ज्ञानसागर : २०७५ बैशाख : वस्तुगत प्रश्नोत्तर

१. बैदेशिक रोजगारीका क्रममा जेलमा परैर कानुनी उपचार नपाएका नेपालीको कानुनी प्रतिरक्षा सम्बन्धमा के व्यबस्था रहेको छ ?
उत्तर
नेपाल सरकारले प्रतिरक्षा गर्ने

२. बङ्गालको खाडीबाट नेपालसम्म पानी जहाज सञ्चालन गर्ने बिषयमा नेपाल र भारतबीच कहिले सम्झौता भएको हो ?
उत्तर
वि.सं. २०७४ चैत २४

३. नेपालको कुन ठाउँमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ ?
उत्तर
दैलेखको दुल्लु

४. एसियाली विकास बैङ्कद्वारा सन् २०१८ अप्रिल ११ मा सार्वजनिक एसियन डेभलपमेन्ट आउटलक २०१८ अनुसार यो बर्ष (आ.ब. २०७४/०७५) नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
उत्तर
४.९ प्रतिशत

५. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाई बनाइएको हो ?
उत्तर
वि.सं. २०७४ चैत २९

६. अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारबाहीको शुरुवात कहिले गरेका हुन् ?
उत्तर
सन् २०१८ अप्रिल १४

७. विश्व ट्रेड युनियन महासङ्घको प्रेसिडेन्सियल काउन्सिलको बैठक सन् २०१८ मा कहाँ आयोजना गरियो ?
उत्तर
इरानको राजधानी तेहरान

८. Face to Face Contact Disease भनी कुन रोगलाई चिनिन्छ ?
उत्तर
ठेउला

९. ‘प्रोक्सिमा बी’ के हो ?
उत्तर
पछिल्लो समयमा वैज्ञानिकहरूद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवनअनुकूल रहेको ठानिएको एक ग्रह

१०.राष्ट्रिय झण्डा दिबस कुन दिन मनाउने गरिन्छ ?
उत्तर
वैशाख १

११. पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरियो ?
उत्तर
नेपाल (सन् २०१८ फेब्रुअरी २७-२८)

१२. महालेखा परीक्षकको कार्यालयले वि.सं. २०७४ चैत २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको ५५ औं बार्षिक प्रतिबेदनअनुसार आ.ब. २०७३/७४ मा बेरुज रकम कति थप भएको छ ?
उत्तर
रु. १ खर्ब ३ अर्ब

१३. सङ्घीय संसद्को पहिलो ऐतिहासिक बैठक कहिले बसेको हो ?
उत्तर
वि.सं. २०७४ फागुन २५

१४. संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्मा नेपाल कहिले निर्वाचित भएको हो ?
उत्तर
सन् २०१७ अक्टोवर १६

१५. चालक दलका दश सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान कहिले दुर्घटनाग्रस्त भयो ?
उत्तर
सन् २०१८ अप्रिल ११

१६. पृथ्वीको बिनाशमा मानव जातिको भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गर्ने बरिष्ठ अमेरिकी अधिबक्ता को हुन् ? ड्
उत्तर
याभिड बेकेल (सन् २०१८ अप्रिल)

१७. नेपाल र भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को आठौं बैठक कहिले सम्पन्न भयो ?
उत्तर
वि.सं. २०७४ चैत २९ र ३०

१८. ‘हामीले यथार्थलाई परिबर्तन गर्न सक्दैनौं भने यथार्थलाई हैनै आँखालाई परिवर्तन गर्नु सक्नुपर्छ।’ भन्ने विचारक को हुन् ?
उत्तर
निकोस कजन्त्जिाकिस, ग्रीक दार्शनिक तथा लेखक

१९. वि.सं. २०७४ चैतमा सम्पन्न धनगढी प्रिमियम लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
उत्तर
टिम चौराहा, धनगढी

२०. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल किनारबाट देशबासीका नाममा सम्बोधन कहिले गरियो ?
उत्तर
वि.सं. २०७५ वैशाख १

२१. बङ्गलादेशको ढाकाबाट काठमाडौंसम्म सिधा बस सेवा कहिलेबाट सञ्चालन गरिने भएको छ ?
उत्तर
वि.सं. २०७५ वैशाख १० (सन् २०१८ अप्रिल २३)

२२. वरिष्ठ समालोचक डा. कुमारबहादुर जोशीको निधन कहिले भएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख ३

