Banking GK : Part 1

1.नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अनुमान गरिएको छ?

उत्तर
बाग्लुङ, चिसापानी र फुलचोकी

2.मोबाइल फोनको SIM Card मा प्रयोग हुने SIM को विस्तारित रुप के हो?
उत्तर
Subscriber Identity Module

3.अन्तरीक्षमा पुग्ने पहिलो कार कुन हो?

उत्तर
टेस्ला कार

4.नेपालको राजधानी भक्तपुरमा कुन मल्ल राजाले र कहिले सारेका थिए?

उत्तर
राजा आक्षन्द मल्लले विसं १२०४

5.चमेलिया र माईखोला जलविद्युत आयोजनाहरु कुनकुन जिल्लामा निर्माण भइरहेका छन्?

उत्तर
दार्चुला र इलाम

6.राष्ट्रीय गान नभएको देश र लिखित संविधान नभएको देशका नामहरु लेख्नुहोस्।

उत्तर
राष्ट्रीय गान नभएको देश- स्विट्जरल्यान्ड, र लिखित संविधान नभएको देश- बेलायत

7.नेपालको पहिलो वाणिज्य बैंकको नाम के हो र यसको स्थापना विसं कति सालमा भएको थियो र उक्त समयमा प्रधानमन्त्री को थिए?

उत्तर
नेपाल बैंक लिमिटेड, विसं 1994 कार्तिक 30 गते, जुद्धशमशेर

8.निम्न मुलुकको मुद्राको नाम लेख्नुहोस्: क) अष्ट्रिया ख)  इजरायल ग) भुटान

उत्तर
अष्ट्रिया: यूरो,  इजरायल: न्यू  इजरायली सेकेल र भुटान: नेगुल्ट्रम

9.नेपाललाई प्रशासनिक आधारमा १४ अञ्चल र ७५ जिल्लामा कहिले विभाजन गरिएको हो?

उत्तर
विसं २०१८ वैशाख १ गते

10.ज्ञान कुण्ड, दामोदर कुण्ड र शान्ति कुण्ड कुनकुन जिल्लाहरुमा अवस्थित छन्?

उत्तर
क्रमश: धनुषा, मुस्ताङ र कास्की

11.कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो?

उत्तर
मातृका प्रसाद कोइराला

12.छैठौं कृषि गणना २०६८ को नारा के थियो?

उत्तर
“कृषि विकासको मूल आधार, पारौं कृषि गणना साकार”

13.आर्थिक बर्ष २०७४/७५ को लागि कुल आन्तरिक कर्जा कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ?

उत्तर
२७.८%

14.महाशिवरात्रि कुन तिथिमा मनाइन्छ?

उत्तर
माघ कृष्ण चतुर्दशीका दिन

15.“विकासले परिपक्वता र अनुभवको परिणामस्वरुप आउने प्रगतिशील क्रमिक परिवर्तन लाई बुझाउछ।” यो भनाई कसको हो?

उत्तर
हरलक

16.प्राविधिक तथा व्यवसायिक शिक्षा निर्देशनालयको स्थापना कहिले भयो?

उत्तर
विसं २०३५ माघ १

17.“खानखान पुगोस् दिन पुगोस्”, “हिउँको तन्ना” र “सेतो धरती” कृतिका लेखकहरु को को को हुन्?

उत्तर
क्रमशः रविन्द्र मिश्र, लोकेन्द्र बहादुर चन्द र अमर न्यौपाने

18.आँखाले सोझै हेर्न नमिल्ने वस्तुलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ?

उत्तर
Periscope

19.नेपाल टेलीभिजनद्वारा प्रसारित पहिलो टेलिचलचित्र कुन हो?

उत्तर
पृथ्वी नारायण शाह

20.आहा रारा गोल्डकप २०७४ को फाइनल खेल कहिले सम्पन्न भएको थियो र विजेता को भएको थियो?

उत्तर
विसं २०७४ माघ २० गते, नेपाल पुलिस क्लव विजयी भएको

21.राष्ट्रिय जनगणना 2068 अनुसार ऋणात्मक जनसंख्या वृद्धिदर भएका पाँच जिल्लाहरु कुन कुन हुन्?

उत्तर
मनाङ (-३.८३%), खोटाङ (-१.१५%), मुस्ताङ (-१.०८%),  तेह्रथुम (-१.०८%) र भोजपुर (१.०७%)

22.नेपालमा राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ?

उत्तर
चैत्र 3 गते

23.धार्मिक तथा पर्यटकिय स्थल “स्वर्णाश्रम क्षेत्र” कुन जिल्लामा अवस्थित छ?

