युवामंञ्च : २०७५ असार : वस्तुगत प्रश्नोत्तर

नेपाल-सन्दर्भ

१. सरकारले आ.व. २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटको राशि कति छ ?
उत्तर
रु. १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ जेष्ठ १५ मा सङ्घीय संसदको संयुक्त बैठकमा पहिलो सङ्घीय बजेट प्रस्तुत गरेका । प्रस्तुत बजेटमध्ये चालुतर्फ आठ खर्व ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत), पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख (२३.९ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख (११.८ प्रतिशत) रहेको । खर्च व्यहोर्ने अनुमानित स्रोतमध्ये राजस्वबाट आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख(६३.२१ प्रतिशत) एवं वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख (४.४७ प्रतिशत) रहेको । ४ खर्व २५ अर्ब दुई करोड ८२ लाख बजेट न्यून हुनेमा वैदेशिक ऋणबाट दुई खर्ब ५३ अर्ब दुई करोड ८२ लाख (१९.२५ प्रतिशत) र आन्तरिक ऋणबाट एक खर्ब ७२ अर्ब (१३.०७ प्रतिशत ) व्यहोरिने ।
बजेटका प्रमुख व्यवस्था :
– आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य,
– पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर,
– हरेक निर्वाचन क्षेत्रलाई चार करोड,
– ऊर्जामा ८३ अर्ब ८९ करोड विनियोजन,
– सन्२०२० सम्म वार्षिक २० लाख पर्यटक भित्र्याउने,
– ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि एक लाख रुपियाँको स्वास्थ्य वीमा,
– हुलाक बचत बैंक खारेज,
– युवा र दलितलाई विना धितो १० लाख ऋण,
– प्रमाणपत्र धितो राखेर सात लाख ऋण,
– वि.सं २०७५-२०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा,
– कर्मचारीको जीवन बीमाको बीमाङ्क वृद्धि गरी दुई लाख रुपियाँ पुरयाइएको ।
– बीमाको किस्ता ५० प्रतिशत सरकार र ५० प्रतिशत कर्मचारीबाट व्यहोरिने,
– राष्ट्रिय आपूर्ति कम्पनी गठन गरिने,
– प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन,
– राष्ट्रपति महिला उत्थान कार्यक्रम,
– मुलुकभर सात वटा सुरुङमार्ग (नौबीसे-नागढुंगा खण्ड, टोखा-खहरे-गुर्जुभञ्ज्याङ खण्ड, सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकको सिद्धबाबा खण्ड, कोटेश्वर-जडीबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट–चियाबारी खण्ड, बीपीनगर-खुटिया-दिपायल खण्ड र थानकोट- चित्लाङ खण्ड) यसै वर्ष सर्वेक्षण गरी निर्माण कार्य प्रारम्भ गरिने ।
२. एकलाख रुपियाँ राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार कसलाई प्रदान गरियो ?
उत्तर
नेपाल माउन्टेनियरिङ इन्स्ट्रक्टर एसोसिएसन
(त्यस्तै, जनही ५० हजार रुपियाँ राशिको तेञ्जिङ हिलारी पुरस्कार कामिरिता शेर्पा, ल्हाक्पा शेर्पा र क्याप्टेन सिद्धार्थ गुरुङलाई प्रदान गरिएको ।)
३. एकै परिवारका सात सदस्यद्वारा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को-को हुन् ?
उत्तर
मिङमा छिरी शेर्पा, निमागोम्बु शेर्पा, पासाङ तेन्जिङ शेर्पा, ठुडु शेर्पा, आङछिरिङ शेर्पा, निमातेम्बा शेर्पा र थेमाथिली शेर्पा
४. एकै परिवारका चारजनाद्वारा एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने आरोही को-को हुन् ?
