युवामंञ्च : २०७५ बैशाख : वस्तुगत प्रश्नोत्तर : नेपाल-सन्दर्भ

१. नेपालमा पहिलो अपाङ्गमैत्री पदमार्ग कहाँ सञ्चालनमा ल्याइएको छ ?
उत्तर
– पोखरा
पोखरा-लेखनाथ महानगरपालिकास्थित देउराली नौडाँडा खण्डको १.३ किलोमिटरलाई पहिलो चरणमा निमणि-अपाङ्गमैत्री पदमार्गका रूपमा) गरी २०७४ चैत १७ देखि सञ्चालनमा ल्याइएको । यो पदमार्गबाट उत्तरतर्फ अन्नपूर्ण, माछापुच्छेलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ फेवाताललगायत बस्ती तथा फाँटको रमाइलो दृश्य देख्न सकिने । एसियाकै पहिलो अपाङ्गमैत्री पदमार्ग बताइएको सो पदयात्रा मार्गमा अपाङ्गता भएका व्यक्तिका लागि अनुकूल शौचालय, प्रतीक्षालयसमेत निर्माण गरिएको ।

२. वि.सं २०७४ चैत १६ मा राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न दोस्रो फान अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
उत्तर
– छक्का पञ्जा
(सो अवार्ड समारोहमा वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई दीर्घसाधना सम्मान, प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लोकप्रिय नायक-नायिकाको सम्मान, चलचित्र पत्रकारितामा सक्रिय पत्रकार ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मान प्रदान गरिएको । त्यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र जात्राबाट विपीन कार्की, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘डाइङ क्यान्डल’ बाट सिर्जना सुब्बा, उत्कृष्ट निर्देशकको अवार्ड ‘गाजलु बाट हेमराज बिसी, नवअभिनेताको अवार्ड के म तिम्रो होइन र’ बाट आर्यन अधिकारी एवं नवअभिनेताको अवार्ड गाजलुबाट सृष्टि श्रेष्ठले प्राप्त गरेका ।)

३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.सं. २०७४ चैत १६ मा सार्वजनिक एक कार्ययोजनाअनुसार कति मुलुकमा पर्यटन सहचारी खटाइने भएको छ ?
उत्तर
– पाँच मुलुक भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्का (नेपालमा बढी पर्यटक भित्रिने प्रमुख पाँच मुलुक भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्कामा पर्यटन सहचारी खटाउने निर्णय गरिएको । नेपालको राष्ट्रिय रणनीतिक पर्यटन योजना (सन् २०१६-२०२५) ले निर्दिष्ट गरेबमोजिम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पर्यटन सहचारी नियुक्त गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जनाएका ।)

४. प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणका क्रममा कहिले त्यसतर्फ प्रस्थान गरे ?
उत्तर
– वि.सं. २०७४ चैत २३

५. प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्तरूपमा उद्घाटन कहिले गरियो ?
उत्तर
– वि.सं. २०७४ चैत २४
१ खर्ब १६ अर्ब रुपियाँ लागतमा बन्न लागेको परियोजनाबाट उत्पादित बिजुलीको २१.९ प्रतिशत बिजुली नेपालले सित्तैमा पाउने तथा २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा २०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवर्द्धक भारतीय कम्पनी सतलज जलविद्युत निगमबीच परियोजना विकास सम्झौता (पीडीए) भएको यस जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ९ सय मेगावाट रहेको ।

६. नेपाल राष्ट्र बैङ्कले गरेको नयाँ व्यवस्थाअनुसार वाणिज्य बैङ्कहरूले प्राथमिक पुँजीको कति प्रतिशतसम्म विदेशी वित्त बजारबाट ऋण लिन पाउने छन् ?
उत्तर
– २५ प्रतिशत
– विदेशी वित्त बजारबाट ऋण सापट लिन पाउने व्यवस्थासँगै बैङ्किङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभावको समस्या समाधानमा सहयोग पुग्ने बैङ्करहरूको अपेक्षा रहेको । – यस प्रकारको ऋण अधिकतम पाँच वर्षका लागि लिन पाइने, – नेपाल राष्ट्र बैङ्कबाट अनुमति लिएर मात्र विदेशी ऋण लिन पाइने । यस्तो ऋणमा कुनै किसिमको धितो, जमानत वा बैङ्क ग्यारेन्टी दिन नपाइने, अन्तरबैङ्क कारोबारमा प्रयोग गर्न नपाउने – सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुन पूर्णरूपमा पालना गर्नुपर्ने ।

