ज्ञानसागर : २०७५ असार : वस्तुगत प्रश्नोत्तर

1. वि.सं. २०७५ जेठमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
उत्तर
एपीएफ क्लब
(एपीएफले उपाधिसहित २० लाख रुपियाँ प्राप्त गरेको थियो भने त्रिभुवन आर्मी क्लब उपविजेता बनेको ।)

2. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच चारबुदे सहमतिपत्रमा कहिले हस्ताक्षर भएको हो ?
उत्तर
सन् २०१८ जुन १२
(सहमतिपत्रमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको वाचा गरिएको छ । साथै, परमाणु निशस्त्रीकरणका लागि ने ताबीच सहमति भएको थियो ।

3. वि.सं. २०७५ जेठ २९ को संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा कसलाई सिफारिस गरयो ?
उत्तर
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी

4. रुसमा सञ्चालित २१ औं विश्वकप फुटबल प्रतियोगितामा कति राष्ट्रको सहभागिता रहेको छ ?
उत्तर
३२
-सन् २०१८ जून १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने प्रतियोगिता अवधिमा ६४ खेल खेलिनेछ ।
-विभिन्न ११ सहरका १२ रङ्गशालामा खेल आयोजना गरिएको,
-प्रतियोगितामा ७३६ खेलाडीको सहभागिता रहेको, कुल पुरस्कार ४० करोड डलर वितरण गरिने यस प्रतियोगितामा प्रथम हुनेलाई तीन करोड ८० लाख, उपविजेतालाई दुई करोड ८० लाख, तृतीय हुनेलाई दुई करोड ४० लाख, चतुर्थ हुनेलाई दुई करोड २० लाख, क्वाटरमा पराजित हुनेलाई एक करोड ६० लाख, प्रिक्वाटरमा पराजित हुनेलाई एक करोड २० लाख र समूह चरणमा हार्नेलाई ८० लाख डलर प्रदान गरिनेछ।
-प्रतियोगितामा सहभागी ३२ राष्ट्रयुरोपः
रुस, बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड,आइसल्यान्ड, सर्विया, फ्रान्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क एसिया/अष्ट्रेलियाः इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया अफ्रिकाः नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्को उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका र पनामा दक्षिण अमेरिकाः ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्विया र पेरु,

5. रुस विश्वकपको पहिलो गोल गर्ने खेलाडी को हुन् ?
उत्तर
रुसी मिडफिल्डर युरी गाजिन्स्की
(सन् २०१८ जून १४ मा भएको उद्घाटन खेल (रुस र साउदी अरे बियाबीच भएको) मा उनले सो गोल गरे । उद्घाटन खेलमा रुस ५-० गोल अन्तरले विजयी भयो ।

6. सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?
उत्तर
अमेरिका, क्यानडा र मेक्सिको (संयुक्तरूपमा)
(सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहनेछन् ।

7. यो आत्मविश्वास राख्नु, तिमी पृथ्वीको सबैभन्दा बढी आवश्यक मनुष्य हो ।” भन्ने विचारक को हुन् ?
उत्तर
याक्सिम गोर्की

8. हिउँ चितुवा पाइने विभिन्न राष्ट्रका वन, वातावरण र जलवायु परिवर्तन मन्त्रीहरूको सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
उत्तर
किर्गिस्तानको विस्केक
-सन् २०१८ जुन १४ र १५ मा आयोजित सो सम्मेलनमा हिउँ चितुवाको संरक्षण र अनुसन्धानमा सक्रिय अन्तर्राष्ट्रिय संस्थाका आधिकारी, विज्ञ र दातृ निकायका अधिकारीसमेत सहभागी भएका थिए ।
-जन्तु हिउँ चितुवा पाइने मुलुकका मन्त्री र अन्य सरकारी अधिकारी संलग्न ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रो ग्राम’ (जीएलएसपी) को तेस्रो सम्मेलनमा प्राकृतिक वासस्थानमा हिउँ चितुवाको सङ्ख्या पहिचानका लागि गणना विधि बनाउने, एक अको * मुलुकबीच समन्वय र हातेमालो बढाउने विषयमा समेत छलफल भएको थियो।
– गतवर्ष काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनपश्चात् नेपाल जीएलएसपीको अध्यक्ष राष्ट्र बनेको हो ।
-यसअघि हिउँचितुवा पाइने विभिन्न १२ मुलुकले आ-आफ्ना मुलुकका विभिन्न स्थानलाई समेटेर २३ वटा भू–परिधि क्षेत्र पहिचान गरेका थिए ।
-नेपालसहित अफगानिस्तान, भुटान, चीन, भारत, काजकिस्तान, किर्गिस्तान, मङ्गोलिया, पाकिस्तान, रुस, ताजकिस्तान, उज्वेकिस्तानमा हिउँ चितुवाको चहलपहल हुने गरेको छ।

9. नेपालको कुन ठाउँमा हिउँ चितुवा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ ?
उत्तर
ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र

10. “म आकाशीय पिण्डको गति गणना गर्न सक्छु तर मान्छेको पागलपनको गणना भने कुनै हालतमा सक्दिनँ ।” भन्ने भनाइ कसको हो ?
उत्तर
आइज्याक न्युटन, वैज्ञानिक

11. प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमणका सन्दर्भमा कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो ?
उत्तर
वि.सं. २०७५ असार ५

12. वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन कहिले भएको हो ?
उत्तर
वि.सं. २०७५ असार ४
-२०१० साल पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मनुभएका डा. देवकोटाले लामो समयसम्म वीर अस्पतालमा न्युरो सर्जन भएर काम गर्नुभएको थियो । करिब २५ वर्ष वीर अस्पतालमा सेवा गर्नुभएका डा.देवकोटाको नेतृत्वमा वीरमा सन् १९८९ मा स्नायु शल्यचिकित्सा विभाग स्थापना भएको थियो । सात महिना स्वास्थ्य मन्त्रीसमेत हुनुभएका देवकोटाले वीरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)) स्थापना गर्नुभएको हो । एसियाकै अब्बल न्युरो सर्जन डा. देवकोटाले करिब ३६ वर्ष लामो चिकित्सा सेवामा झण्डै ३५ हजार व्यक्तिको शल्यक्रिया गर्नुभएको थियो ।
13. सन् २०१८ जूनमा कोलम्बियामा भएको राष्ट्रपतिको निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
उत्तर
इभान डुके।
(विद्रोहीहरूप्रति अनुदारवादी नेताका रूपमा चिनिने डुके सन् २०१६ मा फार्क विद्रोही समूहसँग भएको शान्ति सम्झौताको पुनर्लेखन हुनुपने * पक्षमा रहँदै आउनुभएको छ।)