उत्तर
फुर्वा तेञ्जिङ शेर्पा, फुर्वाथिली शेर्पा, पेम्बादोर्जे शेर्पा र दावादिकी शेर्पा
५. गीतकार सङ्घ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख एक हजार रुपियाँको राष्ट्रिय स्रष्टा सम्मानबाट कसलाई सम्मानित गयो ? ।
उत्तर
गीतकार कालिप्रसाद रिजाल 
६. इमर्जिङ एसिया इन्स्योरेन्स आवर्ड-२०१८ अन्तर्गत बेस्ट सर्भिस प्रोभाइडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित नेपाली कम्पनी कुन हो ?
उत्तर
एलआईसी नेपाल
(साथै, कम्पनीले बेस्ट कस्टुमर ओरियन्टेसन इन लाइफ इन्स्योरेन्स अवार्ड र बेस्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अवार्ड पनि प्राप्त गरेको ।)
७. नेपालमा वन्यजन्तुको डीएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?
उत्तर
खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला
नेपालमा वन्यजन्तुको डीएनए परीक्षणको शुरुवात वि.सं. २०७४ पौष ४ देखि भएको । मान्छे र वन्यजन्तुको डीएनए परीक्षण गरिने (एउटै प्रयोगशालामा) यो दक्षिण एसियामै पहिलो प्रयोगशालाका रूपमा रहेको ।
८. नेपाल टेलिकमद्वारा प्रकाशित प्रतिवेदनअनुसार २०७४ चैत मसान्तसम्म टेलिकमका इन्टरनेट प्रयोगकर्ता कति पुगेका छन् ?
उत्तर
एक करोड एक लाख ५४ हजार
– आ.व. २०७४/७५ को प्रथम नौ महिनामा मात्रै टेलिकमका इन्टरनेट प्रयोगकर्ता २०.५१ प्रतिशतले वृद्धि भएका । २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक ८४ लाख २५ हजार ८९४ थिए ।
– नेपाल टेलिकमले जीएसएम सेवामा आफ्ना ग्राहक एक करोड ६७ लाख ४८ हजार ९६५ (२०७४ फागुन मसान्तसम्म) पुगेको जनाएको । त्यस्तै, सोही अवधिमा एनसेलका ग्राहक एक करोड ६४ लाख २४ हजार २०२ रहेका ।
९. कैलालीको चिसापानीस्थित कर्णाली पुलदेखि राजकाँडा चुरे पहाडसम्म सञ्चालनमा ल्याउन थालिएको केबुलकारको लम्बाइ कति छ ?
उत्तर
३.२ किलोमिटर
चार वर्षभित्र केवुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम अघि बढाइने । साढे दुई अर्बको लगानी रहने केवुलकारमा ६० प्रतिशत ठूला लगानीकर्ता र ४० प्रतिशत कैलालीकालगानीकर्ताले लगानी गर्ने जनाइएको ।  
१०. वि.सं. २०७५ जेठ १३ मा सार्वजनिक आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार कुल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान कति हुने अनुमान छ ?
उत्तर
५.४ प्रतिशत
आ.व. २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान ६.२ प्रतिशत थियो भने २०७१/७२ मा घटेर ६ प्रतिशत कायम भएको । त्यसैगरी, २०७२/७३ मा ५.८ प्रतिशत, २०७३/७४ मा ५.६ प्रतिशत र चालु आ.व. २०७४/७५ मा ५.४ प्रतिशतको हाराहारीमा रहने सर्वेक्षणमा उल्लेख । उद्योगमा भएको कुल लगानीमध्ये विदेशी लगानीको अंश १५.८ प्रतिशत रहेको । विदेशी लगानीका लागि स्वीकृति पाएका उद्योगमध्ये परियोजना लागतका आधारमा भारतका लगानीकर्ताले विदेशी लगानीको ३५ प्रतिशत हिस्सा ओगटेका छन् । दोस्रो स्थानमा चीनका लगानीकर्ताले २५.६ प्रतिशत र तेस्रोमा हङकङका (चीन)लगानीकर्ताको ११ प्रतिशत हिस्सा रहेको । नेपालमा हालसम्म चारहजार २७३ वटा उद्योगले विदेशी लगानीका लागि स्वीकृति लिएका ।
११. आ.व. २०७४/७५ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपातमा बजेट घाटा कति पुग्ने अनुमान छ ?