७. नेपालमा पहिलो आर्थिक गणना कहिलेबाट शुरु गरिने भएको छ ?
उत्तर
– वि.सं. २०७५ वैशाख २
– राष्ट्रिय योजना आयोगद्वारा वि.सं. २०७४ चैत १ मा प्रकाशित राष्ट्रिय आर्थिक गणना, २०७५ को आदेशअनुसार आर्थिक गणनामा आर्थिक क्रियाकलापको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा-उपशाखाको स्थिति, मुख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, पुँजी लगानी, ऋणमा पहुँचजस्ता विवरण समेटिने। सङ्कलित विवरण गोप्य रहने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनमा मात्र उपयोग गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको । २०७५ जेठ मसान्तसम्म सञ्चालन हुने आर्थिक गणना ७७ वटै जिल्लामा एकसाथ शुरु गरिने विभागले जनाएको। आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले देशभर अहिले सञ्चालनमा रहेका सबै प्रकारका व्यावसायिक क्रियाकलापको वास्तविक अवस्था झल्काउने, यसबाट आधारभूत तथ्याङ्क उपलब्ध हुने र केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमासहित नीति निर्माणमा पनि सहयोग पुग्ने साथै यो गणनापछि नेपालमा तथ्याङ्कीय व्यावसायिक रजिस्टर निर्माणको आधार बन्ने विभागले जनाएको । बृहत् आर्थिक गणनाका लागि झण्डै ४० करोड रुपियाँ खर्च हुने अनुमान रहेको ।

८. नेकपा (एमाले) का केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको निधन कहिले भएको हो ?
उत्तर
– वि.सं. २०७४ चैत २१

९. अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा वि.सं. २०७४ चैत १६ मा सार्वजनिक श्वेतपत्रअनुसार सरकारको ढुकुटी कतिले घाटामा रहेको छ ?
उत्तर
– रु. ४७ अर्ब
– चालू आ.व.को चैत १६ सम्म सरकारको
आम्दानीतर्फ
राजस्वः ४ खर्ब ५६ अर्ब ११ करोड,
वैदेशिक अनुदानः ३६ अर्ब ६४ करोड,
वैदेशिक ऋणः ४० अर्ब ९७ करोड,
आन्तरिक ऋणः १ खर्ब १९ अर्ब ९२ करोड गरी
कुल आम्दानी ६ खर्ब ५३ अर्ब र
खर्चतर्फः
चालू खर्चः ४ खर्ब ८२ अर्ब,
पुँजीगत खर्चः १ खर्ब ५ अर्ब,
वित्तीय व्यवस्थाः ४२ अर्ब,
गत वर्षको घाटाः ७१ अर्ब ३१ करोड गरी
कुल खर्च ७ खर्ब रहेको 
– उक्त श्वेतपत्रमा सरकारी खर्चमा वित्तीय अराजकता रहेको जनाइएको ।
– विश्व बैङ्कबाट सन् २०१८ मा प्रकाशित डुइङ विजनेस इन्डेक्समा नेपाल १०५ औं स्थानमा रहनुले देशभित्र । लगानी भित्र्याउन कडा मिहिनेत गर्नुपर्ने देखिएको । नेपालमा कुल आयको ९० प्रतिशतभन्दा बढी अंश उपयोगमा नै खर्च हुने र बचत १० प्रतिशत मात्र हुने गरेको ।
– अहिले कुल स्थिर पुँजीको आकार कुल गार्हस्थ उत्पादनको ३३.८ प्रतिशत रहेको । यस्तो पुँजी सार्वजनिक क्षेत्रबाट ३० प्रतिशत र निजी क्षेत्रबाट ७० प्रतिशत परिचालन हुने भए पनि निजी क्षेत्रमा पर्ने प्रत्यक्ष वैदेशिक लगानीको आकार सानो रहेको । विगत पाँच वर्षमा कुल बजेटमध्ये ६४ प्रतिशतभन्दा बढी चालू तथा २१ प्रतिशत मात्र पूँजीगत बजेट रहने गरेको ।

