ज्ञानसागर : २०७५ जेष्ठ : वस्तुगत प्रश्नोत्तर

१. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पछिल्लो पटक नेपालको दुईदिने औपचारिक भ्रमण कहिले भयो ?
उत्तर
वि.सं. २०७५ वैशाख २८-२९ गते
(प्रधानमन्त्रीका रूपमा मोदीले यो समेत गरी तीनपटकनेपाल भ्रमण गरेका ।)

२. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मङ्गलग्रहमा हेलिकोप्टर पठाउने भएको छ ?
उत्तर
सन् २०२०
रिमोटबाट चल्ने हेलिकोप्टरलाई मङ्गलग्रहको पातलो वायुमण्डलमा उडान गर्न सक्ने गरी डिजाइन गरिएको छ। यो हेलिकोप्टरको पङ्खा प्रतिमिनेट तीन हजार पटक घुम्ने छ, जुन पृथ्वीमा उडान भर्ने साधारण हेलिकोप्टरको तुलनामा १० गुना बढी रहेको बताइएको छ

३. हुम्डे बिमानस्थल कुन जिल्लामा रहेको छ ?
उत्तर
मनाङ
(आठ वर्षअघि नै स्तरोन्नति र कालोपत्रे गरी बाह्र महिना जहाज अवतरण गर्न सकिने हुम्डे विमानस्थलमा हाल सरकारी तवरबाट वा व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरणभएको छैन ।)

४. बाताबरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालद्वारा भैसी सुन्दरी प्रतियोगिता कहाँ आयोजनागरियो ?
उत्तर
इटहरी
(किसानलाई पशुपालनमा उत्साहित बनाउने उद्देश्यका साथ आयोजित सो प्रतियोगितामा इटहरी-२ की मिठुमाया कार्कीले पालेको ‘हीरा’ नामक भैंसी प्रथम भएको हो ।)

५. बिश्ब चर्चित आर्थिक पत्रिका फोब्र्सद्वारा सन् २०१८ में मा सार्वजनिक प्रतिबेदनअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?
उत्तर
चिनियाँ राष्ट्रपति सी जिन पिङ
(फोब्र्सको सूची अनुसार दोस्रो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एवं तेस्रो स्थानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केल चौथो, अमेरिकाका जेफ बेजोस पाँचौं, ईसाई धर्मावलम्बीका धार्मिक नेता एवं रोम क्याथोलिक चर्चका पादरी पोप फ्रान्सिस छैटौं, माइक्रोसफ्टका संस्थापक बिल गेट्स सातौं, साउदी अरबका राजकुमार मोहम्मद विन सल्मान अल साउद आठौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवाँ तथा अल्फावेटका सिईओ ल्यारी पेज दशौं स्थानमा रहेका छन् ।)

६. मेगा बैंक नेपालमा टुरिज्म डेभलपमेन्ट बैङ्क गाभिई एकीकृत कारोबारको शुरुवात कहिलेदेखि भएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख ३०

७. मणिविक्रम शाह कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
उत्तर
फुटबल
(उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हुन् । कलेजोसम्बन्धी रोगका कारण उनको वि.स. २०७५ वैशाख ३१ मा निधन भयो

८, मलेसियामा सन् २०१८ मे मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित हुन सफल व्यक्तित्व को हुन् ?
उत्तर
महाथिर मोहम्मद
आधुनिक मलेसियाका जन्मदाताको रूपमा चिनिने महाथिर ९२ वर्षको उमेरमा पुनः प्रधानमन्त्री बने । सुधारवादी नेताको छवि बनाएका महाथिरको पुनरागमनले अन्य कुराका साथसाथै मलेसियाको रोजगारीमा देखिएका समस्या समाधानमा कदम चालिने विश्वास गरिएको छ।

९. दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ पर्वतारोही को हुन् ? ।
उत्तर
७० वर्षीया जिया वोयु (सन् २०१८ मे १४)

१०. नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलबिद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख २७
(यो जलविद्युत् आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा गरिएको हो । संखुवासभामा रहेको आयोजनास्थलबाट नेपाल टेलिभिजनले प्रत्यक्ष दृश्य प्रशारण गरेको थियो भने काठमाडौंको होटल द्वारिकामा आयोजित समारोहमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले स्वीच अन गर्नुभएको थियो । आयोजना स्थल फ्याक्सिन्दा दोभान र शिलान्यास स्थललाई ‘भिडियो कन्फरेन्स’ मार्फत जोडिएको थियो । यो आयोजना निर्माण गर्ने अनुमति भारतीय कम्पनी सतलज विद्युत् निगमले पाएको छ । आयोजनाको निर्माण सन् २०२३ सम्ममा सम्पन्न गरिने लगानी बोर्डले जनाएको छ ।