उत्तर
१०.४ प्रतिशत
(उक्त अनुमानित घाटा आ.व. २०७३/७४ को तुलनामा भने ३.२ प्रतिशत बढी रहेको । अर्थ मन्त्रालयका अनुसार कुल गार्हस्थ उत्पादनको अनुपातमा गत आ.व. मा त्यस्तो घाटा ७.२ प्रतिशत रहेको । सरकारको आम्दानीभन्दा पनि खर्च पछिल्लो समय बढ्दै जाँदा बजेट घाटाको दर उच्च बन्दै गएको ।)  
१२. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार २०७४ फागुन मसान्तसम्म कालोपत्रे सडकको पहुँच पुगेका जिल्लाको सङ्ख्या कति छ ?
उत्तर
७३
डोल्पा, मुगु, हुम्ला र मनाङको सदरमुकाम बाहेक ७३ जिल्लामा कालोपत्रे सडकको पहुँच पुगेको । गत आ.व. २०७३/७४ को पहिलो ८ महिनामा ६९ जिल्लामा कालोपत्रे सडकको पहुँच पुगेको थियो 
१३. वि.सं. २०७४ फागुन मसान्तसम्म कुल विद्युत् उत्पादन कति रहेको छ ?
उत्तर
१०४४.६ मेगावाट
(जलविद्युत्बाट ९९०.५ मे.वा., थर्मल प्लान्टबाट ५३.४ मे.वा. र सौर्य ऊर्जाबाट ०.७ मे.वा. उत्पादन रहको ।)
१४. सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्य कुन जिल्लाबाट गर्ने भएको छ ?
उत्तर
पाँचथर
एक व्यक्तिको एउटा परिचयपत्रबाट सबै विवरण पाइने राष्ट्रिय परिचयपत्र नेपालमा पहिलोपटक पाँचथर जिल्लाबाट वितरण गरिने भएको । पहिलोपटक एक लाख १७ हजार परिचयपत्र वितरण गरिने र त्यसमध्ये सात हजार सिंहदरबारका कर्मचारी तथा एक लाख १० हजार पाँचथरका बासिन्दालाई वितरण गरिने बताइएको ।
आ.व. २०६६/६७ देखि नै राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा अघि सारिए तापनि वि.सं. २०७४ भदौ १९ को मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको
१५. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार २०७४ फागुन मसान्तसम्म प्रति नेपाली सार्वजनिक ऋण दायित्व कति पुगेको छ ?
उत्तर
रु.२८,९६३
तथ्याङ्कअनुसार अहिले सार्वजनिक ऋण आठ खर्ब ४३ अर्ब पुगेको । हाल नेपालीको प्रतिव्यक्ति आम्दानी १००४ अमेरिकी डलर भएको ।
१६. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये अदक्ष कामदारको हिस्सा कति छ ?
उत्तर
७४.५ प्रतिशत
(दक्ष कामदारः १.५ प्रतिशत र अर्ददक्षः २४ प्रतिशत ।)
१७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.सं. २०७५ जेठ ११ मा सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकको औसत बसाइ अवधि कति छ ?
उत्तर
१२.६ दिन
सन् २०१७ मा ९ लाख ४० हजार २१८ पर्यटक नेपाल आएका ।सन् २०१६ मा पर्यटकको औसत बसाइ अवधि १३.४ दिन रहेको । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक नेपाल भ्रमणमा आएका 
१८. सरकारले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७४’ बाट कस-कसलाई सम्मानित गन्यो ?