१०. उत्पादन शुरु भएको १ सय ५४ वर्षपछि ट्रेडमार्क प्राप्त गर्ने नेपाली उत्पादन कुन हो ?
उत्तर
– नेपाली चिया
– नेपालमा चिया खेतीको शुरुवात वि.सं. १९२० मा भएको। ट्रेडमार्कपश्चात् अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान स्थापना तथा प्रवर्द्धन हुने विश्वास गरिएको। – ‘नेपाली टी, क्वालिटी फ्रम हिमालय’ ट्रेडमार्क वि.सं. २०७४ चैत २३ मा सार्वजनिक गर्ने निर्णय भएको

११. वि.सं. २०७४ चैत १७ देखि १९ सम्म आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालको राष्ट्रिय महाधिवेशनले कति बँदे घोषणापत्र जारी गर्‍यो ?
उत्तर
– २१ बुंदे
(वि.सं. २०५१ सालमा स्थापित गाविस राष्ट्रिय महासङ्घ स्थानीय तह पुनः संरचनासँगै गाउँपालिका बनेपछि गाउँपालिका राष्ट्रिय महासङ्घमा रूपान्तरण भएको । यस महाधिवेशनले गाउँपालिकाको अधिकार संरक्षण गर्ने र आफ्ना जिम्मेवारी प्रभावकारी ढङ्गले पूरा गर्ने प्रण गर्दै महत्त्वपूर्ण निर्णय गरेको । संविधानमा व्यवस्था भएबमोजिम स्थानीय तहका रूपमा रहेका कुल ७५३ गाउँपालिका तथा नगरपालिकामध्ये गाउँपालिकाको सङ्ख्या ४६० रहेको ।)

१२. काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला कहिले घोषणा गरिएको हो ?
उत्तर
– वि.सं. २०७४ चैत २६
– (काठमाडौं ३८ औं पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषित भएको ।)

१३. वि.सं. २०७४ चैत २० को मन्त्रिपरिषद् बैठकले जिल्ला शिक्षा कार्यालयहरूलाई कुन अवधिसम्म यथावत् सञ्चालन गर्ने निर्णय गच्यो ?
उत्तर
– वि.सं. २०७४ असार मसान्त
– (२०७४ चैत २८ देखि जिल्ला शिक्षा कार्यालयहरू खारेज हुने भनिएता पनि चैत २० को मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शिक्षा कार्यालय तत्कालका लागि खारेज नगर्ने निर्णय गरेको ।)

१४. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?
उत्तर
– वि.सं. २०७४ चैत २०

१५. नेपाल आयल निगमद्वारा बजार मूल्यमा आधारित मूल्य समायोजन प्रक्रिया कहिलेबाट शुरु गरिएको हो ?
उत्तर
– वि.सं. २०७१ असोज १३ 

१६. ‘साझा पृथ्वी’ नामक कतिका लेखक को हुन् ?
उत्तर
– मदनकृष्ण श्रेष्ठ
(उनको दोस्रो कृतिः महको म)

१७. महिलाहरू सार्वजनिक स्थलमा जमघट भई नाचगान गरेर मनाइने चैतलो पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?
उत्तर
– हुम्ला

१८. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार ‘आश्रित परिवार’ भन्नाले कस-कसलाई बुझिन्छ ?
उत्तर
– पति वा पत्नी, छोरा, बुहारी वा छोरी, बाबु, आमा, सासू वा ससुरा, नाति वा नातिनी 