उत्तर
म्याग्दी

24.“अतित आमन्त्रण” निबन्ध संग्रहका लेखक को हुन्?

उत्तर
साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’

25.जर्मन चान्सलर एन्जेला मार्केल चौथो कार्यकालका लागि त्यहाँको संसद्ले सन् कहिले निर्वाचित गरेको छ।

उत्तर
सन् 2018 मार्च 14 मा

26.बैंकिङ क्षेत्रसँग सम्बन्धित ASBA को पूर्णरुप के हो?

उत्तर
Application Supported by Blocked Amount

27.पयटकीय स्थल “कृष्णाराम मरोटी” कुन जिल्लामा अवस्थित छ?

उत्तर
सप्तरी

28.चल्ती खाताको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो?

उत्तर
बेलायत

29.नेपालमा रु 1000 नोटको दर कहिले निष्काशन गरिएको थियो र त्यतिबेला गभर्नर को थिए?

उत्तर
विसं २०२६ बैशाख १४, यादव प्रसाद पन्त

30.आफ्नो काम सुरु गर्नुभन्दा अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालकले को समक्ष शपथ ग्रहण गर्नुपर्दछ?

उत्तर
प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीश

31.नेपाली चलचित्रमा पार्श्वसंगीत दिएको पहिलो चलचित्र कुन हो?

उत्तर
मनको बाँध

32.नेपालमा कहिलेदेखि इन्टरनेट र इमेल सेवा सुरु भएको हो?

उत्तर
सन् १९९४ देखि

33.पहिलो महिला अन्तरिक्ष पर्यटक इरानी मूलकी अमेरिकी महिला …………………….. हुन् जसले सन् 2006 मा अन्तरिक्ष यात्रा गरेकी थिइन्।

उत्तर
Anusesh Ansari

34.Microwave oven का आविष्कारक को हुन्?

उत्तर
Percy Spencer (America)

35.पसिना, आँसु आदि निकाली हाउभाउ प्रकट गरेर गरिने नृत्यलाई के भनिन्छ?

उत्तर
सात्विक नृत्य

36.सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति कहिले गठन भयो?

उत्तर
विसं २०१८ वैशाख २५

37.राजा जनकले हलो जोत्दा जुवामा काँध थाप्ने को-को थिए?

उत्तर
महारानी सुनयना र राजपंडित शतानन्द

38.नेपालको कुन संविधानमा पहिलोपल्ट महालेखा परीक्षकको व्यवस्था गरिएको थियो?

उत्तर
नेपाल सरकार अन्तरिम शासन विधान २००७

39.कतार जाने प्रथम नेपाली प्रधानमन्त्री को हुन्?

उत्तर
गिरिजाप्रसाद कोइराला

40.त्रिशुली, सेती गण्डकी र मादी नदीको संस्कृत नाम के हो?

उत्तर
धर्मधरा, सुवर्णसरिता माण्डवी

41. त्रिचन्द्र कलेजको सम्बन्ध सुरुमा कुन विश्वविद्यालयसँग रहेको थियो?

उत्तर
कलकत्ता विश्वविद्यालय

42.हिन्दू धर्मले मानव जिवनको उद्देश्य ४ पुरुषार्थ प्राप्तिलाई मान्दछ भने ती ४ पुरुषार्थ के-के रहेका छन्?

उत्तर
धर्म, अर्थ, काम र मोक्ष

43.नेपालमा कहिले हलिया प्रथा उन्मुलनको घोषणा गरिएको हो?

उत्तर
विसं २०६५ भदौ २१

44.बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटकमा कुन-कुन पिटक पर्दछन्?

उत्तर
सुक्ति पिटक, विनय पिटक र अभिधम्म पिटक

45.फारसी धर्मका प्रवर्तक को हुन्?

उत्तर
महात्मा जोशष्टर

46.थारू जातिको तिहार भनेर कुन पर्वतलाई चिनिन्छ?

उत्तर
सुखरात्रि

47.चौधौं त्रिवर्षिय योजना (२०७३/७४-२०७५/७६)को अन्त्य सम्ममा लैङ्गिक सशक्तिकरण सुचकांक कति पुर्याउने लक्ष्य रहेको छ?

उत्तर
०.५८

48. जोग्मै खोला जलविद्युत् आयोजना कुन जिल्लामा अवस्थित छ र यसको क्षमता कति छ?

उत्तर
इलाम, ७,६०० किलोवाट

49. याग्नेसाइट  (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लामा भएको छ?

उत्तर
दोलखा

50.नुवाकोट गाउँपालिका कुन जिल्लामा पर्दछ?

उत्तर
अर्घाखाँची र रुकुममा