उत्तर
राजनीतिक तथा सैद्धान्तिक विधामा तनहुँका लक्ष्मीभक्त उपाध्याय लम्साल, इतिहास विधामा कास्कीका जगमान गुरुङ र साहित्य, संस्कृति र विज्ञान विधामा पाल्पाका विष्णु प्रभात
१९. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वि. सं. २०७५ जेठ ७ मा प्रस्तुत नीति तथा कार्यक्रम (आ.व. २०७५/७६)अनुसार कुन अवधिभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने योजना छ ?
उत्तर
पाँच वर्षभित्र
नीति तथा कार्यक्रममाः
– ‘समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन उद्देश्य हुने,
– पाँच वर्षभित्र ५ हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य,
– पाँच वर्षमा रोजगारीका लागि विदेश जाने अवस्था अन्त्य गरिने,
– पाँच वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने,
– पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गरिने,
– काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण पाँच वर्षभित्र सक्ने,
– एक वर्षभित्र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षीभत्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय -विमानस्थल सञ्चालनमा ल्याइने,
– धरहरा र रानीपोखरी तीन वर्षभित्र निर्माण गर्ने,
– सबै नागरिकको बैंक खाता खोलिने,
– आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गरिने,
– पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पु-याउने ।
– विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध, शासकीय सुधार आदि विषयमा सुझाव दिन विज्ञ सम्मिलित -थिङ्क ट्याङ्को व्यवस्था गरिने ।
– दश वर्षीभित्र प्रतिव्यक्ति विद्युत् खपत हालको ११० बाट एक हजार पाँचसय किलोवाट प्रतिघण्टा पुच्याइने,
– महत्त्वपूर्ण राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाइवेका रूपमा विकास गरिने,
– शिक्षा क्षेत्रमा निजी लगानीको नियमन गरी शैक्षिक क्षेत्रमा रहेको विषमता हटाइने ।
२०. राष्ट्रको पूर्वाधार विकासका लागि लगानी जुटाउन सार्वजनिक-निजी साझेदारीको प्रारूपमा स्थापना हुन लागेको इन्फ्रास्ट्रक्चर बैंकले सञ्चालनका लागि सैद्धान्तिक सहमति कहिले प्राप्त गरेको हो ?
उत्तर
वि.सं. २०७५ जेठ ६
(इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पूँजी २० अर्ब रूपैयाँ हुने जसमा संस्थापक समूहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समूहको तर्फबाट ८ अर्ब रूपैयाँ शेयर पूँजी रहने ।)
२१. उत्तम शान्ति पुरस्कार-२०७४ कसलाई प्रदान गरियो ?
उत्तर
पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य दीनानाथ शर्मा
(उत्तम कुंवर स्मारक पुरस्कार गुठीले २०७४ सालमा प्रकाशित किताबमध्ये शर्माको निबन्ध कृति ‘बाहखरीको बोटमुनि’ लाई सो पुरस्कार प्रदान गरेको ।)
२२. आठौं आइएफसी ट्रेड अवासमा ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन जाइल कन्ट्रिज-२०१७ साउथ एसिया’ अवार्डबाट सम्मानित नेपालको बैंक कुन हो ?
उत्तर
एनएमबी बैंक

अन्तर्राष्ट्रिय-सन्दर्भ

२३. इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१८ को उपाधि कसले जित्यो ?
उत्तर
चेन्नई सुपर किंग्स
सन् २०१८ मे २७ मा भएको फाइनल खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई आठ विकेटले हराएर ११ औं इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको । अस्ट्रेलियाका ३६ वर्षीय शेन वाट्सनले ५७ वलमा अविजित ११७ रन बनाएपछि चेन्नईले नौ बल बाँकी हुँदै दुई विकेटको क्षतिमा १८१ रन बनाएर लक्ष्य हासिल गरेको । हैदरावादले पहिले ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।
२४. ‘फायर एन्ड पन्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ नामक पुस्तकका लेखक को हुन् ?