१९. श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्ने उद्देश्यका साथ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ?
उत्तर
– वि.सं. २०७४ साउन २९
(ऐन प्रारम्भ : प्रमाणीकरण भएको ९१ औं दिनबाट ।)

२०. वर्ल्ड इकोनोमिक फोरमद्वारा सार्वजनिक ग्लोबल कम्पिटिटीभनेस इन्डेक्स २०१७-२०१८ अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ?
उत्तर
– ९८ औं
– सो सूचीअनुसार स्वीट्जरल्यान्ड, अमेरिका र सिङ्गापुर क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका
– सूचीमा यमन अन्तिम १३७ औं स्थानमा रहेको 

२१. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?
उत्तर
– कालिकोटस्थित पचाल झरना पचाल
– झरनाको उचाइ ३८१ मिटर रहेको ।
-२०७४ साउन १२ मा यससम्बन्धी निर्णय भएको ।
– यसअघि नेपालको सबैभन्दा अग्लो झरनाका रूपमा ह्यातुङ (३६५ मिटर) लाई मानिँदै आएको।

२२. जनसङ्ख्याका हिसाबले दोस्रो ठूलो महानगरपालिका कुन हो ?
उत्तर
– पोखरा-लेखनाथ
(क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो रहेको पोखरालेखनाथ महानगरपालिका जनसङ्ख्याका हिसाबले दोस्रो ठूलो महानगर रहेको ।)

२३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका कुन हो ?
उत्तर
– शितगंगा न.पा. (क्षेत्रफल ६१०.४३ व.कि.मि.)
(सबैभन्दा सानो : भक्तपुर न.पा., क्षेत्रफल ६, ८९ व.कि.मि.)

२४. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो गाउँपालिका कुन हो ?
उत्तर
– हुम्लाको नाम्खा गा.पा. (क्षेत्रफल : २४१९.६४ व.कि.मि.)
(सबैभन्दा सानो : बाराको परवानीपुर गा.पा., क्षेत्रफलः १५.४८ व.कि.मि.)

२५. वि.सं. २०७४ भदौ २५ मा हिमाली जिल्लाका रूपमा वर्गीकरणमा परेका जिल्ला कुन-कुन हुन् ?
उत्तर
– रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम 
अब हिमाली जिल्ला २०, पहाडी जिल्ला ३६ र तराईका जिल्ला २१ कायम भएका । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जिल्लालाई पाँच भागमा गरिएको वर्गीकरणमा हिमाली जिल्ला २०, पहाडी जिल्ला २९, भित्री मधेसका जिल्ला ७, तराईका जिल्ला १८ र उपत्यकाका जिल्ला ३ रहेका।

२६. आ.व. २०७४/७५ को पहिलो सात महिनाको तथ्याङ्कअनुसार नेपालका प्रमुख दश व्यापारिक साझेदार कुन-कुन हुन् ?
उत्तर
– क्रमशः भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, भियतनाम, साउदी अरेबिया, कोरिया, मलेसिया र फ्रान्स
– (आ.व. २०७३/७४ को पहिलो सात महिनामा नेपालका प्रमुख दश व्यापारिक साझेदारका रूपमा क्रमशः भारत, चीन, युएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, अर्जेन्टिना, युएसए, साउदी अरेबिया र जापान रहेका । यसरी अन्तर्राष्ट्रिय व्यापारमा नेपालका प्रमुख व्यापार साझेदार देशहरू पछिल्लो समयमा परिवर्तन हुन थालेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाएको ।)

