सौर्य प्रणालीसम्बन्धी केही महत्वपूर्ण तथ्यहरु

* सौर्यमण्डलको उत्पत्ति ४.६ विलियन वर्षअघि भएको हो ।
* सौर्यमण्डलको व्यास १८.७५ ट्रिलियन किलोमिटर (११.६५ ट्रिलियन माइल) रहेको छ ।
* सौर्यमण्डलमा रहेको एक मात्र तारा सूर्य हो ।
* इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले सन् २००६ मा यमलाई ग्रहको परिभाषाबाट हटाएपछि हाल सौर्यमण्डलमा बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति,शनि, अरुण र वरुण गरी आठवटा ग्रह रहेका छन् ।
* सौर्यमण्डलको सबैभन्दा ठूलो चट्टानी ग्रह (terrestrial planet) पृथ्वी हो । आकार र पिण्डका हिसाबले यो पाँचौं ठूलो ग्रह हो । पृथ्वी सौर्यमण्डलको सबैभन्दा बँदिलो ग्रह पनि हो, जसको सघनता ५,५१३ कि.ग्रा. प्रतिघनमिटर रहेको छ। पृथ्वीको वायुमण्डलमा नाइट्रोजन ग्यास सबैभन्दा बढी मात्रामा रहेको छ । पृथ्वीको वायुमण्डलमा रहेको अक्सिजनको धेरै अंश पृथ्वीमै कार्बन्डाइअक्साइड ग्यासको उपभोगको क्रममा फोटोसिन्थेसिस प्रक्रियाबाट सिर्जना हुन्छ। पृथ्वीको सबैभन्दा अग्लो स्थान माउन्ट एभरेस्ट (सगरमाथा) हो भने सबैभन्दा होचो (गहिरो) ठाउँ च्यालेन्जर डिप हो, जुन मारिआना ट्रेन्चको आसपास समुद्र सतह भन्दा १०,८९८ मिटर मुनि रहेको छ।
* सौर्यमण्डलमा पाँचवटा छुद्र ग्रह रहेका छन्, जसमा प्लुटो, सेरेस, हाउमेय, माकेमाके र एरिस पर्दछन् ।
* आठवटा ग्रहका उपग्रहको कुल सङ्ख्या १८१ रहेको छ।
* सौर्यमण्डलमा ५६६,००० भन्दा बढी उल्का पिण्ड रहेको तथ्य पुष्टि भएको छ।
* सन् १८०२ मा खगोलविद् विलियम हेरशेलले उल्का पिण्ड (Asteroid) नामकरण गरेका थिए । पहिलो उल्का पिण्ड सेरेस थियो, जसलाई गिसेसे पिआजी (Giuseppe Piazzi) ले सन् १८०१ मा पत्ता लगाएका थिए । सन् २०१३ मा करिब ०.१५ किमी ब्यास भएको उल्का पिण्ड साइबेरियामा खसेको थियो ।
* सौर्यमण्डलमा एक विलियनभन्दा बढी पुछ्रेतारा रहेको | विश्वास गरिन्छ, जसमध्ये वैज्ञानिकले ३,१०० पुछ्रेतारा पहिचान गरिसकेका छन् ।
* जमेको एमोनिया ग्यास, मिथेन वा पानीबाट पुछ्रेताराको निर्माण भएको हुन्छ। यसमा चट्टानी अंश निकै थोरै हुन्छ । पुछ्रेतारालाई फोहोर हिउँको डल्ला (Dirty Snowball) पनि भन्ने गरिन्छ। पुछ्रेताराको बनावट अन्तर्गत न्यूक्लियस, कोमा, डस्ट टेल (धुलाम्मे पुच्छर) र आयन टेल (विद्युतीकणीय पुच्छर) पर्दछन् ।
* एडमण्ड हेलिले पत्ता लगाएको हेलि-पुछ्रेतारा हरेक ७५ वर्षमा देखिन्छ। आलान हेल र थोमस बपले पत्ता लगाएको हेलबप पुछ्रेतारा सन् १९९७ मा देखिएको थियो, जुन हरेक २,३०० वर्षमा मात्र देखिन्छ । जेनी सुमेकर, क्यारोलियोन र डेभिड लेभीले पत्ता लगाएको सुमेकर-लेभी-नाइन पुछ्रेतारा सन् १९९४ को जुलाई महिनामा बृहस्पति ग्रहमा दुर्घटनाग्रस्त भएको थियो । ह्याकुटाके पुछ्रेतारा सन् १९९६ मा पत्ता लागेको थियो ।

(स्रोतः नासा, २०१८ फेब्रुअरी)