14. अन्तर्राष्ट्रिय सञ्चार प्रविधि सम्मेलन काठमाडौंमा कहिले सम्पन्न भयो ?
उत्तर
वि.सं. २०७५ असार २-३
(स्मार्ट समाजका लागि दिगो विकास लक्ष्य नाराका साथ सञ्चार प्रविधि सम्मेलन सम्पन्न भएको । )

15. नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
उत्तर
वि.सं. २०७५ असार २ (सन् २०१८ जुन १६)
(नेपाल र भारत सरकारबीच सन् २०१६ को डिसेम्बर २०-२१ मा सम्पन्न हवाई सेवा सम्झौता वार्तामा प्राविधिकस्तरमा वार्ता गरी हवाई प्रवेश विन्दुबारे टुङ्गोमा पुग्ने सहमति भएको थियो )

16.सरकारद्वारा मनाउन लगिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
उत्तर
गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए)
17. राजधानीलगायत नेपालका विभिन्न भागमा धमिलो वर्षा कहिले भएको हो ?
उत्तर
वि.सं. २०७५ असार १
भारतीय मरुभूमिको धुलोका कर्णसहित अरब सागर र भूमध्यसागरबाट तीव्र गतिमा आएको हावा नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हुनाले हिले र पहेलो वर्षा भएको मौसमविद्ले जनाएका छन् । भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा भित्र्याएको धुलोको कर्णलाई वषलि पखाल्दा यस्तो प्रभाव देखिन पुगेको हो । राजस्थान आसपासको मरुभूमिमा अझै पनि हुरी चलिरहेको र धुलो मिश्रित वायु पूर्व सर्ने क्रम जारी रहेकाले हिलाम्य वर्षाको प्रभाव दोहोरिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिलाम्मे वर्षा भारत, पाकिस्तान र बङ्गलादेशमा पनि भएको बताइएको छ । वायुमण्डलमा गाडी र औद्योगिक कलकारखानाबाट निस्किने प्रदूषणको मात्रा उच्च भएको वेला वर्षा भयो भने त्यसले स्वास्थ्य र बोटविरुवालाई असर पुयाउन सक्ने तर अहिलेको वर्षा त्यस्तो विषाक्त नभएको विज्ञले बताएका छन् ।

18."मस्तिष्क नै त्यो भूमि हो, जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्छ।” भन्ने विचारक को हुन् ?
उत्तर
जोन मिल्टन

19. मधुपर्क सम्मान-२०७५ बाट कसलाई सम्मान गरियो ?
उत्तर
शिवगोपाल रिसाल र कञ्चन पुडासैनी

20. वान बेल्ट वान रोड (ओबीओआर) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिद्वारा कहिले हस्ताक्षर गरियो ?
उत्तर
वि.सं. २०७४ वैशाख २९
(ओबीओआर परियोजनामा हस्ताक्षर गर्ने सम्बन्धमा वि.सं. २०७४ वै शाख २५ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।)

21. वि.स. २०७४ भदौ २९ मा मनाइएको बाल दिवसको नारा के हो ?
उत्तर
बालमैत्री शासन : बालअधिकारको सम्मान

22. वि.सं. २०७४ मा सबैभन्दा सफा शहरका रूपमा घोषित नेपालको शहर कुन हो ?
उत्तर
धनकुटा
(द्वितीय : इलाम र तृतीयः हेटौंडा)

23. नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद्को अधिवेशन कुन हो ?
उत्तर
वि.सं. २०७३ वैशाख २१ देखि वि.सं. २०७४ जेठ ४ सम्म चलेको अधिवेशन
(३८१ दिनसम्म चलेको अधिवेशन)

24. 'सेम डे टुरिष्ट' भन्नाले के बुझिन्छ ? ।
उत्तर
एक रात बास नबस्ने अर्थात् जुन दिन आयो त्यसै दिन फर्किने पर्यटक

25. नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?
उत्तर
महावीर पुन

26. संयुक्त अरब इमिरेट्स (युएई) ले औपचारिक रूपमा काठमाडौंमा आफ्नो राजदूतावास कहिले स्थापना गयो ?
उत्तर
वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)
(राजदूतावास स्थापनासँगै अब युएईको भ्रमण, रोजगारी तथा व्यापार गर्न त्यहाँ जाने नेपाली नागरिकलाई सजिलो भएको छ । हाल युएईमा दुई लाखको हाराहारीमा नेपालीहरू विविध क्षेत्रमा कार्यरत छन् । युएईले यसअघि भारतको नयाँदिल्लीस्थित दूतावासबाट नेपालसम्बन्धी काम हेर्ने गथ्र्यो । राजदूतावास स्थापना गरी सेवा सुरुवात भएसँगै दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास लिइएको छ । नेपाल र युएईबीच सन् १९७७ जनवरी २२ मा दौत्य सम्बन्ध कायम भएको थियो ।

27. पृथ्वीको वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा कति रहेको छ ?
उत्तर
शून्य दशमलव ३ प्रतिशत

28. नेपालको कुन स्थानमा चमेरा संरक्षण केन्द्र रहेको छ ?
उत्तर
देवानगढिया,

29. कपिलवस्तु प्रस्तावित गगनपुर अन्तरिक्ष वस्तीका योजनाकार सुशान्त खड्का हुन् भने मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
उत्तर
लुजेन्द्र ओझा

30. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को धाराले दिएको छ
उत्तर
नेपालको संविधान (२०७२) मा मौलिक हकअन्तर्गत धारा ३१

31.सन् २०१७ जुन २४ मा टर्कीमा भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित हुने उम्मेदवार को हुन् ?
उत्तर
रेसेप ताइप एदोगान ।

32. झण्डै साढे दुई दशकपश्चात् पुरुष नर्सिङको पढाइ कहिलेदेखि सञ्चालन गरिने भएको छ ?
उत्तर
आ.व. २०७५/७६
नेपाल नर्सिङ परिषदले आ.व. २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सम्पूर्ण कलेजमा कुल विद्यार्थीमध्ये १५ प्रतिशत कोटा पुरुषका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । वि.सं. २०४६ मा त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भई चार व्याचसम्म सञ्चालन भएको थियो।

