युवामंञ्च : २०७५ बैशाख : वस्तुगत प्रश्नोत्तर : विश्व-सन्दर्भ

१. माल्दिभ्समा सन् २०१८ फेब्रुअरी ५ देखि लागू भएको सङ्कटकाल कहिले हटाइएको हो ?
उत्तर
– सन् २०१८ मार्च २२
(फेब्रुअरी ५ देखि १५ दिनका लागि जारी गरिएको सङ्कटकाल थप ३० दिनका लागि बढाई ४५ दिन पुण्याइएको थियो ।)

२. सन् २०१८ मा १ हजार ३ सय ७२ रोबोटले एकसाथ सङ्गीतको धुनमा नाची गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम कहाँ गरियो ?
उत्तर
– इटालीको रोम
– अल्फा वान एस रोबोटको टिमले यो रेकर्ड कायम गरेको।
– यसअघि सन् २०१७ अगस्टमा चीनमा १ हजार ६९ रोबोटले नृत्य गरेर विश्व रेकर्ड कायम गरेका ।

३. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
उत्तर
– सन् १९९८
– संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस सेट (सन् १९९८-२००६) हुन् । – हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका।

४. पानामाद्वारा ताइवानसँग कूटनीतिक सम्बन्धविच्छेद गरी चीनसँग कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
उत्तर
– सन् २०१७ जून १२

५. चीन सरकारले उत्तरी ध्रुवको आसपास एउटा समुद्री मार्ग ‘पोलार सिल्क रोड’ निर्माणको घोषणा कहिले गरेको हो ?
उत्तर
– सन् २०१८ जनवरी २६

६. साउदी अरबले पहिलोपटक महिलालाई सैनिक सेवामा प्रवेश गर्न पाउने व्यवस्था कहिले ग-यो ?
उत्तर
– सन् २०१८ फेब्रुअरी २६
– सन् २०१८ फेब्रुअरी २६ मा साउदी महिलालाई सैनिक सेवामा भर्ना आह्वान गरिएको । खासगरी महिलाहरूलाई युद्ध कार्यमा संलग्न गराउन नभई सुरक्षा क्षेत्रमा कार्य गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ भर्ना आह्वान गरिएको साउदी सरकारले जनाएको।

७. लोपोन्मुख प्रजातिको कालो हरिणको काण्डमा दोषी सावित भई पाँच वर्षको जेल सजाय तोकिएका बलिउड स्टार को हुन् ?
उत्तर
– सलमान खान
(सन् १९९८ अक्टोबरमा जोधपुर जिल्लाको काँकणी गाउँ नजिकै सलमान खान र उनी अभिनित फिल्मसँग सम्बद्ध केही कलाकारले कालो हरिणको शिकार गरेको साथै सलमानलाई अवैध हतियार राखेको र प्रयोग गरेको आरोप लागेको । दोषी सावित भएका सलमानलाई सन् २०१८ अप्रिल ५ मा नै जोधपुर जेल पठाइएको ।)

८. विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को ११ औं मन्त्रिस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
उत्तर
– सन् २०१७ डिसेम्बर १०-१३, अर्जेन्टिनाको ब्युनर्स आयर्स

९. सार्कद्वारा कुन अवधिलाई अन्तर्राष्ट्रिय सम्पर्क दशकका रूपमा मनाइएको छ ?
उत्तर
– सन् २०१० -२०२०

१०. अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा तयार पारिएको प्रतिवेदनअनुसार जीडीपीका आधारमा सन् २०१७ मा विश्वकै धनी राष्ट्र कुन भएको छ ?
उत्तर
– कतार
(सो प्रतिवेदनअनुसार जीडीपीका आधारमा विश्वका प्रमुख पाँच धनी देशका रूपमा क्रमशः कतार, लक्जेम्बर्ग, मकाउ, सिङ्गापुर र ब्रुनाई रहेका ।)

११. फोर्वर म्यागेजिन (अमेरिका) द्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०१७ मा सबैभन्दा बढी घुमिएका शहरको सूचीको पहिलो स्थानमा परेको शहर कुन हो ?
उत्तर
– थाइल्यान्डको बैङ्कक 
(उक्त सूचीअनुसार सबैभन्दा बढी घुमएका शहरहरूमा बेलायतको लण्डन, फ्रान्सको पेरिस, संयुक्त अरब इमिरेट्सको दुबई, सिङ्गापुर, जापानको टोकियो, दक्षिण कोरियाको सियोल, अमेरिकाको न्यूयोर्क मलेसियाको क्वालालम्पुर र हङ्कङ क्रमशः दोस्रोदेखि दशौं स्थानमा रहेका )

१२. पानी र जमिन दुवैमा अवतरण गर्नसक्ने विश्वकै ठूलो ‘कुनलोङ नामक जहाज चीनद्वारा कहिले परीक्षण गरिएको हो ?
उत्तर
– सन् २०१७ डिसेम्बर २४

१३. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ?
उत्तर
– अप्रिल ७

१४. हाल विश्व स्वास्थ्य सङ्गठनमा कति सदस्य राष्ट्र रहेका छन् ?
उत्तर
– १९३

१५. सन् २०१८ अप्रिल १ मा कोस्टारिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
उत्तर
– कार्लोस अल्भाराडो

१६. म्यानमारमा सन् २०१८ मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने राजनीतिकर्मी को हुन् ?
उत्तर
उ विन मिन्त (सन् २०१८ मार्च २८)
(सन् २०१८ मार्च २८ मा म्यानमारको युनियन संसद्मा भएको मतदानमा कुल ६३६ सांसदमध्ये ४०३ मतका साथ मिन्त राष्ट्रपति चयन भएका । उनी नेत्री आङ सान सुकीका विश्वस पात्र मानिने ।)

१७. कुन अफ्रिकी राष्ट्रमा हालै जमिन फाटेर विशाल चिरा परेको छ ?
उत्तर
– केन्या
(सन् २०१८ अप्रिल पहिलो साता केन्याको पश्चिमी इलाकाको जमिनमा ५० फिट गहिरो विशाल चिरा परेको । उक्त चिरा ६५ फिटसम्म चौडा एवं कैयाँ किलोमिटर लामो रहेको बताइएको । वैज्ञानिकहरूले उक्त चिरा पृथ्वीको टेक्टोनिक प्लेटको हलचलबाट बनेको बताएका ।)