युवामंञ्च : २०७५ बैशाख : वस्तुगत प्रश्नोत्तर : विविध

१. ‘लिभा क्यु’ भन्नाले के बुझिन्छ ?
उत्तर
– ताइवानद्वारा निर्मित विश्वकै सानो कम्प्युटर
(ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम (ईसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पिसी ‘लिभा क्यु’ बजारमा ल्याएको । यो कम्प्युटरको तौल केवल २ सय ६० ग्राम रहेको ।)

२. सन् २०१८ मा बल टेम्परिङ विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्ष प्रतिबन्धमा परेका खेलाडी को हुन् ?
उत्तर
– अस्ट्रेलियन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर
(यसका साथै बल टेम्परिङ विवादमा दोषी ठहर भएका ब्याट्सम्यान क्यामरुन वेनक्राफ्टलाई ९ महिना प्रतिबन्ध लगाइएको ।) ।

३. क्रिकेट बललाई धारिलो वस्तु (इँटाको टुक्रा, बालुवा, धातु, नङ) ले कोर्ने, बलमा चुइँगम लगाउने, मैदानमै बल घिसार्ने, भ्यासलिन र सनक्रिम बलमा लगाउने जस्ता कार्य गरी क्रिकेट बललाई बिगार्ने कार्यलाई के भनिन्छ ?
उत्तर
– बल टेम्परिङ
बल टेम्परिङले गर्दा बलले राम्ररी स्विङ लिने र बलरलाई फाइदा पुग्ने हुन्छ। क्रिकेटको इतिहासमा पहिलोपटक बल टेम्परिङ सन् १९७७ मा भएको थियो । भारतको चेन्नईमा भारत र इङ्ल्यान्डबीच भएको खेलमा इङ्ग्ल्यान्ड टोलीका मध्यम गतिका बलर जान लेभरले बलमा
भ्यासलिनको प्रयोग गरी बल टेम्परिङ गरेका थिए ।

४. “संसार एउटा पुस्तक हो, जो भ्रमण गर्दैनन् तिनले सो पुस्तकको एउटा पाना मात्र पढ्छन्।” भन्ने विचारक को हुन् ?
उत्तर
– सेन्ट अगस्टाइन, चित्रकार

५. विश्व नेवाः सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
उत्तर
– काठमाडौं
(वि.सं. २०७४ चैत १६-१७/ सन् २०१८ मार्च ३०-३१)

६. “जीवन चाहे जतिसुकै कठिन लागे तापनि तपाई केही न केही अवश्य गर्न सक्नुहुन्छ र सफल हुन सक्नुहुन्छ।” भन्ने विचारक को हुन् ?
उत्तर
– स्टेफन हकिङ

७. मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
उत्तर
– गजुर (Pinnacle)

८. हिम चितुवालाई लोपोन्मुख जनावरको सूचीबाट हटाएर संरक्षित जनावरका रूपमा कहिले वर्गीकरण गरिएको हो ?
उत्तर
– सन् २०१७ सेप्टेम्बर

९. ऊर्जा बचतको विश्वव्यापी अभियान ‘अर्थ आवर’ को शुरुवात कहिलेदेखि भएको हो ?
उत्तर
– सन् २००७
(अभियानको शुरुवात सन् २००७ मा अस्ट्रेलियाबाट भएको। यो अभियान हरेक वर्ष मार्च महिनामा मनाउने गरिएको)

१०. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
उत्तर
– डिसेम्बर ९
– संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको । नेपालमा यो दिवस सन् २०११ देखि मनाउन शुरु गरिएको। संयुक्त राष्ट्रसङ्घद्वारा सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरिएको। उक्त सन्धिलाई नेपालले सन् २०११ मा अनुमोदन गरेको । सन् २०१७ डिसेम्बर ९ मा ‘United Against Corruption for Development, Peace and Security’ नाराका साथ यो दिवस मनाइएको ।

११. विश्वमा बढ्दो तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा तल राख्ने गरी वृक्षरोपण, वनजङ्गलको संरक्षण एवं हरियाली वृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ हरित जलवायु कोष (Green Climate Fund) को स्थापना कहिले भएको हो ?
उत्तर
– सन् २०१०
– यसको प्रधान कार्यालय दक्षिण कोरियामा रहेको । कोष १० अर्ब अमेरिकी डलरको रहेको ।

१२. साउदी अरबको नागरिकता प्राप्त स्त्री रूपधारी सोपिया रोबोटलाई काठमाडाँमा कहिले प्रस्तुत गरियो ?
उत्तर
– वि.सं. २०७४ चैत ७ (सन् २०१८ मार्च २१)
विश्वमै पहिलोपल्ट नागरिकता पाउने सेलिब्रेटी रोबोट सोफिया राष्ट्रसङ्घीय दिगो विकाससम्बन्धी एक कार्यक्रममा सहभागी हुन सन् २०१८ मार्च २० मा काठमाडौं आएकी । मार्च २१ मा राजधानीमा आयोजित एक कार्यक्रममा सोफियाले नेपालमा प्रविधिकै सहयोगमा गरिबी हटाउन सकिने बताएकी । अमेरिकी उद्यमी डेभिड ह्यान्सनको डेभिड ह्यान्सन रोबोटिक्सले निर्माण गरेको महिला यन्त्रमानव सोफियाको बोल्ने प्रविधि गुगल, अल्फावेट इकबाट लिइएको बताइएको ।