33. "जबसम्म तिमी रोकिन्नौं, त्यतिखेरसम्म तिमी कति ढिलो हिडिरहे का छौं भन्ने कुराले केही फरक पार्दैन ।” भन्ने विचारक को हुन्
उत्तर
कन्फ्युसियस, चिनियाँ दार्शनिक

34. सन् २०१८ जुनमा जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?
उत्तर
काठमाडौं ।
वि.सं. २०७५ असार ४-६/सन् २०१८ जुन १८-२०) विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका झण्डै १२ राष्ट्रका दुई सयभन्दा बढी विज्ञ सहभागी सम्मेलन विपद् जोखिम न्यूनीकरणका लागि घोषित विश्वव्यापी कार्य संरचनाको प्राथमिकतालाई क्रमैसँग कार्यान्वयन गर्न कार्ययो जना तयार गर्दै सम्पन्न भएको । गोरखा भूकम्पको २५ वर्षभित्र अर्थात् सन् २०४० भित्र सम्पादन गर्नुपर्ने गरी विपद् जोखिम न्यूनीकरणका नयाँ कार्यक्रमको विकास गरी कामको प्राथमिकीकरण र कार्यान्वयन गर्ने कुरामा सम्मे लनको जोड रहेको थियो । साथै विद्यमान संरचनालाई विपद्बाट जोगाउन सन् २०३५ सम्म नेपालमा रहेका ५० प्रतिशत स्कूल, स्वास्थ्य संस्था तथा सार्वजनिक भवनको प्रबलीकरण गर्ने सम्मेलनको निष्कर्ष रहेको थियो।

35. अमेरिकाले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?
उत्तर
सन् २०१८ जुन १९

36. राष्ट्रिय कविता महोत्सव, २०७५ मा प्रथम हुन सफल कवि को हुन् ?
उत्तर
फूलमान बल
कवि बलको ‘इन्द्रेणीको गीत’ नामक कविता प्रथम भएको । त्यस्तै, सुनिता खनाल (कविताः श्यामश्वेत फोटो) द्वितीय र एलिना दुलाल (कविताः लाहुरेकी स्वास्नी), जीवन खत्री (कविताः एउटा अर्को प्यास) तथा मेनुका चापागाई (कविताः बिराएछ बाटो) तृतीय भएको । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवको अवसरमा २०७५ असार ९ मा आयोजित कविता महोत्सवमा प्रतियोगिताका लागि २२७ जना कवि-कवयित्रीको कविता प्राप्त भएकोमा ३६ जनाको कविता छनोट भएको ।

37. "शिक्षाको जरो तीतो हुन्छ तर फल चाहिँ मीठो हुन्छ।" भन्ने विचारक को हुन् ?
उत्तर
अरस्तु

38. भूमिसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यका साथ कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले 'भूमि सुशासन' नामक एप्स कहिले सार्वजनिक गरयो ?
उत्तर
वि.सं. २०७५ असार १०

39. साउदी अरबमा त्यहाँका महिलाले आफैं सवारीसाधन हाँक्न पाउने व्यवस्था कहिले भएको हो ?
उत्तर
सन् २०१८ जुन २३
(जुन २३ को राति शाही घोषणामार्फत महिलाले पनि सवारीसाधन चलाउन पाउने अधिकार दिइएको । उनीहरूले जुन २४ बाट सवारीसाधन चलाउन पाउने भएका छन् ।

40. विश्वकप खेल्ने हालसम्मकै पाका फुटबल खेलाडी को हुन् ?
उत्तर
इजिप्टका गोलकिपर इसाम एल हदारी
(रुसमा आयोजित विश्वकप फुटबलमा साउदी अरेबियाविरुद्धको खेलमा उहाँ (४५ वर्ष एक सय ६१ दिन) मैदानमा उत्रिनुभयो । यसअघि सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फ्रायड मोन्ड्रागनको नाममा थियो । उहाँ ४३ वर्षको हुँदा सन् २०१४ को विश्वकप खेल्नुभएको थियो ।

41.सन् २०१८ मा अन्तर्राष्ट्रिय गभर्नर्स सम्मेलनको आयोजना कहाँ गरिएको छ ?
उत्तर
काठमाडौं (वि.सं. २०७५ असार १३-१५)
(नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित सो सम्मेलनले सार्क स्तरीय केन्द्रीय बैङ्कहरूको सहकार्य र समन्वयलाई बल दिने साथै क्रसबोर्डर भुक्तानी तथा फछ्यौटमा दिशा दिने विश्वास गरिएको

42. कसैले सार्वजनिक स्थानमा वा अरू मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गरेमा वा कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा के-कस्तो सजाय हुने व्यवस्था छ ? ।
उत्तर
एक वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय
(मुलुकी अपराध (संहिता) ऐन,२०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको, जुन २०७५ भदौ १ बाट कानुनका रूपमा लागू हुनेछ ।)

43. विश्व सङ्गीत दिवस कहिले मनाउने गरिन्छ ?
उत्तर
जुन २१

44. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको छ दिने औपचारिक भ्रमण कहिले सम्पन्न भयो ?
उत्तर
वि.सं. २०७५ असार ५ देखि १० गतेसम्म ।
भ्रमणका क्रममा नेपाल र चीनबीच ऊर्जा, सिँचाइ, सिमेन्ट र फलफूल उद्योगसहित पस्मिना खरिदलगायतका विभिन्न आठ परियोजनाबारे महत्त्वपूर्ण सम्झौता भए। सम्झौता भएका अन्य विषयमा नेपालको कार्गो यातायात सेवाका लागि नेपाल-तिब्बत सीमामा आठवटा नाका प्रयोगसम्बन्धी प्रोटो कलसमेत रहेको छ । त्यस्तै, चीनको ल्हासा हुँदै केरुङ, रसुवागढी विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र चिनियाँ सहकक्षी ली सियो पित्रीच जून २० मा हस्ताक्षर भएको छ । करिब नौ सय मेगावाटका विभिन्न चार विद्युतीय आयोजना निर्माणबारे चिनिया पक्षसँग सम्झौता भएको छ। छ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी -२, १६४ मेगावाटको कालीगण्डकी गर्ज, ७५ मेगावाटको त्रिशुली गल्छी र ४० दशमलव २७ मेगावाटको सुपर न्यादी विद्युतीय परियोजनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको ऊर्जा एजेन्सीका प्रमुख नुर वाइकेलीबीच जुन २० मा सम्झौतामा हस्ताक्षर भएको छ। दुवै मुलुक जोड्ने गल्छी–रसुवागढी–केरुङ चार सय केभी अन्तरदेशीय प्रशारण लाइन निर्माण सम्बन्धमा समझदारी भएको छ । समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङ र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाका प्रतिनिधिबीच जुन २० मा हस्ताक्षर भयो । धादिङमा दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी हुवासिन सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र सो सिमेन्ट उद्योगबीच हस्ताक्षर भएको छ। १४ अर्ब ४० करोड लगानीमा स्थापना हुने सिमेन्ट उद्योगमा एक हजार नेपालीले रोजगारीको अवसर पाउने बताइएको छ। न्यूनतम दुई लाखदेखि पाँच लाख थान पस्मिना खरिद गर्नेबारे पनि जुन २० मा नेपालले चिनियाँ पक्षसँग सम्झौता गरेको छ । दुई देशबीच जुन २१ मा रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको छ ।