उत्तर
माइकल वुल्पक
२५. विश्वको सबैभन्दा लामो रेल कहाँ छ ?
उत्तर
अस्ट्रेलिया
अस्ट्रेलियास्थित फलाम तथा स्टिल उत्पादक कम्पनी बीएचपी विलिशनद्वारा आफ्नो मालसामान ओसारपसारका लागि सञ्चालनमा ल्याइएको यो रेलमा ६८२ वोगी (डिब्बा) रहेका । एक पटकमा ८२ हजार टन भार बोक्न सक्ने क्षमतायुक्त यो रेलको लम्बाइ ७.३५३ किलोमिटर बराबर रहेको ।
२६. साउदी सरकारले त्यहाँका महिलालाई पहिलोपल्ट सैनिक सेवामा भर्ना आह्वान कहिले गरेको हो ?
उत्तर
सन् २०१८ फेब्रुअरी २६
 
२७. हाल (सन् २०१८) संयुक्त राष्ट्रसङ्घको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ? •
उत्तर
अमेरिका (२२ प्रतिशत)
(दोस्रोः जापान (९.६८ प्रतिशत) र तेस्रोः चीन (७.९२ प्रतिशत))
 
२८. चन्द्रमाको दुर्गम एवं रहस्यमय मानिएको धुवीय क्षेत्रका बारेमा अन्वेषण गर्ने उद्देश्यका साथ चीनले यान प्रक्षेपण कहिले गरेको हो ?
उत्तर
सन् २०१८ मे २१
चीनले चन्द्रमाको अन्वेषणको लागि मे २१ मा यान प्रक्षेपण गरेको । उक्त यानले पृथ्वी र चीनको चन्द्रमा अन्वेषण अभियानबीच सञ्चार माध्यमको काम गर्ने बताइएको ।। नेमड क्युकियो नामक सो उपहले तीन वर्षसम्म कार्य गर्ने।
२९. एक गाउँ एक उत्पादन (One village One Product) कार्यक्रमको अवधारणा ल्याउने व्यक्ति को हुन् ?
उत्तर
डा. मोरिहिरो हिरामाथ्थु (जापान) ।
(एक गाँउ एक उत्पादन कार्यक्रम नेपालमा वि.सं. २०६३ बाट शुरु भए तापनि आ.व. २०६९/७० देखि लागू भएको । हाल विभिन्न ४२ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको ।)
३०. DANIDA को पूरा रूप के हो ?
उत्तर
Danish International Development Agency
प्रजातन्त्र, मानव अधिकार, सामाजिक विकास, पर्यावरण एवं दिगो विकासका क्षेत्रमा विभिन्न राष्ट्रलाई सहयोग प्रदान गर्दै आएको यो संस्थाको स्थापना सन् १९६२ मा भएको ।
– यसको मुख्यालय डेनमार्कको कोपनहेगनमा छ।
३१. सन् २०१७ मार्च १ मा सिरियाको पक्षमा भिटो प्रयोग गर्ने राष्ट्र कुन-कुन हुन् ?
उत्तर
रुस र चीन
३२. सन् २०१७ सेप्टेम्बरमा क्यारेबियन क्षेत्र तथा अमेरिकाको फ्लोरिडालगायतका स्थानमा आएको शक्तिशाली आँधीलाई के भनिन्छ ?
उत्तर
इर्मा
३३. मलेसियामा सन् २०१८ मेमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित व्यक्तित्व को हुन् ?
उत्तर
महाथिर मोहम्मद
आधुनिक मलेसियाका जन्मदाताका रूपमा चिनिने महाथिर ९२ वर्षको उमेरमा पुनः प्रधानमन्त्री बनेका । सुधारवादी नेताको छवि बनाएका महाथिरको पुनरागमनले अन्य कुराका साथै मलेसियाको रोजगारीमा देखिएका समस्या समाधानमा कदम चालिने विश्वास गरिएको ।
३४. द बुकर पुरस्कार-२०१७ कसलाई प्रदान गरियो ?