११. ‘त्यो समय’ नामक संस्मरणात्मक पुस्तकका लेखक को हुन् ?
उत्तर
शारदा शर्मा

१२. बिश्बमा पहिलोपटक मोबाइल फोनको प्रयोग कहिलेगरिएको हो ?
उत्तर
सन् १९७३
(सन् १९७३ मा मोबाइल फोनका आविष्कारक मार्टिन कुपरले पहिलोपल्ट मोबाइलबाट फोन सम्पर्क स्थापित गरेका )

१३. “हाँसो एउटा त्यस्तो सूर्य हो, जसले मानब मुहारबाट हिउँद भगाइदिन्छ।” भन्ने विचारक को हुन् ?
उत्तर
भिक्टर ह्युगो, फ्रान्सेली लेखक

१४. बि.सं. २०७५ वैशाखमा मनाइएको तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको नारा के हो ?
उत्तर
समृद्धि र सुशासन, आमसञ्चारको अभियान

१५. वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन्
उत्तर
डा. महेन्द्र विष्ट र डा. राजेश झा ‘अहिराज’
( पुरस्कार राशि : रु. २ लाख ) (त्यस्तै, वरिष्ठ पत्रकार सम्मानबाट बबिता बस्नेत, कौशल चेम्जुङ र मीनबहादुर बुढाथोकी सम्मानित हुनुभयो ।

१६. हरेक बर्ष प्रदान गरिने इच्छुक स्मृति पुरस्कारबाट बि.सं. २०७५ मा सम्मानित हुने स्रष्टा को हुन् ? 
उत्तर
विनोद विक्रम केसी र मोदनाथ मरहठ्ठा (संयुक्त रूपमा)
(पुरस्कार राशि : रु.एक लाख)
(त्यसैगरी, साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कारबाट कवि शोभा दुलाल र कलातर्फको इच्छुक प्रतिभा पुरस्कारबाट फुलमाया दर्जी र प्रगति हिङमाङ सम्मानित )

१७. सन् २०१७ को ‘टाइम पर्सन अफ दि इयर’ कसलाई घोषणा गरियो ?
उत्तर
द साइलेन्स ब्रेकर
(यौनजन्य दुर्व्यवहार तथा शोषणलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ‘हयासमिट’ सञ्चालक तथा संस्थापक ‘द साइलेन्स ब्रेकर्स’ यो वर्षको टाइम अखबारको ‘पर्सन अफ द इयर’ मा चयन भएको ।

१८. ग्रेट औक नामक उड्न नसक्ने प्रजातिको पक्षी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ?
उत्तर
सन् १८५०
(यो पक्षी अन्तिम पटक सन् १८५० मा देखिएको भनिएको छ ।)

१९. प्राचीन कालमा चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
उत्तर
दोलादी गिरी

२०. नेपालको हालको मर्यादाक्रममा प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्री कति औं स्थानमा रहेका छन् ?
उत्तर
सातौं

२१. विश्व भोकमरी सूचकाङ्क २०१७ मा नेपाल कुन स्थानमा रहेको छ ?
उत्तर
७२ औं
(११९ राष्ट्र समेटी तयार पारिएको अध्ययन प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, चाड र सियरालियोन क्रमशः११९ औं, ११८ औं र ११७ औं स्थानमा रहेका छन् ।

२२. लण्डन इन्स्टिच्युट अफ बैकिङ एन्ड फाइनान्स र युके फाइनान्सद्वारा प्रदान गरिएको ‘फाइनान्सियल इन्नोभेसन अवार्ड-२०१७’ बाट सम्मानित नेपाली युवा को हुन् ?
उत्तर
प्रकाश कोइराला
(कोइरालाले फिनलिट नेपाल नामक संस्था स्थापना गरी वित्तीय साक्षरता अभियानमा सक्रिय रहनुभयो उहाँको संस्थाले सर्वसाधारणलाई बैङ्क तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसायमा सहयोग पुयाउँदै आएको छ। कोइरालाले ग्रामीण क्षेत्रमा पैसाको महत्त्व बुझाउने विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै हुनुहुन्छ । विजयी घोषित भएपश्चात् उहाँले ट्रफी र करिब साढे तीन लाख रुपियाँसहितको पुरस्कार थाप्नुभयो ।)

२३. हिम चितुवा भनी आड़रिता शेर्पालाई चिनिन्छ भने हिमतारा भनी कसलाई चिनिन्छ ?
उत्तर
बाबुछिरी शेर्पा
(हिमालकी छोरी भनी पासङ ल्हामु शेर्पा, आइसफल डाक्टर भनी आङकाजी शेर्पा, हिमचितुवाको गोठालो भनी डा. घनश्याम गुरुङ, हिम सरदार भनी सोनाम छिरिङ शेर्पा एवं हिउँको बाघ भनी तेन्जिङ नोर्गे शेर्पालाई चिनिन्छ ।)