45. “सत्य बोल्नु महान् क्रान्तिकारिता हो ।” भन्ने विचारक को हुन् ?
उत्तर
एन्टोनियो ग्राम्स्की, इटालेली लेखक तथा राजनीतिज्ञ

46. २०७४ को उत्कृष्ट जिल्ला समन्वय समिति कुनलाई घोषणा गरियो ?
उत्तर
दैलेख

47. वि.सं. २०७४ साउनमा दक्षिण एसियाली महिला सम्मेलन कहाँ सम्पन्न भएको हो ?
उत्तर
काठमाडौं (२०७४ साउन २२-२३)

48. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रशारण गर्ने गरिएको छ ?
उत्तर

49. नेपालमा गृह मन्त्रालयले कति जातिलाई अल्पसङ्ख्य क भनी तो केको छ ?
उत्तर
९८ (वि.सं. २०७४ वैशाख ८)

50. प्रमुख पर्यटकीय गन्तव्यहरू एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?
उत्तर
वेलकम नेपाल
(नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)

51. मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतको निर्णयअनुसार काठमाडौ –तराई द्रुतमार्ग निर्माणको जिम्मा कसलाई दिइएको छ ?
उत्तर
नेपाली सेना

52. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिले देखि शुरु गर्ने निर्णय गरेको हो ?
उत्तर
वि.सं. २०७४ साउन १ ।
(वैदेशिक व्यापारलाई प्रवर्द्धन गरी निकासी पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत बनाई व्यावसायिक कारोबारमा प्रयोग हुने कागजातको सङ्ख्यालाई घटाउने उद्देश्यले सङ्केत नम्बर लागू गर्न लागिएको भन्सार विभागले जनाएको छ ।

53. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बॉगिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
उत्तर
प्रकाशको आवर्तन (फरक माध्यममा प्रकाशको गति फरक-फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)

54. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङ्गको किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
उत्तर
प्रकाश विच्छेदन

55. औंसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
उत्तर
शुक्ल पक्ष (चष्नजत ज्वा) ।
(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष (म्बचप उi) भनिन्छ। शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भागक्रमशः बढ्दै जान्छ भने कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।

56. भक्तपुरमा निर्माण गर्न थालिएको चिडियाखानाको शिलान्यास कहिले भएको हो ?
उत्तर
वि.सं. २०७३ असार ९

57. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुआत कहिलेबाट हुन थालेको हो ?
उत्तर
वि.सं. २०७२ मङ्सिर १६
(विद्युतीय हस्ताक्षरको यथोचित प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई सुरक्षित, विश्वसनीय र सहज बनाउन सके सुशासन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। डिजिटल हस्ताक्षरलाई सरकारी स्तरमा लागू गर्न अन्तर्राष्ट्रिय वित्त निगम र विश्व बैंकको सहयोग रहेको छ ।

58. नेपालको वर्तमान संविधानअनुसार 'सङ्घीय' एकाइ' भन्नाले के बुझिन्छ ? ।
उत्तर
सङ्घ, प्रदेश र स्थानीय तह

59. निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको छ ?
उत्तर
प्रत्येक दश वर्षमा
(नेपालको निजामती सेवामा आरक्षणको व्यवस्था निजामती सेवा नियमावलीमा दोस्रो संशोधन गरी वि.सं. २०६४ देखि प्रारम्भ गरिएको ।)

60. युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्वमार्फत शान्तिपूर्ण, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने परिकल्पनाका साथ नेपाल सरकारद्वारा ल्याइएको युवासम्बन्धी रणनीतिक योजना कुन हो ?
उत्तर

61. महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कति वर्षे कार्ययोजना अघि सारेको छ ?
उत्तर
६ वर्षे (वि.सं. २०७४-२०८०)
(कार्ययोजनाले सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयतामा अभिवृद्धि हुने, सरकारी कोषको अधिकतम सदुपयोग हुन गई मुद्राको सार्थकता सुनिश्चित हुने र देशको शासकीय व्यवस्थामा अनियमितता, खराब प्रवृत्तिसँग जुध्नसक्ने क्षमता वृद्धि हुने लगायतका लक्ष्य लिएको ।)

62. नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नवौं बैठक कहिले सम्पन्न भयो ?
उत्तर
वि.सं. २०७५ असार १५-१६

63. वि.सं. २०७५ असार १५ मा मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा के हो ?
उत्तर
धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि

64. नकारात्मक सोचलाई सकारात्मक सोचले प्रतिस्थापन गरेपछि सकारात्मक नतिजा देखिन थाल्छ ।” भन्ने भनाइ कसको हो ?
उत्तर
विन्नी नेल्सन, अमरिकी गायक

65. मित्रराष्ट्र बङ्गलादेशसँग दोहोरो करमुक्ति सम्झौता (डिटिएए) का लागि मन्त्रिपरिषद्बाट कहिले स्विकृति प्रदान गरिएको हो ?
उत्तर
वि.सं. २०७५ असार १४ (सन् २०१८ जून २८)
बङ्गलादेशले करिव ६ वर्षअघि नै नेपालसँग दोहोरो करमुक्ति सम्झौता गर्न प्रस्ताव गरेको थियो । डिटिएए सम्झौतापश्चात् लगानीकर्ताले एउटा मुलुकमा कर तिरेपछि अर्को मुलुकमा सोही प्रकृतिको कर तिर्नु पर्दैन । २०७१ माघमा दुवै मुलुकबीच डिटिएए गर्ने समझदारी भइसके को छ। दोहोरो करमुक्त सम्झौताका धेरै प्रावधानमा आपसी समझदारी भइसकेकाले अब छिटै हस्ताक्षर हुने बताइएको छ ।

66. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?
उत्तर
दोहोरो कर मुक्ति सम्झौता ९म्ल
(एक आय वर्षमा आफू बासिन्दा रहेको देशमा बसोबासका आधारमा तथा लगानी गरेको देशमा आयको स्रोतको आधारमा कर तिर्नुपर्ने हुनसक्छ । यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानुनद्वारा अर्को देशमा तिरेको कर मिलान गर्न पाउने वा यस्तो कर खर्च लेख्न पाउनेजस्ता व्यवस्था गरिएको हुन्छ। करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।

67. नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
उत्तर
वि.सं. २०७५ असार १४
निगमले खरिद गरेका दुई वाइड बडी जहाज (ए ३३०-२००) मध्ये पहिलो जहाज काठमाडौं ओर्लिएको । नाइन एन ए एलवाई कलसाइन रहेको सो जहाजका हरेक सिटमा भिडियो हेर्न सकिने डिस्प्ले पनि जडान गरिएको । हरेक विमानलाई नेपाली विशेषता झल्काउने नाम दिदै आएको निगमले यसलाई ‘अन्नपूर्ण’ नाम दिएको । अर्को वाइडबडी जहाज डेढ महिनाभित्र नेपाल ल्याउने योजना रहेको ।

68. सरकारले योजनाबद्ध ढङ्गले विद्युत् प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण प्रणाली विकास गुरुयोजना कहिले सार्वजनिक गरयो ?
उत्तर
वि.सं. २०७५ असार १७
नदी बेसिनका आधारमा पाँच प्रसारण हव बनाई सन् २०४० सम्मको विद्युत् उत्पादन तथा आवश्यक प्रशारण प्रणालीको ले खाजोखा गरेर प्रसारण लाइन र सव स्टेशन निर्माणको गुरुयो जना सार्वजनिक गरेको । गुरुयोजनामा महकाली नदी, पश्चिम सेती र कर्णाली करिडोर जो न-१, भेरी नदी करिडोर जोन -२, कालीगण्डकी र मस्र्याङ्दी करिडोर जोन-३, त्रिशूली, चिलिमे, खिम्ती, तामाकोशी करिडोर जोन -४ र कोशी, अरुण र कावेली करिडोर जोन-५ उल्लेख। उत्तर छिमेकी देश चीन र दक्षिण छिमेकी देश भारत जोड्ने गरी । क्रमश : उत्तरतर्फ २ र दक्षिणतर्फ ६ अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि करिब ७ खर्ब ८२ अर्ब लगानी हुने गुरुयोजनामा उल्लेख सरकारले सन २०४० सम्म करिव ४० हजार मेगावाट विद्युत उत्पादन हुने र आन्तरिक खपतसमेत २० हजार मेगावाट हुने लक्ष्य राखेको। सन् २०४० सम्म ४२ वटा ४०० केभी एवं ३८ वटा २२० के भी क्षमताका प्रशारण प्रणाली जोड्ने आधार स्टेशनसमेत निर्माण गरिने ।

69. चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्बाट कहिले निर्णय गरिएको हो ?
उत्तर
वि.सं. २०७३ फागुन ३ चितवनको
शक्तिखोरमा एक हजार ७४१ विघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको। औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको । साथै वातावरण प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया सुरु गरिएको । वातावरणमैत्री र पार्कसहितको औद्योगिक क्षेत्रभित्र अपार्टमेन्ट, विद्यालय, खेलमैदान तथा अस्पताल पनि निर्माण गरिने बताइएको

70. स्थापना भएको लामो समयपश्चात् भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा शक्ति मिनिरल्स प्रा.लि.द्वारा उद्योग निर्माणको सुरुवात कहिले गरियो ?
उत्तर
वि.सं. २०७५ असार १४
(४० करोड रुपियाँ लागतमा निर्माण हुने सो उद्योगले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यकपर्ने पलक्स उत्पादन गरी विदेश निकासी गर्ने जनाएको। स्वदेशी कच्चा पदार्थबाट पलक्स उत्पादन गर्न लागेको शक्ति मिनिरल्स नेपालको पहिलो उद्योग हो ।

71. प्रदेश नं ५ को प्रदेशसभाद्वारा गठित विषयगत समिति कति छन् ?
उत्तर

प्रदेशसभाका ६ विषयगत समिति, सार्वजनिक लेखा समिति, भीतिक पूर्वाधार तथा विकास समिति, वन तथा वातावरण समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास र कृषि समिति ।

72. पाँच नम्बर प्रदेश सरकारले प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकलाई राहत तथा क्षतिपूर्ति सम्बन्धमा के व्यवस्था गरेको छ ?
उत्तर
प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारले प्रतिव्यक्ति रु. एक लाख र घाइतेको उपचार सरकारले गरिदिने
(वि.सं. २०७५ असार १४ को मन्त्रिपरिषद् बैठक (प्रदेश पाँच) ले राहत तथा क्षतिपूर्ति प्रदान गर्ने मापदण्ड तर्जुमा गरेको ।)

73. "शत्रुको पनि गुण ग्रहण गर, गुरुको अवगुण त्यागिदेउ ।” भन्ने विद्वान् को हुन् ?
उत्तर
चाणक्य

74. "पुस्तक नभएको घर र झ्याल नभएको कोठा समान हुन्छ ।” भन्ने भनाइ कसको हो ?
उत्तर
होरेर म्यान

75. वि.सं. २०७५ मा प्रदान गरिने मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?
उत्तर
भवानिश्वर गौतम
(शिक्षा पत्रकार सञ्जाल ‘इजोन’ का अध्यक्ष एवं नयाँ पत्रिकाका पत्रकार ।

76. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गतवर्ष अमेरिका प्रवेशमा रोक लगाइएका ६ मुस्लिमसहित ८ राष्ट्र कुन-कुन हुन् ?
उत्तर
सिरिया, लिविया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र मॅनेजुयला
(ट्रम्पद्वारा ती राष्ट्रलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध अमेरिकी सर्वोच्च अदालतले सन् २०१८ जूनमा सदर गरिदिएको ।)

77. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, नियति बढाउनजस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
उत्तर
क्याक्स होलीडे

78. यच चष्लष्लन एबिलभतु कुन संस्थासँग सम्बन्धित छ ?
उत्तर
विश्व वन्यजन्तु कोष ९०

79. अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगितामा पहिलो गोल गर्ने ने पाली खेलाडी को हुन् ?
उत्तर
वाई बी. घले ।

80. सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलीय पिण्डको सतहबाट परावर्तन हुने प्रकाशको भाबिअतष्खभ एयधभच लाई के भनिन्छ ?
उत्तर
अलविडो ।

81. दुई वा दुई भन्दा बढी तत्त्वबीच रासायनिक प्रतिक्रिया भई बने का पदार्थलाई के भनिन्छ ?
उत्तर
यौगिक

82. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाणलाई के भनिन्छ ?
उत्तर
एकाइ
(भौतिक परिमाणका एकाइलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।)

83. महालेखा परीक्षक कार्यालयले वि.सं. २०७५ असारमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७३/७४ को बेरुजु रकम कति रहेको छ ?
उत्तर
रु.१ वर्ष २० अर्ब २१ करोड ।
(लेखा परीक्षण समयमा नहुँदा र वित्तीय अनुशासन कायम हुन नसक्दा बेरुजुको दर बढेको देखिएको ।)

84. सरकारद्वारा वितरण गर्न थालिएको राष्ट्रिय परिचय पत्रमा कति औंलाको 'फिङ्गर प्रिन्ट' लिनुपर्ने प्रावधान तय गरिएको छ ?
उत्तर
दश औंला
परिचयपत्रमा व्यक्तिगत र जैविक (वायोमेट्रिक) गरी दुईवटा विवरण इन्ट्री गरिने । सुरुमा व्यक्तिगत विवरण इन्ट्री गरिसकेपछि सम्बन्धित व्यक्तिलाई बोलाई जैविक विवरण इन्ट्री गर्दै परिचय वितरण गरिने । परिचयपत्रमा राखिने ‘सेक्युरिटी फिचर (सुरक्षण चिह्न) सम्बन्धमा २०७४ पौष १३ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको । कार्डको भित्र र बाहिरपट्टि क्रमशः सगरमाथा र नेपालको मानचित्र अङ्कित रहेको । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार परिचयपत्र वितरणका लागि पहिलो चरणमा सिंहदरबार र पाँचथरमा विवरण सङ्कलन तथा डाटा इन्ट्रीको कार्य भइरहेको। परिचयपत्र दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा वितरण गरिने व्यवस्थापन केन्द्रले जनाएको । वि.सं. २०७१ माघ २२ गतेको मन्त्रिपरिषद् बैठकले परिचयपत्रको नमुना र २०७४ असार ८ को मन्त्रिपरिषद् बैठकले ‘ले आउट’ पारित गरेको । मन्त्रिपरिषद्को २०६७ असार १६ को निर्णयअनुसार छुट्टै निकायका रूपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको ।

85. हेफर इन्टरनेसनल नेपालले स्वर्णिम प्रतिभा पुरस्कार कसलाई प्रदान गयो ?
उत्तर
कमला भण्डारी (गुल्मी)
(पुरस्कार राशि रु. ७० हजार)

86. तनहुँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहे को छ ?
उत्तर
१४० मे.वा.
(आयोजनाको व्यापारिक उत्पादन सुरु वि.स. २०८० चैत्रसम्म हुने बताइएको ।

87. वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने किसान को हुन् ?
उत्तर
गोरखा पालुङटारका राजेन्द्रराज पन्त,
गाईपालनमा उच्च सफलता हासिल गरेवापत (पुरस्कार राशि : रु. २ लाख)

88. वि.स. २०७५ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
उत्तर
वसन्तकुमार शर्मा नेपाल ।

89. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
उत्तर
वि.सं. २०७३ वैशाख २०

90. सबैभन्दा बढी औसत आयु भएको सार्क राष्ट्र कुन हो ?
उत्तर
माल्दिभ्स (७७ वर्ष) ।
(सबैभन्दा कम औसत आयु भएको सार्क राष्ट्र : अफगानिस्तान-६० वर्ष) ।

91. सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
उत्तर
चार

92. वि.स. २०७३ पौष महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?
उत्तर
वि.स. २०७२-२०८७

93. प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजना रमहान्यायाधिवक्ता कार्यालयको समन्वयमा सञ्चालित प्रभावकारी अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलको पहिलो प्रदेश सम्मेलन कहिले सम्पन्न भयो ?
उत्तर
वि.सं. २०७५ असार २२-२३

94. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?
उत्तर
जुलाई महिनाको पहिलो शनिबार
– सन् २०१८ जुलाई ७ मा मनाइएको ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको मूल नारा/अवधारणाः दिगो उपभोग र उत्पादन रहेको । ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवस र २५ औं राष्ट्रिय सहकारी महासङ्घ दिवसका अवसरमा यस वर्ष राष्ट्रिय सहकारी महासङ्घले चितवनस्थित जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. लाई उत्कृष्ट सहकारी घोषणा गरेको । त्यस्तै, सो अवसरमा प्रत्येक प्रदे शका एक/एक सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको, जसअनुसार प्रदेश १ बाट झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, प्रदेश २ बाट साना किसान कृषि सहकारी संस्था, प्रदेश ३ बाट मन्थली बचत तथा ऋण सहकारी संस्था, गण्डकी प्रदेशबाट सीवाईसी वचत तथा ऋण सहकारी संस्था, प्रदेश ५ बाट पञ्चनगर महिला कल्याण सहकारी संस्था, कर्णाली प्रदे शबाट जनसेवा कृषि सहकारी संस्था र प्रदेश ७ बाट सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था कैलाली पुरस्कृत भएको । उत्पादनतर्फ चितवनको भण्डारा दुग्ध उत्पादन सहकारी उत्कृष्ट भएको।। नेपालको अर्थतन्त्रका तीन आधार स्तम्भमध्ये एक सहकारी क्षेत्रले करिब साढे दुई लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको र कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतको योगदान दिएको। आ.व. २०७३/७४ को तथ्याङ्कअनुसार सहकारी संस्थाको कुल शेयर पूँजी ७३ अर्ब १७ करोड, निक्षेप दुई खर्ब दुई अर्ब १६ करोड र ऋण दुई खर्ब ७३ अर्ब ७१ करोड रुपियाँ रहेको । ६३ लाख नेपाली कुनै न कुनै सहकारी संस्थामा आबद्ध रहेका ।