२७. दोस्रो सहकारी महासम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर
– वि.सं. २०७४ चैत २१-२२
दुई दिनसम्म चलेको महासम्मेलनमा नेपालसहित भारत, चीन, भुटान, बङ्गलादेश, पाकिस्तान, जापान, कोरियालगायतका मुलुकका प्रतिनिधि गरी एक हजार सहकारीकर्मीको सहभागिता रहेको । सम्मेलनले दिगो विकास लक्ष्य पूरा गर्न सरकार निजी क्षेत्र तथा सहकारीसहितको तीन खम्बे अर्थनीतिलाई अवलम्बन गरी समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध रहने, संवैधानिक व्यवस्था अनुरूप सङ्घ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरूपता ल्याउने तथा सहकारीमैत्री बनाउन आपसी समन्वय र सहकार्य गर्ने, सहकारीको स्वनियमन प्रणाली प्रभावकारी बनाउने लगायतका विषयमा १० बँदे घोषणापत्र जारी गरेको ।

२८. पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ? ।
उत्तर
– ६२७.३९ व.कि.मि.
पर्सा वन्यजन्तु आरक्षलाई २०७४ जेठ १९ को मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय निकुञ्जमा रूपान्तरण गर्ने निर्णय भएको र २०७४ असार १९ मा राजपत्रमा प्रकाशित भएको ।
– यस निकुञ्जमा २९८ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र रहेको ।

२९. नेपालमा सर्वप्रथम कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?
उत्तर
– वि.सं. २०७३ मङ्सिर २२
(मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा सूर्यविनायक (भक्तपुर) का ३६ वर्षीय बलराम नागाको कलेजो प्रत्यारोपण गरिएको । नागालाई उनको ४१ वर्षीया दिदी सानुमाया लागेजुले कलेजो प्रदान गरेकी ।)

३०. नेपाल पोलियोमुक्त राष्ट्र कहिले घोषित भएको हो ?
उत्तर
– वि.सं. २०७० चैत १३ (सन् २०१४ मार्च २७)
(विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित दक्षिण पूर्वी एसियाका ११ मुलुकलाई पोलियोमुक्त मुलुक घोषणा गरेको ।)

३१. खोटाङ ४४ औं साक्षर जिल्लाका रूपमा कहिले घोषित भएको हो ?
उत्तर
– वि.सं. २०७४ फागुन २
(४३ औं साक्षर जिल्लाका रूपमा रसुवा घोषित (२०७४ माघ २९) भएको ।)

३२. वि.सं. २०७४ भदौ २२ मा मनाइएको निजामती सेवा दिवसको नारा के हो ?
उत्तर
– निजामती कर्मचारीको प्रतिबद्धता : पारदर्शिता र चुस्तता

३३. वि.सं.२०७४ चैत ८ देखि शुरु भएको एसईई परीक्षामा कुल कति विद्यार्थी सहभागी भएका छन् ?
उत्तर
– ४ लाख ८५ हजार ५६८
– नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी रहेका । -काठमाडौंमा सबैभन्दा बढी ३५,४६८ र मनाङमा सबैभन्दा कम ५६ विद्यार्थी परीक्षामा सहभागी भएका ।
-२०७३ देखि एसएलसी परीक्षालाई एसईईका नामबाट सञ्चालन गर्न थालिएको। -केन्द्रीयस्तरबाट सञ्चालन हुने एसईई आगामी वर्षदेखि प्रदेश तहबाट सञ्चालन हुने भएको ।

३४. कर्णाली प्रदेश सरकारले वि.सं. २०७५ लाई कुन वर्षका रूपमा मनाउने घोषणा गरेको हो ?
उत्तर
– रारा कर्णाली पर्यटन वर्ष
– आन्तरिक तथा बाह्य गरी वार्षिक ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको।
– रारा कर्णाली पर्यटन वर्ष-२०७५ को उद्घाटन वि.सं. २०७५ वैशाख १ मा रारा तालबाट गर्ने निर्णय भएको।
– जातीय विविधताभित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश समृद्ध मानिने ।
– नेपालकै सबैभन्दा ठूलो रारा ताल, कैलाश मानसरोवर जाने प्रदेशद्वार, रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुन्डो ताल, बाला त्रिपुरासुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गम थलो सिंजा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै मन्दिर, कालिकोटको रास्कोट, पञ्चदेवल, हुम्लाको लिमी उपत्यका आदि यस प्रदेशका प्रमुख आकर्षण रहेका।