२४. बालबालिका तथा किशोर-किशोरीलाई लक्षित गरी इनटरनेटको सुरक्षित प्रयोगसम्बन्धी ‘नेट फर गुड’ अभियान कहिले शुरु गरिएको हो ?
उत्तर
वि.सं. २०७४ भदौ १७

२५. इन्टर पार्लियामेन्टरी युनियनद्वारा सन् २०१७ मा सार्बजनिक राजनीतिमा महिला (बुमन इन पोलिटिक्स) प्रतिवेदनअनुसार नेपाल कति औं स्थानमा छ ?
उत्तर
४८ औ
(१९० मुलुकको सूचीमा नेपाल ४८ औं स्थानमा छ ।)

२६. “प्रेस स्वतन्त्रता लोकतन्त्रका लागि आवश्यक मान होइन, यो लोकतन्त्र नै हो।” भन्ने बिचारक को हुन् ?
उत्तर
वाल्टर क्रोन्काइट

२७. बि. सं. २०७५ बैशाखमा सम्पन्न मनमोहन स्मृति अन्तर प्रदेश यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
उत्तर
प्रदेश नं. ७
(उपविजेताः प्रदेश नं. २)

२८. बिश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाउने गरिन्छ ?
उत्तर
में ३
(सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपश्चात् युनेस्कोले हरेक वर्ष में ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो ।)

२९. सन् २०२१ सम्म नेपालमा गैंडाको सङ्ख्या कति पु-याउने लक्ष्य छ ?
उत्तर
८००

३०. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन (0CR) सफ्टवेयर के सँग सम्बन्धित छ ?
उत्तर
नेत्रहीन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि
(यो काठमाडौं विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा.डा. बालकृष्ण बल र निराजन पन्तद्वारा निर्माण गरिएको सफ्टवेयर प्रविधि हो ।)

३१.सगरमाथाको शिखरमा सबैभन्दा धेरैपल्ट पुगी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
उत्तर
कामिरिता शेर्पा
(सन् २०१८ मे १६ मा २२ औं पल्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका )

३२. वि.सं. २०७५ जेठमा घोषणा गरिएको पल्सर स्पोर्ट अवार्डमा बर्षको उत्कृष्ट खेलाड़ी को बने ?
उत्तर
राष्ट्रिय किकेट टोलीका कप्तान पारस खड्का
(महिलातर्फ ब्याडमिन्टनकी शोभा गौचन उत्कृष्ट खेलाडी बनेकी । अन्य विधामा अवार्ड जित्ने खेलाडी तथा प्रशिक्षकमा पिपुल च्वाइस अवार्डमा टेबलटेनिसका स्यान्ट श्रेष्ठ, स्पेशल अवामा : करण के. सी., उत्कृष्ट प्रशिक्षकमा : क्रिकेटका जगत टमाटा, लाइफटाइम अचिभमेन्ट अवार्डमा : पूर्व फुटबलर अशोक के.सी. रहेका

३३. बिभिन्न आँधीका कारण क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रङ्गशालाहरूको पुनःनिर्माणका लागि स्रोत जुटाउने उद्देश्यका साथ आईसीसीद्वारा सन् २०१८ में ३१ मा आयोजित खेलमा छनौट भएका नेपाली क्रिकेटर को हुन् ?
उत्तर
सन्दीप लामिछाने
(सन् २०१८ मे ३१ मा इङ्ग्ल्यान्डको लडर्समा हुने च्यारिटी खेल (वेस्ट इन्डिजसँग हुने टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच) मा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको विश्व ११ टोलीमा पर्न सफल भएका

३४. नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण कहिले भएको हो ?
उत्तर
वि.सं. २०७५ जेठ ३ गते
(नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी बनेको। पार्टीमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल रहनुभएको छ ।

३५.नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता को चयन भएका छन् ? |
उत्तर
केपी शर्मा ओली

३६.ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी बाई दुर्घटना कहिले भयो ?
उत्तर
सन् २०१८ मे १८
(क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट सो विमान उडेलगत्तै इञ्जिनमा समस्या देखिएपछि दुर्घटना हुँदा १०१ यात्रुको निधन भएको र तीन जना बाँच्न सफल भएका )

३७. सर्वोच्च शिखर सगरमाथाको सफलbआरोहण गर्ने पहिलो नेपाली फोटोbपत्रकार को हुन् ? |
उत्तर
पूर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ में १९)
(आरोहण गर्नेक्रममा फोटो पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिला’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी । गोरखा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीया श्रेष्ठले सन् २०१७ सेप्टेम्बर २६ मा मनास्लु हिमालको आरोहण गरेकी थिइन् |