उत्तर
जर्ज सान्डर्स, अमेरिकी लेखक
– ‘लिंकन इन द बार्डी नामक कृतिका लागि सान्डर्सलाई सो पुरस्कार प्रदान गरिएको ।
– सन् १९६९ बाट प्रदान गर्न थालिएको उक्त पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको ।
 
३५. द म्यान बुकर इन्टरनेसनल पुरस्कार-२०१७ कसलाई प्रदान गरियो ?
उत्तर
इजरायली लेखक डेविड ग्रसम्यान (कतिः अ हर्स बाल्कस इन्टु बार)
– पुरस्कार राशि ५० हजार स्टर्लिङ पाउन्ड रहेको ।
– सन् २००४ मा वेलायतमा स्थापना भएको यो पुरस्कार सन् २००५ बाट प्रदान गर्न थालिएको।
३६. विश्व चर्चित आर्थिक पत्रिका फोर्सद्वारा सन् २०१८ में मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?
उत्तर
चिनियाँ राष्ट्रपति सी जिन पिङ
(फोब्र्सको सूचीअनुसार दोस्रो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एवं तेस्रो स्थानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका । त्यस्तै, जर्मन चान्सलर एन्जेला मर्केल चौथो, अमेरिकाका जेफ बेजोस पाँचौं, इसाई धर्मावलम्वीका धार्मिक नेता एवं रोम क्याथोलिक चर्चका पादरी पोप फ्रान्सिस छैटौं, माइक्रोसफ्ट्का संस्थापक बिल गेट्स सातौं, साउदी अरबका राजकुमार मोहम्मद विन सल्मान अल साउद आठौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं तथा अल्फावेटका सिइओ ल्यारी पेज दशौं स्थानमा रहेका ।)
३७. विश्वकै पहिलो जिरो कार्बन सिटी कुन शहरलाई घोषित गरिएको हो ?
उत्तर
युएईको मस्दार सहर
३८. अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा कहिले गरेको हुन् ?
उत्तर
सन् २०१७ अक्टोबर १२

विविध

३९. वि.सं. २०७५ ज्येष्ठमा घोषणा गरिएको पल्सर स्पोर्ट अवार्डमा वर्षको उत्कृष्ट खेलाडी को बनेका छन् ?
उत्तर
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का
हिलातर्फ ब्याडमिन्टनकी शोभा गौचन उत्कृष्ट खेलाडी बनेकी ।
अन्य विधामा अवार्ड जित्ने खेलाडी तथा प्रशिक्षकमा पिपुल च्वाइस अवार्डमा टेबलटेनिसका स्यान्टु श्रेष्ठ, स्पेशल अवार्डमा : क्रिकेटका करण के. सी., उत्कृष्ट प्रशिक्षकमा : क्रिकेटका जगत टमाटा, लाइफटाइम अचिभमेन्ट अवार्डमाः पूर्व फुटबलर अशोक के.सी. रहेका।
४०. ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७४ फागुन २
४१. एमसीए नेपाल बोर्ड कुन उद्देश्यका लागि गठित संस्था हो ?
उत्तर
अमेरिकी अनुदान सहयोगमा अघि बढाउन थालिएको एमसिए (मिलेनियम च्यालेन्ज एकाउन्ट) परियोजना कार्यान्वयनका लागि गठित बोर्ड
४२. विश्व स्वास्थ्य सङ्गठनले कुन रोगको निवारणमा प्राप्त सपफलताका लागि नेपाललाई सम्मानित गरेको हो ?
उत्तर
आँखामा लाग्ने खसे रोग (ट्रकोमा)
ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिण-पूर्वी एसियामा पहिलो बनेको । नेपालले सन् २००२ देखि यो रोग निवारणका लागि अभियान चलाएको । नेपालले गरेको उल्लेख्य प्रगतिको सम्मान गर्दै क्श्वि स्वास्थ्य सङ्गठनले रोग निवारणको प्रमाणपत्र प्रदान गरेको। एक प्रतिशतभन्दा मुनि ट्रकोमा झरेपछि यसलाई निवारण भएको मानिने ।
४३. सन् २०१८ मे २९ मा सम्पन्न तेञ्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि जित्ने धावक को हुन् ?