२३ सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला कहिले घोषणा गरिएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख ३

२४. भौगोलिक विकटता, बिपन्न, असहाय एवं आर्थिक रूपले पछाडि परेका परिवारका छोरा छोरीलाई विशेष कार्यक्रमका साथ भन गराउने अभियान (शैक्षिकसत्र २०७४/०७५) को शुरुवात कहिले भएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख १

२५. “जीवन कुनै समस्या होइन, समाधान गर्नका लागि हो। यो त अनुभब गर्नेपर्ने यथार्थ हो।” भन्ने भनाइ कसको हो ?
उत्तर
सोरेन किर्केगार्ड, डेनिस दार्शनिक

२६. विश्व सम्पदामा सूचीकृत हनुमानढोकादेखि स्वयम्भुसम्मको २.२ किलोमिटर पदमार्गलाई कुन पदमार्गका रूपमा विकास गरिने भएको छ ?
उत्तर
हेरिटेज ट्रेक अर्थात् सम्पदा पदमार्ग

२७.राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानी जमरा–कुलरिया सिँचाइ आयोजनाबाट सिँचाइका साथै कति विद्युत् उत्पादन गरिने भएको छ ?
उत्तर
४.७ मेगावाट

२८. सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?
उत्तर
सर्वेन्द्र खनाल (वि.सं. २०७४ चैत २७ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको)

२९. सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा को नियुक्त भएका छन् ?
उत्तर
शैलेन्द्र खनाल (वि.सं. २०७४ चैत २७ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको)

३०. बहुराष्ट्रिय दातृ संस्था बिश्व बैङ्कले सन् २०१८ अप्रिल १५ मा सार्वजनिक गरेको प्रतिबेदनअनुसार नेपालको आर्थिक बृद्धिदर (आ.व. २०७४/७५ मा, कति हुने अनुमान छ ?
उत्तर
४.६ प्रतिशत 

३१. ‘बेबी नौबल’ भनी चिनिने जौन बिट्स क्लार्क अबार्ड-२०१८ बाट पुरस्कृत हुने नेपाली मूलका अमेरिकी अर्थविद् को हुन् ?
उत्तर
डा. प्रयाग पाठक

३२. लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?
उत्तर
सन् २०१८ अप्रिल

३३. सन् २०१८ अप्रिल १२-१७ सम्म सञ्चालित काठमाडौं ओपन जीएम अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि कसले जित्यो ?
उत्तर
भारतका हर्ष भारथाकोटी

३४. पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल कहिले खेलियो?
उत्तर
सन् १८६९ अप्रिल १८ (अमेरिकाको सानफ्रान्सिस्कोमा)

३५. भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?
उत्तर
विलियम जर्ज मोर्गन (सन् १८९५)

३६. सबै कुरा जान्नु त्यत्ति महत्त्वपूर्ण हुँदैन, जति हरेक कुराको सही मूल्य जान्नु हुन्छ। भन्ने विचारक को हुन् ?
उत्तर
एच मोर

३७. तेक्वान्दो खेललाई आधिकारिक रुपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?
उत्तर
सन् २००० को सिड्नी ओलम्पिकदेखि

३८. अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ?
उत्तर
अप्रिल २३ 

३९.“पुस्तकालयको सङ्ग्रह नै आजको युगमा सबैभन्दा उत्तम बिश्वबिद्यालय हो ।” भन्ने बिचारक को हुन् ?
उत्तर
कार्लइल

४०. पृथ्वी दिवस कहिले मनाइन्छ ?
उत्तर
अप्रिल २२

४१. अशोक यादबको नेतृत्वमा राष्ट्रिय जनता पाटी नेपाल (लोकतान्त्रिक) को गठन कहिले गरिएको हो ?
उत्तर
वि.स. २०७५ वैशाख ७

४२. सरकारले एसएलसी परीक्षामा ग्रेडिङ प्रणाली (प्राविधिक तर्फ) कहिलैदेसि लागू गरेको हो ?
उत्तर
२०७१ सालको एसएलसी परीक्षादेखि

४३. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) ले कुन अन्तर्राष्ट्रिय संस्थासँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता गरेको थियो ?
उत्तर
UNCTAD

४४. आसियान (Association of South East Asian Nation -ASEAN) का संस्थापक सदस्य राष्ट्रका रूपमा चिनिने राष्ट्र कति छन् ?
उत्तर
५ (थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर र फिलिपिन्स )