३८. ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक आरम्भ कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७४ फागुन २

३९. रेडियो अन्नपूर्णद्वारा २०७५ जेठमा प्रदान गरिएको दीर्घ साधना सम्मानबाट सम्मानित कलाकार को हुन् ?
उत्तर
गायक योगेश वैद्य

४०. साझा प्रकाशनले बर्सेनि प्रदान गर्दै आएको साझा पुरस्कारबाट सम्मानित हुने सष्टा को हुन् ?
उत्तर
जय छाङ्छा
(दोहाको सिधा उडान यात्रा साहित्यका लागि छाङ्छालाई सो पुरस्कार प्रदान गरिएको साझा प्रकाशनबाट वर्षभरि प्रकाशित सर्वोत्कृष्ट ग्रन्थलाई उक्त पुरस्कार प्रदान गरिने । त्यस्तै, साझा बाल साहित्य पुरस्कार-२०७३ ‘पच्चीस प्रतिभा पुस्तकका लागि गोपाल पराजुली र साझा लोक साहित्य पुरस्कार ‘उखानः सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि प्रा.डा. कुलप्रसाद कोइरालालाई प्रदान गरिएको ।

४१. सन् २०१८ में मा दक्षिण कोरियाको बाहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएन (पाटा) को बार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गयो ?
उत्तर
दिपकराज जोशी
(पहिलोपटक नेपालबाट उक्त बोर्डको अध्यक्षता गर्ने अवसर प्राप्त भएको ।)

४२. राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा आ.ब. २०७५/७६ को सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरियो ?
उत्तर
वि.सं. २०७५ जेठ ७
नीति तथा कार्यक्रमका प्रमुख प्रावधानः पाँच वर्षभित्र रोजगारीका लागि कुनै पनि नेपाली विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिने । सोका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने ।
आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पक्की सडक पुरयाउने ।
पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर (करिब दुई लाख रुपियाँ) बनाउने ।
आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अङ्क नजिक पुयाउने ।
दश वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पाँच वर्षभित्र दुईतिहाइ जनसङ्ख्यालाई गैरकृषि क्षेत्रमा परिणत गर्दै कृषियोग्य जमिनको खण्डीकरण रोक्ने । दश वर्षभित्र देशको आर्थिक अवस्था मध्यम स्तरमा स्तरोन्नति गरिने ।

४३. *अरूको कुरा गरेर समय खेर फाल्नुभन्दा आफ्नो अवगुणको आलोचनात्मक चिन्ता गरे चरित्रको बिकास हुन्छ ।” भन्ने बिचारक को हुन् ?
उत्तर
स्वामी विवेकानन्द

४४. हालै पोखरा-लेखनाथमा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले सम्पन्न भयो ?
उत्तर
वि.सं. २०७५ जेठ ४-६ (सन् २०१८ मे १८-२०)
(सम्मेलनमा नेपालसहित बङ्गलादेश, भारत, जापान, म्यानमार, श्रीलङ्काका प्रतिनिधिहरूको सहभागिता रहेको । सम्मेलनले तालतलैयाका स्रोतको व्यवस्थापन, स्थानीय पारिस्थितिक प्रणालीलाई खलल नपुग्ने गरी समुदायलाई दिगो जीविकोपार्जनलगायत विषय समेटी पाँच बँदे घोषणापत्र जारी गरेको ।

४५. ‘शान्ति शक्तिबाट प्राप्त गर्न सकिन्न । यो त समझदारीबाट मात्र प्राप्त गर्न सकिन्छ।’ भन्ने भनाइ कसको हो ?
उत्तर
अल्वर्ट आइन्स्टाइन, वैज्ञानिक

४६. नेपालको कुल व्यापार घाटाको कति प्रतिशत हिस्सा भारतसँग मात्र रहेको छ ?
उत्तर
६५ प्रतिशत
(वि.सं. २०७४ साउनदेखि चैतसम्म ९ महिना अवधिमा नेपालको निर्यात ५९ अर्ब ७३ करोड रुपियाँ रहेको छ भने आयात ८ खर्ब ७४ अर्ब रहेको । त्यस्तै, नेपालको सबैभन्दा बढी व्यापार हुने भारतसँग मात्रै कुल व्यापार घाटाको हिस्सा ६५ प्रतिशत पुगेको ।)

४७. नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग नामकरण गरिएको छ ?
उत्तर
सुर्खेत–हिल्सा सडक

४८. सन् २०१८ मार्च १५ मा मनाइएको बिश्ब उपभोक्ता दिवसको नारा के हो ?
उत्तर
Making digital market places fairer
(“नेपालमा उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता” भन्ने राष्ट्रिय नारासमेत तय गरी सो दिवस मनाइएको ।