उत्तर
नेपाली सेनाका भीमबहादुर गुरुङ
गुरुङले ४२.१९५ किलोमिटरको दौड ४ घण्टा २ मिनेट ३० सेकेन्डमा पूरा गरेका, । त्यस्तै, ४ घण्टा ६ मिनेट १० सेकेन्डमा उक्त दूरी तय गर्दै साविक विजेता सुमन कुलुङ दोस्रो भएका,
महिलातर्फको स्पर्धामा पूर्णिमा राई प्रथम भएकी, – विदेशीतर्फको स्पर्धा जर्मनीका म्यानुयल सेएरले जितेका ।
४४. “बोल्नु बडो अनमोल हो। पहिले हृदयरूपी तराजुमा शब्दहरूलाई तौलेर मात्र मुखबाट निकाल्नु पर्दछ।” भन्ने विचारक को हुन् ?
उत्तर
Efialte
४५. वि.सं. २०७५ जेठमा सञ्चालित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेममा प्रथम स्थान हासिल गर्न सफल टिम कुन हो ?
उत्तर
प्रदेश नं. ३  (१४ स्वर्ण, ५ रजत र १० कास्य पदक )
(दोस्रोः प्रदेश नं. ४ (५ स्वर्ण, २ रजत र २ कास्य ) तथा
तेस्रोः प्रदेश नं. ५ (४ स्वर्ण, ८ रजत र ९ कास्य)

४६. वि.सं. २०७५ जेठ १० मा राजधानीमा सम्पन्न १० औं डी सिने अवार्डमा सर्वोत्कष्ट चलचित्रको अवार्ड कुन चलचित्रले प्राप्त ग-यो ?
उत्तर
चलचित्र ‘क’
(त्यस्तै, छक्कापञ्जा-२ ले पपुलर फिल्म र शत्रुगतेले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको । सो अवार्ड समारोहमा चलचित्र लिलीबाट मिलन चाम्स सर्वोत्कृष्ट निर्देशक, क बाट अनमोल के.सी. सर्वोत्कृष्ट अभिनेता र पञ्चायतबाट नीता ढुङ्गानाले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेका ।)
४७. “घर नै अनुशासनको सबभन्दा उत्तम विद्यालय हो ।” भन्ने भनाइ कसको हो ?
उत्तर
एम स्माइन्स
४८. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पक्षी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ?
उत्तर
सन् १८५०
(यो पक्षी अन्तिम पटक सन् १८५० मा देखिएको ।)
४९. सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदनअनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पति) मा मानव जातिको हिस्सा कति रहेको छ ?
उत्तर
०.०१ प्रतिशत
अध्ययनअनुसार पृथ्वीमा सबैभन्दा ठूलो हिस्सा ब्याक्टेरिया (१३ प्रतिशत) ले ओगटेको । वनस्पतिले सम्पूर्ण जीवितको ८२ प्रतिशत हिस्सा ओगटेको । महासागरका जीवहरुले सम्पूर्ण जैविक पिण्डको १ प्रतिशत हिस्सा ओगट्ने अध्ययनले देखाएको । पहिले पृथ्वीमा रहेको जीवनको कुल जैविक पिण्डमा सबैभन्दा बढी समुद्रमा रहेको मानिन्थ्यो । अध्ययनअनुसार विश्वमा रहेका पक्षीहरुमध्ये ३० प्रतिशत पक्षीमात्र वन्य अवस्थामा रहेका । बाँकी सम्पूर्ण पक्षी मानव फार्ममा रहेको । मानव जातिले विश्वको कुल स्तनधारीको ३६ प्रतिशत भाग ओगट्ने । कुल स्तनधारीको ४ प्रतिशत मात्र जंगलमा बस्ने, बाँकी ६० प्रतिशत स्तनधारी घरपालुवा अवस्थामा रहेका
५०. हात्तीपाइले रोग कुन लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ?