४५. राणाकालीन प्रशासनिक व्यवस्थामा जगी तथा निजामती कर्मचारीलाई रकम सापटी दिने अड्डालाई के भनिन्थ्यो ?
उत्तर
तेजारथ अड्डा

४६. ओजोन तह (Ozone Layer) विनाशको प्रमुख कारक तत्त्व के हो ?
उत्तर
क्लोरोफ्लोरो कार्बन (CFC)

४७. सरकारले सबारीचालक अनुमति पत्र (लाइसेन्स) मा ‘स्मार्ट कार्ड’ को व्यवस्था कहिलेदेखि गरेकोहो ?
उत्तर
वि.सं. २०७२ मङ्सिर १४

४८. उत्तर कोरियाले कहिलेदेखि आणविक परीक्षण र अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण रोक्ने निर्णय गरेको हो ?
उत्तर
सन् २०१८ अप्रिल २१

४९. “प्रत्येक महान् कार्यले त्यस्तै महान् कार्यको निम्ति ढोका खोल्छ।” भन्ने विचारक को हुन् ?
उत्तर
एमर्सन

५०. विश्वमै बुईपटक अनुहार प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ?
उत्तर
फ्रान्सका जेरोम ह्यामोन

५१. चीन सरकारले दुईवटा बाई-१२ ई जहाज नेपाललाई कहिले हस्तान्तरण गरयौ ?
उत्तर
वि.सं. २०७५ वैशाख ४

५२. सन् २०१८ अप्रिलमा क्युबामा नयाँ राष्ट्रपतिका रूपमा चयन हुन सफल राजनीतिकर्मी को हुन् ?
उत्तर
मिगेल डियाज कनेल

५३. सन् २०१८ अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरी नयाँ नामकरण गरेका छन् ? स्
उत्तर
वाजिल्यान्ड राजा मस्वाती तृतीयद्वारा अप्रिल १९ मा स्वाजिल्यान्डको नाम परिवर्तन गरी ‘द किङ्डम अफ इस्वातिनी’ बनाइएको।

५४. पारिजात सिर्जना सम्मान-२०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?  
उत्तर
समालोचक डिआर पोखरेल

५५. मिस नेपाल २०१८ को उपाधि चुम्नै युबती को हुन् ?
उत्तर
शृखला खतिवडा

५६. यौनहिंसा विरुद्ध हलिउडका महिलाद्वारा सुरु गरिएको नयाँ अभियानलाई के भनी चिनिन्छ ?
उत्तर
टाइम्स अप

५७. इराकी प्रधानमन्त्री हैदर अल अबादीले जिहादी (आईएस) बिरुद्ध युद्ध अन्त्यको घोषणा कहिले गरेका हुन् ?
उत्तर
सन् २०१७ डिसेम्बर ९

५८. समलिङ्गी बिबाहलाई कानुनी मान्यता प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
उत्तर
नेदरल्यान्ड (सन् २००१ अप्रिल १)

५९. रोहिंग्या शरणार्थी फिर्ता सम्बन्धमा म्यानमार र बङ्गलादेशबीच भएको सहमतिअनुसार कुन अबधिसम्म शरणार्थी फिर्ता गरिसक्ने उल्लेख छ ?
उत्तर
दुई वर्ष

६०. अक्सफोर्ड सिटी काउन्सिलले प्रदान गरेको ‘फ्रिडम अफ द इङलिस सिटी अफ अक्सफोर्ड पदक खोसुवामा पर्ने राजनीतिज्ञ को हुन् ?
उत्तर
आङसाङ सुकी

६१. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्बजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ?
उत्तर
१ हजार ४ डलर

६२. केन्द्रीय तथ्याङक विभागले वि सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.ब. २०७४/७५ मा नेपालको आर्थिक बृद्धिदर कति हुने उल्लेख छ ?
उत्तर
५.८९ प्रतिशत

६३. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाउने गरिन्छ ?
उत्तर
में १

६४. सरकारले काठमाडौँ उपत्यका बरपरका क्षेत्रमा कतिबटा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको छ ?
उत्तर
चार

६५. नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठूलो सौर्य परियोजनाको उत्पादन क्षमता कति रहेको छ ?
उत्तर
२५ मेगावाट