४९. नेपाल विद्युत् प्राधिकरणले मुलुकभर कहिलेदेखि लोडसेडिङ अन्त्य भएको घोषणा गरेको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख ३१
(१५ वर्ष अघि शुरु भएर दैनिक १८ घण्टासम्म र वर्षायाममा समेत पाँच, छ घण्टा लोडसेडिङ भइरहेको अवस्थाबाट लोडसेडिङ अन्त्य हुने अवस्था आइपुगेको हो। दुई वर्षअघि लक्ष्मीपूजाका दिनदेखि काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्यको परीक्षण शुरु भएको र छोटो समयमै गार्हस्थ प्रयोगमा नियमित आपूर्तिमा सफलता प्राप्त भयो भने अहिले औद्योगिक क्षेत्रमा समेत विद्युत् आपूर्ति अवरुद्ध नहुने अवस्था आइपुगेको हो

५०. चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा उडान भर्ने) कहिलेसम्म उपभोक्तालाई आपूर्ति गर्ने जनाएको छ ?
उत्तर
सन् २०२२
(चीनले खासगरी आफ्नो सेनालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ यो विमानको विकास गरेको । यो विमानको पहिलो उडान चीनमा सन् २०१७ डिसेम्बरमा गरिएको थियो । यो विमानको आकार सालाखाला बोइङ ७३७ को जत्रै रहेको । विमानलाई सामुद्रिक उद्धार र जंगलको आगलागी नियन्त्रण गर्न पनि उपयोगी हुने बताइएको छ।

५१. सन् २०१८ मेमा कुन अफ्रिकी राष्ट्रमा इबोला भाइरसको सङ्क्रमण देखापरेको छ ?
उत्तर
कङ्गों
(विश्व स्वास्थ्य सङ्गठनले कङ्गोमा दर्जनौं व्यक्तिमा यो रोगको सङ्क्रमण फैलिएको जनाएको छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कङ्गोमा इबोला सङ्क्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको। कङ्गोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न जानेहरूको समेत आवतजावत बढेको । इबोलाले सन् २०१४-१६ मा पश्चिम अफ्रिकाका केही मुलुकमा ११ हजारभन्दा बढीको ज्यान लिएको । २८ हजारभन्दा बढी सङ्क्रमित भएका थिए।)

५२.“कठिन परिश्रमविनाको प्रतिभाको कुनै अर्थ छैन ।” भन्ने भनाइ कसको हो ?
उत्तर
क्रिस्टियानो रोनाल्डो, खेलाडी

५३. सन् २०१८ मे मा मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसीपमा नेपालले कुन स्थान हासिल गरेको छ ?
उत्तर
तृतीय
(प्रतियोगितामा भारत पहिलो र पाकिस्तान दोस्रो भएका )

५४. हुम्लाको खार्पुनाथमा मकालु एयरको कार्गों जहाज कहिले दुर्घटनाग्रस्त भएको हो ?
उत्तर
वि.सं. २०७५ जेठ २
(दुर्घटनामा क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्यनाथ नेपालको निधन भएको। यो दुर्घटनासहित पछिल्लो पाँच महिनामा नेपालमा तीनवटा विमान दुर्घटना भए, जसमा ५३ जनाको ज्यान गएको । यसअघि २८ फागुन २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै युएस बङ्गलाको जहाज र ६ वैशाख २०७५ मा काठमाडौंबाट मलेसियाका लागि उड्न तयार रहेको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको । तेस्रो दुर्घटनामा मानवीय क्षति भने नभएको ।

५५. “साथी धेरै हुन्छन् तर बास्तबिक साथी त्यो हो, जो अहित हुनबाट जोगाउँछ, हित हुने काममा लाग्न सहयोग गर्छ र बिपत्ति परेको बेलामा छोड्दैन ।” भन्ने बिचार कसको हो ? 
उत्तर
अश्वघोष

५६. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?
उत्तर
किलिमञ्जरो
(अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको छ। यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरण आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने ।

५७. विश्व हाँसो दिवस कहिले मनाउने गरिन्छ
उत्तर
मे महिनाको पहिलो आइतबार

५८. सन् २०१८ अप्रिल २२ मा मनाइएको पृथ्वी दिवसको नारा के हो ?
उत्तर
प्लास्टिकबाट हुने प्रदूषण निर्मूल गरौं (End Plastic Pollution)

५९.दूरसञ्चार प्राधिकरणले सार्बजनिक गरेको तथ्याङ्कअनुसार २०७४ मङसिर मसान्तसम्म  नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? ।
उत्तर
६३ दशमलव १७ प्रतिशत
(१४ औं योजना (२०७३/७४-२०७५/७६) अनुसार योजनाको अन्त्यसम्म इन्टरनेटको पहुँच पुगेको जनसङ्ख्या ६५ प्रतिशत पुरयाउने लक्ष्य रहेको ।)