उत्तर
क्युलेक्स
५१. सूचनाको हक सम्वन्धमा पहिलो कानुन जारी गर्ने मुलुक कुन हो ?
उत्तर
स्विडेन
स्विडेनमा सन् १७६६ मा यससम्बन्धी कानुन जारी भएको, सन् १९४८ मा जारी गरिएको विश्वव्यापी मानवअधिकारको घोषणापत्रको धारा १९ मा सूचनाको हक सम्बन्धमा व्यवस्था गरिएको, विश्वमै उत्कृष्ट सूचनाको हकसम्बन्धी कानुन जारी गर्ने मुलुक मेक्सिको मानिने, नेपालको संविधानको धारा २७ मा सूचना माग्ने र पाउने हकको व्यवस्था गरिएको ।
५२. हराएका तथा बेपत्ता व्यक्तिहरूको खोजीका लागि इन्टरपोलद्वारा जारी गरिने नोटिसलाई के भनिन्छ ?
उत्तर
एलोकर्नर नोटिस
५३. नेपालमा जातीय विभेद उन्मूलन दिवस कहिले मनाइन्छ ?
उत्तर
जेठ २१
५४. EPG को पूरा रूप के हो ?
उत्तर
Emminent Persons Group
५५. ISO-१४००० वातावरण व्यवस्थापनसँग सम्बन्धित छ भने ISO-२२००० केसँग सम्बन्धित छ ?
उत्तर
खाद्य सुरक्षा व्यवस्थापन
५६. वातावरण संरक्षणका लागि सन् १९८० देखि अमेरिकाबाट शुरु भई विश्वभर पफैलिएको अभियानलाई के भनिन्छ ?
उत्तर
Earth First
५७. स्क्रब टाइफस रोग सर्वप्रथम कहिले र कहाँ पहिचान भएको हो ?
उत्तर
सन् १९३०, जापान
– ‘ओरिनसिया सुसुगामुसी’ नामक जीवाणुले गर्दा हुने यो रोग मुसा प्रजातिमा पाइने एक प्रकारको किर्ना ‘माइट’ को टोकाइबाट सर्दछ। यो रोग नेपालमा पहिलोपल्ट सन् २००४ मा फेला परेको
५८. विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ ?
उत्तर
जून ५
– पहिलोपल्ट यो दिवस सन् १९७४ मा ‘एक मात्र पृथ्वी भन्ने नाराका साथ मनाइएको,
– नेपालमा यो दिवस सन् २००० देखि मनाउन थालिएको ।

५९. अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक पाँच हजार रूपियाँ प्रदान गर्ने निर्णय कहिले गरियो ?
उत्तर
वि.सं. २०७४ माघ ११
६०. विश्व प्रेस स्वतन्त्रता सूचकांक-२०१७ मा पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ?
उत्तर
नर्वे
सो सूचकांकअनुसार उत्तर कोरिया अन्तिम स्थानमा रहेको,
– सूचकांकमा नेपाल एक सयौं स्थानमा रहेको ।
६१. बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरी इन्टरनेटको सुरक्षित प्रयोग सम्बन्धी ‘नेट फर गुड़ अभियान कहिले सुरु गरिएको हो ?
उत्तर
वि.सं. २०७४ भदौ १७
६२. सबैभन्दा पुरानो वेद कुन हो ?
उत्तर
ऋग्वेद
(सबैभन्दा पछि रचना गरिएको वेद अथर्ववेद ।)
६३. हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिबलमा ‘नाओ एन्ड आफ्टर’ विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ?
उत्तर
अनन्त यात्रा (लेखन/ निर्देशनः सुनिल पाण्डे)