६६. संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो?सन् २०१८ अप्रिल २३[/su_spoiler]
६७. भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाइल एविट्रस अवार्ड बाट सम्मानित कलाकार को हुन् ?
उत्तर
मनिषा कोइराला

६८. वि.सं. २०७५ वैशाख १७ मा कतिऔं बुद्धजयन्ती मनाइयो ?
उत्तर
२५६२ औं

६९. बि.सं. २०७५ बैशाख १५ र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कति बँदे घोषणापत्र जारी गयो ?
उत्तर
१० बुंदे

७०. मुटुबाट शुद्ध रगत निस्केर बिभिन्न रक्तनली हुँदै शरीरका बिभिन्न अङ्गहरूमा पुग्ने र ती अङ्गहरूबाट निस्केको अशुद्ध रगत फेरि बिभिन्न रक्तनली हुँदै मुटुमा फर्कने प्रक्रियालाई के भनिन्छ ?
उत्तर
रक्तसञ्चार (Blood Cirulstion)

७१. कुनै पनि प्राणी तथा बनस्पतिको आनुवंशिक गुण बौक्ने शरीरको सबैभन्दा सानो एकाईलाई के भनिन्छ ?
उत्तर
वशाणु (Gene)

७२. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ?
उत्तर
राउटे

७३. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
उत्तर
सन् १९६१ मे २८

७४. युबा संसद् नेपालद्वारा आयोजित ‘ग्लोबल युथपिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ?
उत्तर
वि.स. २०७४ पुस २९-३० (सन् २०१८ जनवरी १३ – १४) काठमाडौं

७५, दुई लाख रुपियाँ राशिको पहिचान पुरस्कार-२०१८ बाट सम्मानित कृति कुन हो ?
उत्तर
पत्रकार तथा लेखक यज्ञशको ‘भुइँया’

७६, मध्य युरोपेली मुलुक स्लोभानियाले नेपालमा अवैतनिक दूतावासको स्थापना कहिले गरेको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख १६ (सन् २०१८ अप्रिल २९)

७७. नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट शुरु भएको छ ?
उत्तर
वि.सं. २०७५ वैशाख १

७८. नेपालमा हाल पर्वतारोहणका लागि खुला गरिएका हिमाशिखरहरुको सङ्ख्या कति रहेको छ ?
उत्तर
४१४

७९. तीनजुरे-मिल्के–जलजलेलाई लालीगुरासको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
उत्तर
वि.सं. २०५५

८०. वि.सं. २०७५ वैशाख ११ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गरयो ?
उत्तर
डा. पुष्प कँडेल

८१. हाल संयुक्त राष्ट्र सङ्घको उपमहासचिब को छन् ?
उत्तर
नाइजेरियाकी अमिना जे. महमद

८२. सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड कहिलेदेखि पुनःसञ्चालनमा आएको हो ?
उत्तर
वि.सं. २०७४ वैशाख २४

८३. उत्तर र दक्षिण कोरियाली नेताहरूले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्रमुक्त पार्ने बाचा गर्दै करिब सात दशक लामो युद्ध अन्त्य गर्ने सम्बन्धी सहमतिपत्रमा कहिले हस्ताक्षर गरेका हुन् ?
उत्तर
सन् २०१८ अप्रिल २७

८४. उत्तर र दक्षिण कोरियाबीच यसअघि पानमुनजोम उच्चस्तरीय वार्ता कहिले सम्पन्न भयो ?
उत्तर
सन् २०१८ जनवरी ९

८५. “ सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो।” भन्ने बिचारक को हुन् ?
उत्तर
गौतम बुद्ध 

८६. बि.सं. २०७५ वैशाख १३ मा राजधानीमा सम्पन्न छैटौं एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा सबॉत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गयौ ?
उत्तर
शत्रुगते

८७. यस बर्ष (वि.सं. २०७५) को गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को । हुन् ?
उत्तर
वरिष्ठ पत्रकार भैरव रिसाल

८८. विश्व बैङ्कद्वारा सन् २०१८ अप्रिलमा सार्बजनिक बिप्रेषण आप्रबासम्बन्धी प्रतिवेदनअनुसार जीडीपीको अनुपातमा नेपालमा कति बिप्रेषण प्राप्त भएको छ ?
उत्तर
२८.९ प्रतिशत

८९. लैङ्गिक समानता पत्रकारिता पुरस्कार-२०७४ कसलाई प्रदान गर्ने निर्णय गरियो ?
उत्तर
रोश्ना बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोमा शेर्पा र देउराली चाम्लिङ