95.. 'भीएआर' को पूरा रूप के हो ?
उत्तर
भिडियो असिस्टेन्ट रेफ्री
भिडियो फुटेज हेरेर खेलको समीक्षा (रि) गर्न प्रयोग गरिने प्रविधि।गोल भएको हो कि होइन भनी बुझ्न, पेनाल्टीको निर्णय लिनुपर्दा, रेड कार्ड देखाउने अवस्था आउँदा, रातो र पहेलो कार्ड पाउनुपर्ने व्यक्ति ठम्याउन भीएआर प्रयोग गरिने । विश्वकपमा पहिलोपल्ट सन् २०१८ को रुस विश्वकपमा भीएआर प्रयोग (स्पेन र पोर्चुगलको खेलमा) गरिएको । – यो पद्धतिअन्तर्गत मुख्य रेफ्रीले भिडियो फुटेज हेरी खेलको रिभ्भु गर्न सक्ने।

96. विश्वको सर्वोच्च फुटबल संस्था फिफाले विश्वकपमा खेल्ने राष्ट्र कति पुयाउने निर्णय गरेको छ ?
उत्तर
४८
– हाल ३२ राष्ट्र विश्वकपमा सहभागी हुँदै आएका ।

97. फिफाले सन् २०१७ जनवरी १० मा थप १६ राष्ट्रलाई स्थान दिने निर्णय गरेपश्चात् विश्वकप फुटबलमा ४८ टिम हुने भएको ।
उत्तर
यो निर्णयअनुसार अफ्रिका र एसियालाई बढी फाइदा पुग्ने बताइएको ।

98. सरकारले पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग कहिलेदेखि २४ सै घण्टा खुलाउने निर्णय गरेको हो ?
उत्तर
वि.सं. २०७५ साउन १५

99. वि.सं. २०७५ वैशाख दोस्रो हप्ता नेपालको कुन ठाउँमा वर्डफ्लु भाइरस देखापरयो ?
उत्तर
चितवन
यसअघि २०७० सालमा यो जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेका थिए। कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्बभन्दा बढी लगानी रहेको, जसमध्ये आधाभन्दा बढी चितवनमा रहेको ।

100. बडा दशैंका बेला मात्र सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित श्वेतभैरव सम्बन्धमा हाल के व्यवस्था गरिएको छ ?
उत्तर
हरेक दिन नै दर्शनका लागि खुला गरिएको

101. प्रदेश नं. ४ लाई के नामकरण गरिएको छ ?
उत्तर
गण्डकी प्रदेश
वि.सं. २०७५ असार २२ मा प्रदेशसभाको दुईतिहाइ बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रश्ताव पारित भएसँगै प्रदेश चारको नाम गण्डकी राखिएको । बैठकमा उपस्थित ५६ सांसदमध्ये ५४ जना प्रस्तावको पक्षमा र दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । प्रदेशसभाले यसअघि २०७५ असार १८ गते प्रदेशको स्थायी राजधानी पोखरालाई सर्वसम्मत तोकेको थियो। यो प्रदेशमा गोरखा, लमजुङ, मनाङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, मुस्ताङ, म्याग्दी, र नवलपरासी (बर्दघाट सुस्तापूर्व)) गरी ११ वटा जिल्ला रहेका। ।सात प्रदेशमध्ये सबैभन्दा पहिले ६ नम्वर प्रदेशले कर्णाली प्रदेश नामकरण गरेको ।

102. पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मामिलामा दश वर्षको काराबासको सजाय कहिले सुनाइएको हो ?
उत्तर
सन् २०१८ जुलाई ६
(अदालतले सरिफकी छोरी मरियमलाई पनि सात वर्षको सजाय सुनाएको । त्यस्तै, ज्वाईं अवकाश प्राप्त क्याप्टेन सफदरलाई पनि एक वर्षको जेल सजाय तोकेको ।

103. "जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिन्न ।” भन्ने विचार कसको हो ?
उत्तर
गौतम बुद्ध

104. सन् २०१८ अप्रिल १ मा कोस्टारिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
उत्तर
कार्लोस अल्भाराडो

105. जोहान क्रुफ र फेरेन्क पुस्कास कुन खेलसँग सम्बन्धित प्रसिद्ध खे लाडी हुन् ?
उत्तर
फुटबल

106. "यदि कुनै सुन्दरीले लज्जा त्यागिदिन्छिन् भने उनी आफ्नो सुन्दरताको सबैभन्दा ठूलो आकर्षण हराएकी हुन्छिन् ।” भन्ने व्यक्ति को हुन् ?
उत्तर
सेट ग्रेगरी

107. वि.सं. २०७५ मा प्रदान गरिएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारद्वारा सम्मानित कलाकर्मी को हुन् ?
उत्तर
आधुनिक गीततर्फ : गीतकार किरण खरेल, शास्त्रीय सङ्गीततर्फः वाद्यवाधक एवं शास्त्रीय सङ्गीतकारः पुष्परत्न तुलाधर, लोक गायनतर्फ : एलपी जोशी, नृत्यतर्फ : अभिनेतृ सुभद्रा अधिकारी, नाट्यतर्फ : प्रा. डा. रामावतार यादव एवं नाट्यकर्मी मदनदास

108. आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर (२०१८) को उपाधि जित्ने फोटो पत्रकार को हुन् ?
उत्तर
नरेन्द्र श्रेष्ठ
(सप्तरीको कुलारी गाउँमा गत वर्ष बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा अन्तिम बिदाइ गर्दै * गर्दा खिचेको श्रेष्ठको फोटो ‘फोटो अफ द इयर’ घोषित भएको । फोटो अफ द इयर विजेताले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेका ।)

