विश्वको भूगोलसम्बन्धी केही महत्त्वपूर्ण तथ्यहरू

* विश्वका ७ महादेशमध्ये अफ्रिका महादेशमा सबैभन्दा धेरै देश रहेका छन् ।

* यूरोप महादेशमा कुनै पनि मरुभूमि छैनन् ।

*संसारका सबैजसो सभ्यता एसिया महादेशमा उद्गम भएका हुन् ।

*इजिप्सियन सभ्यता मात्र अफ्रिका महादेशमा विकास भएको हो ।

* पृथ्वीको उत्तरी गोलार्द्धमा विश्वको ९० प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् ।

* पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै गोलार्द्धमा फैलिएको एक मात्र महादेश अफ्रिका हो ।

* नेपालमा अवस्थित सगरमाथा (८,८४८ मी) विश्वको सर्वोच्च शिखर हो तर इक्वेडरमा पर्ने चिम्बोराजो हिमशिखर चन्द्रमाबाट सबैभन्दा नजिक पर्दछ । यसको शिरबिन्दु पृथ्वीको केन्द्रबाट सबैभन्दा धेरै दूरीमा पर्दछ।

*चिम्बोराजो विश्वको १८ औं अग्लो हिमशिखर हो जसको उचाइ ६,२६३ मिटर छ ।

*एसियाली मुलुक चीनको सिमाना विश्वका १४ देशसँग जोडिएको छ। जसमा रुस, भारत, काजखस्तान, मङ्गोलिया, पाकिस्तान, म्यानमार, अफगानिस्तान, भियतनाम, लाओस्, किर्गिस्तान, नेपाल, ताजिकिस्तान, उत्तर कोरिया र भुटान पर्दछन् ।

*रुसको सिमाना पनि १४ मुलुकसँग जोडिएको छ ।

* आधिकारिक राजधानी शहर नभएको देश नाउरु हो । यस मुलुकको यारेन जिल्लामा संसद् भवन अवस्थित छ ।

*विश्वमै सबैभन्दा लामो अन्तर्राष्ट्रिय सिमाना क्यानडा र अमेरिका बीचको सिमाना हो । यसको लम्बाइ ८,८९३ किलोमिटर रहेको छ। त्यस्तै दोस्रो लामो सिमाना रुस र काजखस्तान बीच (६,८४६ किलोमिटर लम्बाइ) र तेस्रो लामो सिमाना अर्जेन्टिना र चिली बीच (५,३०० किलोमिटर लम्बाइ) रहेको छ ।

*क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो शहर हुलनबुइर (Hulunbuir) हो । मङ्गोलियामा पर्ने यो शहरको क्षेत्रफल २ लाख ६३ हजार ९५३ वर्गकिलोमिटर रहेको छ।

* खनिज पदार्थका मुख्य ८ तत्वमा अक्सिजन, सिलिकन, आल्मुनियम, आइरन, म्याग्नेसियम, क्याल्सियम, सोडियम र पोटासियम पर्दछन् ।

*खनिज पदार्थलाई रङको आधारमा तीन (३) समूहमा बर्गीकरण गरिएको छः

(१) इडियोक्रोमेटिक -आफ्नै रङ भएका)

(२) एल्लोक्रोमेटिक (अरूबाट रङ प्राप्त गरेका)

(३) सिउडोक्रोमेटिक (झुक्काउने रण्ज्ञठए भएका)

*पृथ्वीमा माटोका लेयर (तह) ६ वटा रहेका छन् जसलाई ‘होराइजन ओ, ए, ई, बी, सी र आर नामकरण गरिएको छ । सतहबाट क्रमशः तल रहेका ६ वटा लेयर अर्गानिक, सफेंस, सवसोइबल, सवस्ट्राटम र बेडरक हुन् ।

(स्रोतः वल्र्डफ्याक्टबुक लगायत, सन् २०१८ जनवरी)