९०. केन्द्रीय तथ्याङ्क विभागद्वारा २०७५ बैशाखमा सार्वजनिक प्रतिबेदनअनुसार आ.ब. २०७४/७५ मा नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि तथा बन क्षेत्रको योगदान कति हुने अनुमान छ ?
उत्तर
२७.१० प्रतिशत

९१. बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारीअधिकृतलाई ६ महिनाको कुलिङ पिरियडको ब्यबस्थाकहिलेदेखि लागू गरेको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख २३

९२. यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यबसायीबीच कहिले सहमति भएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख २३

९३. कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयले ५८ बॅब मार्ग चित्र कहिले सार्वजनिक गरेको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख २३

९४. नेपालमा बाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ?
उत्तर
शिवादेवी काफ्ले

९५. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ?
उत्तर
सन् २०१८ मे ७ 

९६. “प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ।” भन्ने विचारक को हुन् ?
उत्तर
अल्बर्ट आइन्स्टाइन

९७. “जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्बास सम्भव छ।” भन्ने भनाइ कसको हो ?
उत्तर
जर्ज चकिरिस, अमेरिकी अभिनेता

९८. आरएमएआई फ्लेम अवार्डस् २०१८ र फ्लेम लिडरसीप अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ?
उत्तर
रियल स्कुल अफ नेपाल

९९. सन् २०१७ मा बिश्वकै व्यस्त अन्तर्राष्ट्रिय बाई रुट कुन हो ?
उत्तर
सिङ्गापर-क्वालालम्पुर रुट

१००. संयुक्त अरब इमिरेट्स (युएई) ले औपचारिक रूपमा काठमाडौंमा आफ्नो राजदुताबास कहिले स्थापना गयो ?
उत्तर
वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)

१०१. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
उत्तर
मे १२

१०२. पृथ्बीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
उत्तर
परिभ्रमण

१०३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
उत्तर
नवीकरणीय (Renewable)

१०४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
उत्तर
अनवीकरणीय (Non-renewable)

१०५. कुन अधातु विद्युतको सुचालक हो ?
उत्तर
ग्राफाइट

१०६. मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ छ ?
उत्तर
जेनेभा (स्वीट्जरल्यान्ड)

१०७. ग्रिष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने बायु कुन हो ?
उत्तर
मनसुनी वायु

१०८. मनसुनी बायु कति प्रकारका हुन्छन् ?
उत्तर
दुई (ग्रिष्मकालीन मनसुन र शीतकालीन मनसुन)

१०९. प्रथम विश्व युद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
उत्तर
कुलवीर थापा

११०. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संबिधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ ?
उत्तर
धारा ३१ (३)

१११. सबैभन्दा पुरानो बैद कुन हो ?
उत्तर
ऋग्वेद

११२. नेपालमा मेसिन रिडेबल पासपोर्ट कहिलेदेखि बितरण गर्न थालिएको हो ?
उत्तर
वि.सं. २०६७ पुस ११

११३. विकिरणबाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अबस्थामा तातो बस्तुले गुमाएको तापशक्तिको परिमाण चिसो बस्तुले ग्रहण गरेको तापशक्तिको परिमाणसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ? क्यालोरिमेट्री सिद्धान्त[/su_spoiler]
११४. ब्रेल लिपिका आविष्कारक को हुन् ?
उत्तर
लुई ब्रेल

११५. विक्रम संवत्को थालनी कसले गरेका हुन् ?
उत्तर
विक्रम आदित्य

११६. २३ बशमलब ५ डिग्री उत्तरी अक्षांस रेखालाई कर्कट रेखा (Tropic of Cancer) भनिन्छ भने २३ दशमलव ५ डिग्री दक्षिणी अक्षांस रेखालाई के भनिन्छ ?
उत्तर
मकर रेखा

११७. हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिबलमा ‘नाओ एन्ड आफ्टर’ बिधाअन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ?
उत्तर
अनन्त यात्रा (लेखन/निर्देशनः सुनिल पाण्डे)

११८, वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धमा के व्यबस्था रहेको छ ?
उत्तर
सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने

११९. गैरआबासीय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?
उत्तर
सन् २००३ अक्टोवर ११ (संस्थाको नारा ‘नेपालका लागि नेपाली रहेको छ ।)

१२०. विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
उत्तर
मे ८