६०. राष्ट्रको पूर्वाधार बिकास गर्ने कार्यका लागि अहं भूमिका तथा योगदान पु-याउने लक्ष्यसहित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड स्थापनाका लागि सैद्धान्तिक सहमतिपत्र कहिले प्रदान गरिएको हो ?
उत्तर
वि.सं. २०७५ जेठ ६
(बैङ्कको चुक्ता पुँजी २० अर्ब रुपियाँ रहेको, जसमध्ये संस्थापक समूहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समूहको तर्फबाट ८ अर्ब रुपियाँ शेयर पूँजी रहने । सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिनाभित्र बैङ्क सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दर्ता गराउनुपर्ने व्यवस्था रहेको । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कमा नेपाल सरकारलगायत देशका विभिन्न वाणिज्य बैङ्कहरू, बीमा कम्पनी तथा निजी क्षेत्रको लगानी रहेको छ ।)
इन्फ्रास्ट्रक्चर बैङ्कको मुख्य उद्देश्य पूर्वाधार विकाससम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना निर्माण तथा सञ्चालनका लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद बिक्री वा आपूर्ति वा जडान गर्ने सम्बन्धी कारोबारका लागि प्रतीतपत्र खोल्ने तथा जमानतहरू जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक पूँजी रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजिङ कारोबार गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, विदेशी बैङ्क तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने रहेको छ ।

६१. एसियाली देशहरूको दिगो विकाससम्बन्धी सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरिएको छ ?
उत्तर
जापानको टोकियो
(नेपालसहित १९ वटा सदस्य राष्ट्र रहेको एसियाली उत्पादकत्व सङ्गठन (एपीओ) को टोकियोस्थित सचिवालयका अनुसार सम्मेलनमा प्रविधिको प्रयो गले उत्पादकत्व वृद्धि गर्ने सम्बन्धमा भएका प्रगति, चुनौती र अवसरबारे छलफल हुने बताइएको । सम्मेलनकै क्रममा एपीओको दुई वर्षे रणनीतिक यो जना कार्यशालाको पनि आयोजना हुने भएको छ ।)

६२. नेपाल र बुरुन्डीबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?
उत्तर
सन् २०१८ जुन ६
(नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १६० औं राष्ट्र)

६३. “घर नै अनुशासनको सबैभन्दा उत्तम विद्यालय हो ।” भन्ने विचारक को हुन् ?
उत्तर
एम स्माइन्स

६४. वि.सं. २०७५ मा आयोजना गरिएको आठौं राष्ट्रिय खेलकुदको नारा के हो ?
उत्तर
आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा ‘
(वि.सं. २०७४ फागुन ८ मा सार्वजनिक) (मस्कट : हात्तीको छावा)

६५. विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
उत्तर
६.३ प्रतिशत
(गत जनवरीमा गरेको आर्थिक वृद्धिको प्रक्षेपणभन्दा १.७ प्रतिशत बढाएर विश्व बैङ्कले सन् २०१८ जुनमा नयाँ प्रक्षेपण सार्वजनिक गरेको । विश्व बैङ्कका अनुसार यस वर्ष नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाकै तेस्रो उच्च हुने। ने पालभन्दा बढी दरको आर्थिक वृद्धिदर भारत (६.७ प्रतिशत) र बङ्गलादेश (६.५ प्रतिशत) ले हासिल गर्ने उसले जनाएको । सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तान (२.६ प्रतिशत) र श्रीलङ्का (३.१ प्रतिशत) को हुने विश्व बैङ्कले जनाएको ।

६६. सन् २०१८ जूनमा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको सङ्गठन ‘जी-७’ को शिखर सम्मेलन कहाँ आयोजना गरियो ?

उत्तर
क्यानडाको क्युवेक
(सन् २०१४ मा क्रिमियामाथि कब्जा गरेको भन्दै रुसलाई जी-८ देशको समूहबाट हटाएपश्चात् यो समूह जी-७ बनेको हो ।

६७. साघाई सहयोग सङ्गठन (एससीओ) का सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
उत्तर

(चीन, काजकिस्तान, कीर्गिस्तान, रुस, ताजकिस्तान, उज्वेकिस्तान, भारत र पाकिस्तान) सीमा विवादको समाधान, आतङ्कवादविरुद्ध लडाइ, क्षेत्रीय सुरक्षा वृद्धिलगायतका उद्देश्यसाथ साघाई सहयोग सङ्गठनको स्थापना सन् २००१ मा भएको हो । नेटोलाई चुनौती दिने सङ्गठनका रूपमा यस सङ्गठनलाई लिने गरिएको छ।