109. प्रसिद्ध सिद्ध गुफा कहाँ रहेको छ ?
उत्तर
तनहुँ
– एसियाकै ठूलो दाबी गरिएको सो गुफा चार सय ४० मिटर लामो रहेको । २०४४ सालमा जंगलमा घाँस काट्न जाँदा स्थानीयले देखेपछि सो गुफा पत्ता लागेको बताइएको । वि.स. २०६० देखि गुफा निरन्तर सञ्चालनमा ल्याइएको । अन्य गुफा भन्दा पृथक् रहेको यो गुफाको भित्रसम्म नै पर्याप्त अक्सिजन पाइने सिद्ध गुफा विकास समितिले जनाएको । गुफाको दुई सय मिटर भित्र साहसिक खेल यापलिङ (डाँडाको बाहिरी भागबाट गुफाभित्र झरिने साहसिक खेल) को आनन्द लिन सकिने ।

110. राष्ट्र बैंकद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?
उत्तर
प्रदेश नं. ३
– उक्त प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्कमा सबैभन्दा कमजोर प्रदेश नं. २ रहेको । आर्थिक मापनको हिसाबले अर्को महत्त्वपूर्ण सूचकाङ्क प्रतिव्यक्ति आयमा ७ नम्बर प्रदेश कमजोर देखिएको । विद्युत् उत्पादनका हिसाबले प्रदेश नं. ४ अर्थात् गण्डकी प्रदेश अग्रस्थानमा रहेको ।

111. नवौं ब्रिक्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? ।
उत्तर
सन् २०१७ सेप्टेम्बर ३-५, चीन

112. उनान्साठी सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कति कति जना चुनिने व्यवस्था रहेको छ ?
उत्तर
आठ/आठ जना

113. वातावरण संरक्षण सम्बन्धमा विविध योजना समेट्दै सरकारद्वारा वि.स. २०७५ जेठमा घोषणा गरिएको कार्यक्रम कुन हो ?
उत्तर
नेपाल स्वच्छ वातावरण महाअभियान (वि.स. २०७५ जेठ २२)
(विश्व वातावरण दिवस-२०१८ का अवसरमा घोषित सो महाअभियानमा वृक्षारोपण, फोहरमैला व्यवस्थापन, नदीनाला सरसफाइ, प्रदूषण नियन्त्रण लगायतका विविध कार्यक्रम समे टिएको ।)

114. नेपालमा पहिलोपल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?
उत्तर
वि.सं. २०७५ असार २०
(‘नसर्ने रोगमा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित पहिलोपटक सो दिवस मनाइएको ।)

115. वि.सं. २०७५ असार १५ मा मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा के हो ?
उत्तर
धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि

116. काठमाडौं महानगरपालिकामा औपचारिक रूपमा विद्युतीय नक्सा पास प्रणाली (इबीपीएस) को शुरुवात कहिलेदेखि भएको छ ?
उत्तर
वि.सं. २०७२ मङ्सिर २०
(परम्परागत रूपमा हुँदै आएको नक्सा पासमा लापरबाही हुँदा जोखिम बढेको भन्दै महानगरले विद्युतीय प्रणालीमार्फत काम थालेको हो । यो प्रणालीले फर्जी विवरण पेस गरेर, भनसुन गरेर र पैसा खुवाएर घरको नक्सा पास गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ । विद्युतीय प्रणाली लागू भएपछि महानगरमा भएका भवनको सङ्ख्या , अवस्था, प्रकार, प्रयोगको प्रवृत्ति, कर तिरे नतिरेको विवरण लगायत जानकारी तत्काल उपलब्ध हुनेछन् । यसबाट राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पर्ने छ । २०७० भाद्रदेखि काठमाडौंमा परीक्षणका रूपमा रहेको सो प्रणालीले दुई वर्षपछि औपचारिकता पाएको हो । हाल ललितपुर उपमहानगरपालिकामा पनि सो प्रणाली लागू गर्ने तयारी प्रारम्भिक चरणमा छ । यो प्रणालीलाई मुलुकका अन्य नगरपालिकामा समेत विस्तार गर्न पहल गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

117. अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (६) को स्थापना कहिले भएको हो ?
उत्तर
सन् १९०४ मे २१
– यसको प्रधान कार्यालय स्वीट्जरल्यान्डको ज्युरिचमा रहेको । – पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको । – फिफाको आदर्श वाक्य ‘फर द गेम, फर द बल्ड’ रहेको । – हाल फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो रहेका ।

118. मदन पुरस्कार-२०७४ का लागि प्रतिस्पर्धामा उत्रिन सफल ८ कृति के-के हुन् ?
उत्तर
कैरन (ध्रुवसत्य परियार), नथिया (सरस्वती प्रतीक्षा), पाठशाला (तीर्थ गुरुङ), भुइयाँ (यज्ञश), यार (नयनराज पाण्डे), योगमाया (नीलम कार्की निहारिका), लिम्बुनी गाउँ (राज माङलाक) र हिमाली दर्शन (मोहन वैध ‘किरण’)<

119. वि.सं. २०७५ साउन १ देखि मजदुरहरूको न्यूनतम पारिश्रमिक कति निर्धारण गरिएको छ ?
उत्तर
रु. १३४५०/- (३९ प्रतिशत वृद्धि)
श्रम मन्त्रालयद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरोकारवाला निकायहरू, रोजगारदाता र संयुक्त ट्रेड युनियनसँगको छलफल एवं संवादपछि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट्रको उपस्थितिमा उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, चे म्बर अफ कमर्स र ट्रेड युनियनका प्रतिनिधिद्वारा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको । – औपचारिक क्षेत्रका मजदुरहरूको तलब भुक्तानी बैक खाताबाट गर्नुपर्ने । अनौपचारिक क्षेत्रका दैनिक ज्यालादारी मजदुरहरूको प्रतिघण्टा ज्याला ७० रुपियाँ तोकिएको ।

120. ट्रे प्रविधि के सँग सम्बन्धित छ ?
उत्तर
कृषि

121. रोजगारीका लागि धेरै नागरिक विदेशिने मुलुक कुन हो ?
उत्तर

122. "वास्तविक मानिस दुःखमा हाँस्छन् र पीडाबाट शक्ति बटुल्छन् ।” भन्ने व्यक्ति को हुन् ?
उत्तर
थोमस पाइन, अमेरिकी दार्शनिक

123. भूपरिवेष्टित/विकासशील राष्ट्रको थिङ्क ट्याङ्क सम्मेलन-२०१८ कहाँ सम्पन्न भयो ?
उत्तर
मङ्गोलियाको उलानबटोर