संस्कृत भाषाको पहिलो चलचित्र कुन हो?

उत्तर
राग विराग

139.राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्तापूँजीको बढीमा कति प्रतिशतसम्म मात्र लगानी गर्नसक्ने व्यवस्था गर्न सक्नेछ?

उत्तर
१५%

140.नेपालमा ATM कार्ड प्रयोगमा ल्याउने पहिलो बैंक कुन हो?

उत्तर
एभरेष्ट बैंक

141.विसं २०७४ सालको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन्?

उत्तर
डा. तारानाथ शर्मा

142.रियो ओलम्पिक, २०१६ ब्राजिल बाहेक अरु कुन-कुन देशहरूमा पनि विभिन्न राउन्डका खेलहरू आयोजना भएका थिए?

उत्तर
स्पेन, जापान र अमेरिकामा

143.ए. पी. जे अब्दुल कलामले लेखेको आत्मकथाको नाम के हो?

उत्तर
विङ्स अफ फायर

144.त्रिपिटक महाविहार, तक्षशिला महाविहार र ताम्रशीला महाविहार कहाँ अवस्थित छन्?

उत्तर
तिब्बत, पाकिस्तान, श्रीलंका

145. परम्परागतरुपमा मंसिर महिनामा मात्र विवाह गर्ने जाति कुन हो?

उत्तर
थामी

146. कीर्तिपुरको प्रथम युद्धमा सरदार कालु पाण्डे मारिएपछि पृथ्वीनारायण शाहलाई बचाउन डोकोमा बोकेर दहचोक दौडाउने ७५ वर्षीय व्यक्ति को थिए?

उत्तर
चामू थापा मगर

147.आफ्नो नाम पछि ज.व.रा लेख्न शुरू गर्ने राणा प्रधानमन्त्री को हुन्?

उत्तर
वीर शमशेर

148. बैंक मनि भनेको के हो?

उत्तर
निक्षेपमा रहेको रकम

149.डडेल्धुरा- बैतडी- मुलघाट मार्गलाई के नामाकरण गरेको छ?

उत्तर
दशरथ चन्द मार्ग

150.गोरखापत्रको रंगीन प्रकाशन कहिलेदेखि सुरु भयो?

उत्तर
विसं २०५९