६८. “कठोरताभन्दा नम्रता, चट्टानभन्दा पानी र बलभन्दा प्रेम धेरै शक्तिशाली छ ।” भन्ने विचारक को हुन् ?
उत्तर
हरमन हेल

९. पर्यटकको आगमन बढाउने उद्देश्यसहित घोषणा गरिएको भ्रमण वर्ष-२०२० को आधिकारिक ‘लोगो’ कहिले सार्वजनिक गरियो ?
उत्तर
वि.सं. २०७५ जेठ २५
(जीवनकालको अनुभवका लागि नेपाल घुमौं (भिजिट नेपाल २०२० लाइफटाइम एक्सपरिएन्स) भन्ने सन्देश उल्लेखित लोगोको डिजाइन उद्धव रिमालले गरेका हुन् ।

०. सन् २०१८ जुन महिनामा प्रकाशित फिफा वरियतामा पहिलो दश स्थानमा रहन सफल राष्ट्र कुन-कुन हुन् ?
उत्तर
क्रमश : जर्मनी, ब्राजिल, बेल्जियम, पोर्चुगल, अर्ज न्टिना, स्वीट्जरल्यान्ड, फ्रान्स, पोल्यान्ड, चिली र स्पेन
(जुन ८ मा सार्वजनिक सो वरियतामा ने पाल १६१ औं स्थानमा रहेको । अन्य दक्षिण एसियाली राष्ट्रमा भारत (९७ औं), माल्दिभ्स (१५० औं), भुटान (१८३ औं), बङ्गलादेश (१९४ औं), श्रीलङ्का (२०० औं) र पाकिस्तान (२०१ औ स्थानमा रहेका ।

७१. नागढुङ्गा-नौबीसे सुरुङ मार्गको लम्बाइ कति रहेको छ ?
उत्तर
२.३५ कि.मि.
(सन् २०२१ भित्र निर्माण सम्पन्न गर्ने गरी वि.सं. २०७३ पुस ७ मा जापानसँग ऋण सम्झौता भएको हो । कुल लागत २१ अर्ब रहेको सो योजनाका लागि जापानले १५ अर्ब २८ करोड रुपियाँ ऋण सहयोग गर्ने एवं बाँकी रकम नेपाल सरकारले व्यहोर्ने । शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदरमा प्राप्त सो ऋण नेपालले ३० वर्षभित्र जापानलाई भुक्तानी गर्नुपर्ने । भुक्तानी अवधि सन् २०२७ देखि शुरु हुने र सन् २०५६ सम्ममा भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको ।)

७२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
उत्तर
सन् २०१८ जुन १२
(सिङ्गापुरस्थित होटल क्यापेलामा उनीहरूबीच भेटवार्ता भएको । अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यो पहिलो भेट भएको । भेटवार्तापश्चात् अमेरिका र उत्तर कोरियाले संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

७३. १३ औं दक्षिण एसियाली खेलकुद (साग) कहाँ आयोजना गरिने भएको छ ?
उत्तर
नेपाल
(वि.स. २०७३ मङ्सिर १८ मा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं दक्षिण एसियाली खेलकुद वि.स. २०७५ फागुन २५ देखि चैत्र ४ (सन् २०१९ मार्च ९-१८) सम्म सञ्चालन हुने मिति तय गरेको । यसअघि सन् २०१८ मा हुने भनिएको साग एक वर्षपछि धकेलिएको )

४. दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
उत्तर
नर्वेली अन्वेषक रोआल्ड एमन्डसेन
(सन् १९११ डिसेम्बर १४ मा पुगेका )

१५. नेपालमा सबैभन्दा धेरैपटक रक्त दान गरी कीर्तिमान कायम गर्ने समाजसेवी एवं रक्तदाता को हुन् ?
उत्तर
प्रेमसागर कर्माचार्य

७६. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यु.आर.कोडको पूरा रूप के हो ?
उत्तर
क्विक रेस्पोन्स Quick Response कोड

७७. आयुर्वेदमा मानिसको स्वास्थ्य रक्षाका साथै रोगीको उपचारमा प्रयोग गरिने द्रव्यहरूको स्वरूप परिचय, उपयोग, गुणकर्म आदि विवेचनासहितको सङ्ग्रहयुक्त कोषलाई के भनिन्छ ?
उत्तर
निघण्टु

७८. गैरआवासीय नेपाली सङ्घ एल्यल च्भकष्मभलतष्श्वल्भउबभिक ककयअष्बतष्यल-ल्ल को स्थापना कहिले भएको हो ? ।
उत्तर
सन् २००३ अक्टोबर ११

७९. आसियान राष्ट्रमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र इण्डोनेसिया हो भने सबैभन्दा कम जनसङ्ख्या भएको राष्ट्र कुन हो ?
उत्तर
ब्रुनाई

८०. बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट कहिले पारित भयो ?
उत्तर
वि.सं. २०७३ पुस २६ गते
लामो विवादपछि संसद्को अर्थसमितिले विधे यकमाथि दुई पटकसम्म दफावार छलफल गरी परिमार्जनसहित पेस गरेको प्रतिवेदनअनुसार संसद्ले विधेयक पारित गरेको हो। पारित विधेयकका अनुसार संवैधानिक निकायमा पदधारण गरेका व्यक्ति बैङ्क तथा वित्तीय संस्थामा सञ्चालक, सीईओ वा अध्यक्ष बन्न नपाउने व्यवस्था गरिएको ।। दुई कार्यकालभन्दा बढी सञ्चालक समिति अध्यक्ष र सीईओ बन्न नपाइने । दश वर्ष सञ्चालन भइसकेका बैङ्कको संस्थापक शेयर राष्ट्र बैङ्कको अनुमतिमा साधारण शेयरमा परिणत गर्न सकिने व्यवस्था। बीमा कम्पनीका सञ्चालक बैङ्कको सञ्चालक बन्न नपाइने । ‘घ’ वर्गका लघुवित्त कम्पनीले बैक लेख्न नपाउने बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सोही संस्थामा शून्य दशमलव ५ प्रतिशत मात्र लगानी गर्न पाउने ।

८१.आगामी तीन वर्षमा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने लक्ष्यसहित १४ औं त्रिवर्षीय योजनाको विस्तृत दस्तावेज कहिले पारित भएको हो ?
उत्तर
वि.सं. २०७३ पुस २४
तीन वर्षमा औसत ७.२ प्रतिशत आर्थिक वृद्धि, कृषि क्षेत्रमा ४.७ तथा गैरकृषि क्षेत्रमा ८,४ प्रतिशतको औसत आर्थिक वृद्धिको लक्ष्य लिइएको, त्यस्तै उद्योग र सेवा क्षेत्रमा प्रमश : १०.६ र ७.८ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षा। योजना अवधिमा कुल २४ खर्ब २५ अर्ब (निजी क्षे त्रबाट १३ खर्ब २७ अर्ब, सार्वजनिक क्षेत्रबाट नौ खर्ब ५४ अर्ब रुपियाँ तथा सहकारी क्षेत्रबाट एक खर्ब ४३ अर्ब) रुपियाँ लगानीको अपेक्षा रहेको ।

८२. नेपाल टेलिकमले दूरसञ्चार क्षेत्रमा चौथो पुस्ताको सेवाको रूपमा परिचित ‘फोरजी सेवा कहिलेदेखि सञ्चालनमा ल्याएको हो ?
उत्तर
वि.सं. २०७३ पुस १७ (१ जनवरी २०१७)

८३. जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल कति औं पक्ष राष्ट्र हो ?
उत्तर
१७७ औं
(जैविक हतियार निषेधसम्बन्धी महासन्धिलाई ने पालले वि.सं. २०७३ कार्तिक १९ मा अनुमोदन गरेको ।)

८४. नेपालमा कालो सुन भनेर चिनिने कृषि बाली कुन हो ?
उत्तर
अलैंची

८५. लिमी गाई वा लुलु गाई मुस्ताङमा पाइन्छ भने नी मुठे दूधालु गाई कहाँ पाइन्छ ?
उत्तर
अछाम र जुम्ला

८६. नेपालले विश्व फुटबल महासङ्घ (फिफा) को सदस्यता कहिले प्राप्त गरेको हो ?
उत्तर
सन् १९७३

८७. दोक्लाम घटनालाई लिई भारत र चीनबीच उत्पन्न विवादको समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?
उत्तर
सन् २०१७ अगस्ट

८८. विश्व ट्रेड युनियन महासङ्घको प्रेसिडेन्सियल काउन्सिलको बैठक सन् २०१८ मा कहाँ आयोजना गरियो ?
उत्तर
इरानको राजधानी तेहरान

८९. श्री पर्सन आईभीएफ प्रविधिमार्फत् पहिलो बच्चाको जन्म कहिले भएको हो ?
उत्तर
सन् २०१७ जनवरी ५
(आनुवंशिक असन्तुलन रहेकी महिला र अको * स्वस्थ महिलाको डिम्व सङ्कलन गरी पुरुषको शुक्राणुको सयोग गराई भ्रण तयार गरिने यो प्रविधिको प्रयोगबाट पहिलो बच्चा युक्रेनमा जन्मिएको ।)

९०. महालेखा परीक्षकबाट कानुनद्वारा निर्धारित तरिका बमोजिम कुन-कुन कुराको विचार गरी लेखा। परीक्षण गर्नुपर्ने व्यवस्था छ ?
उत्तर
नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी